हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


31 August 2014

असल जिन्दगि को खोजि मा

असल जिन्दगि को खोजि मा
येशूले भन्नुभयो, “म नै बाटो हुँ,
सत्य र जीवन म नै हुँ।

जिन्दगीको साचो अर्थ खोजि मा भागिरहेको थिए।  मन भरि  सपना र कल्पना अंगाली जिउदै थिए।  मेरो यात्रा असिमित थियो कुनै टुंगो थिएन यो दुइ मुठी स्वास  को।  म मात्र जिन्दगि मा शान्ति खुशी चाहन्थ्ये।  कति दिन त रुदै बिताए अनि कति दिन त ठुस्स मन परि काटे होला।  कहिले कहिँ त जिन्दगि देखेर आफै मक्ख अनि छक्क परे। कहिले उकाली को यात्रा मा ब्यस्त अनि कहिले उराली को झर्दा को खुशी अनि पिडा हरु।  मन मा ताजै रहन्थ्ये। तर मा भने एउटा साचो जिन्दगि को खोजि मा थिए।  यसै बखत मैले हजार आशु को खोला पर गरे अनि। अझै कति पार गर्नु पर्ने हो केहि टुंगो छैन।  मेरा असिमित यात्रा अनि गन्तब्य बिहिन यात्रा को नि कुनै टुंगो छैन।  ऊफ !! कस्तो निरसमय जिन्दगि न गास को ठेगान न बास को ठेगान। बिहान देखि भौतारी रहेको छु एउटा सफल जिन्दगि को खोजीमा कतै भेतिन्छा कि भनेर एकान्त मा कुरी रहे। कुनै बेला जिन्दगि क रंग हरु परिवर्तन हुन्छा कि भनेर जब शिशिर छोडी बसन्त लाग्दा तेही जिन्दगि को खुशी को रंग को प्रतिक्षा मा बसिरहन्थ्ये।  तर पनि मैले एउटा असल अनि साफल जिन्दगि लाइ पाउन सकेको थिएन। तर अचानक एउटा एउटा एस्तो रंग मेरो जिन्दगि मा आइदियो जुन रंग न शिशिर मा पाउथ्ये न बसन्त मा। एक दिन मा तेही असल जिन्दगि को पर्खाई मा खेत को अलि मा बसी सुसेल्दै तामांग सेलो मा मस्त थिए।  अचानक कसैले मलाई बोलाए जस्तै लाग्थ्यो।  मा त सेलो मा झुम्दै थिए मैले वस्ती गरिन।  फेरी पनि बोलायो “ इशक !!!!! “ मैले पछाडी फर्केर हेरे चारै तिर बसन्तले ल्याएको हरियाली थिए तर कोहि पनि थिएन। हुन सक्छा मेरो कानले फेल खाए छ। “मैले एउटा एस्तो व्यक्ति देखे जसलाई मैले न कहिले देखेको थिए न कहिले भेटेको थिए।  उनले सेतो कपडा लाउनु भएको थियो।  लामो अनि सेतो केश थिए।  अनि मैले सोधे “तपाई को हो नि ? उहाले मलाई भन्नु भयो “ म तेही असल जिन्दगि हु जसलाई तिमि धेरै समय देखि खोजिरहेको थियो। जसको खोजीमा दिन रात कटाएको थियो।  मा येशु हु।  र मलाई पठाउने मेरो पिता परमेश्वर हुनु हुन्छा “ अनि मैले भने अनि तपाई मेरो असल जिन्दगि हो भनि कसरि विश्वास गर्नु नि ?यूहन्ना 14:6 येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।” मैले कसरि त्यो सत्य र बती पाउन सक्छु नि ?उहाले भन्नु भयो “म माथि विश्वास गर र भरोशा गर तिम्ले सत्य अनि बाटो लै पाउने छौ। “ अनिमैले जवाफ दिए हुन्छा मा तपाई मा विश्वास गर्छु एदी मैले विश्वास गरे भने के मेरो मनका अशान्ति हरु सबै मेतिन्छा त ? मैले यो प्रश्न गर्न नपाउदै म भित्र एउटा नया आशा अनि नया जोस उत्पन्न भए , म पहिला भन्दा दुइ गुना बढी खुशी भए अनि कराए।  हल्लेलुयाह !!! इमानुएल!! अनि मैले भने भजनसंग्रह 43:3 हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।भजनसंग्रह 25:5 बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु। त्यस दिन देखि मैले एउटा असल जिन्दगि पाए को छु अनि जिउदै छु।  यी साब मेरो सपना म भएको कुरा हुन्। र यो एउटा काल्पनिक कुरा मात्र हुन तर परमेश्वर तपाई मा हकिकत मै यस्ता अचम्म क कम हरु गर्न चाहनु हुन्छा।  एदी तपाई पनि एउटा असल जिन्दगि को खोजि मा त हुनु हुन्न ? एदी हो भने आउनु होस् हामी मिलेर यो प्रार्थना गरौ। “प्यारो पिता तपाई लै धन्यवाद।  आज देखि मा तपाइलाई मेरो  बाटो सत्य र जिबन सुइकारने छु र मान्ने छु।  मलाई तपाइको बाटो मा हिडाउनुहोस। आमेन “

इशक तामांग
 किम्तंग


No comments:

Post a Comment