हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


30 August 2014

योनाले के गर्दै थियो ?

योनाले के गर्दै थियो ?

योना 1:3 योनाले परमेश्वर को कुरा मानेनन्। यसकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन तर्शिशतिर जाँदै थियो। योनाले आफ्नो यात्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरू मानिसहरूसितै तर्शिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने। तर जसरि य़ोणा परमप्रभु देखि टाढा भाग्न खोज्दै थिए , कतै तपाई पनि टाढा भाग्न खोज्दै त हुनु हुन्न ?एदी एस्तो हुनु हुन्छा भने होसियार परमप्रभुको नजर बाट कोहि व्यक्ति लुक्न सक्दैन। त्यस पछी योना 1:10 मानिसहरूले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरू अत्यन्तै डराए। अनि मानिसहरूले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”किनकि जब योना जहाज मा सवार  गर्दै थिए तब अचानक समुन्द्री छल बढ्न थाल्यो। योना 1:9 अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।”योना 1:11 उता आँधी तुफान र समुद्रको छाल झन्-झन् बढ्दै थियो। त्यसैकारणयोनालाई मानिसहरूले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसँग के गर्नु पर्छ?”त्यस पछी योना आफ्नो गल्ति अनि पाप लाइ सुइकर गर्दै भान्छन।योना 1:12, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरूले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।”योना 1:13 तर मानिसहरूले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरूले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो। अनि केहि उपाय नभए पछी मानिस हरुले योनालाई समुन्द्र मा फ्यकिदिन्छा। अनि समुन्द्र शान्त भयो। तर योनालाई बचाउन परमेश्वर ले ठुलो माछाको प्रबन्ध गर्नु भयो। योना 1:17 योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे। किनकि परमेश्वर चाहनु हुन्थ्यो कि योनाको जीवन अनि व्यवहार बदलिउन।  सचाई कतिपय समय हामीलाई नि परमेश्वोर यसरीनै परिक्ष लिनु हुन्छा।  हामी दुखि हुन्छौ अनि सहनै नसक्ने पिडा मा हाली दिन्छौ।  हरेक किसिम क समस्या हरु हाम्रो जीवन मा आइदिन्छा।  तर हामी विश्वास मा स्थिर रह्यो भने , परमेश्वोर योनालाई जस्तै बनाउनु हुन्छा , अनि त्यस पछी योना ३ दिन र ३ रात माछा को पेट भित्र रहेर योना 2:10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।योना 3:1  त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो, र फेरी अज्ञ दिनु भयो।  त्यस पछी योना ले परमेश्वर को अज्ञ मान्छन र योना 3:3 यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे साह्रै ठुलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो।अनि योना 3:4 योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”तर योना को भबिष्य बाणी पुरा हुदैन किनकि परमेश्वर ले त्यस सहारा लै बचाउनु भयो।  यो देखेर योना रिसले चुर भए। योना 4:5 यी सबै कुराहरूले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छाँयाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो। कतिपय समय मा हाम्रो जिबन मा नि यस्तै परिक्ष अनि समस्या हरु आउन सक्छन तर योनाले जस्तै परमेश्वर को अज्ञ लै मानेर विश्वास मा स्थिर रहेर अगाडी बढ्यो भने एक दिन हामी पनि योना जस्तै हुने छ र बन्ने छौ।  यो पाठ बाट हामी यो कुरा सिक्नु पर्छा कि जब योना ले परमेश्वर को अज्ञ मानेन अनि परमेश्वर देखि टाढा भाग्दै थिए तब  परमेश्वर ले ठुलो संकट उसको जिबन मा ल्यायो।  यस्तै  हामी पनि परमेश्वर को अज्ञ देखि टाढा भाग्दै गयो भने हामी माथि पनि परमेश्वर यस्तै  संकट हरु ल्याउनु हुन्छा त्यसैले योना को जस्तो  जीवन हैन तर एउटा असल अनि परमेश्वर को अज्ञ मा जिउनु सकौ।  आमेन

इशक तामांग
नुवाकोट २ किम्तंग
शिन्किल एबेन्ज़ेर मण्डली












No comments:

Post a Comment