हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 August 2014

किन्ने र बेच्‍ने

किन्ने र बेच्‍ने

अब हामी प्रकाश १३: १७ लाई विचार गर्नेछौँ “त्‍यो छाप नभइकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाम वा त्‍यसका नामको सङ्ख्‍या हो।”
हामीहरूले शाब्दिक रूपमा यो पदलाई झट्टै हेर्दा अन्‍योलमा पर्दछौँ। हामीहरू कसरी बाँच्‍न सक्‍दछौँ। हामीले हाम्रो खाना कहाँ पाउने? के परमेश्‍वरले एलियालाई गरेको जस्‍तै आश्‍चर्यको काम हाम्रो निम्‍ति गर्नुहुन्‍छ?
सुरु सुरुका पाठकहरूले यो कुरा पढ्दा उनीहरूको हृदयमा डर उत्‍पन्न भयो भन्ने मलाई विश्‍वास लाग्‍दैन।
कृषकहरूको समाजमा उनीहरूले आफ्‍नै खानेकुरा र लगाउने कुराहरू आफै उत्‍पादन गर्दछन्। उनीहरूलाई बाँच्‍नको निम्‍ति कुनै कुरा किन्न र बेच्‍न आवश्‍यक पर्दैन।
यी पदहरूको शाब्दिक र शारीरिक पूर्णता हुनेछैन भनी म निश्‍चय पनि भन्न सक्‍दिनँ। तर हामीले यसको अझ राम्रो आत्‍मिक अर्थ हेर्न सक्‍छौँ भनेर म विश्‍वास गर्दछु।
१७ पदमा भएको पशु पृथ्‍वीबाट निस्‍किरहेको थियो (११ पद हेर्नुहोस)। पृथ्‍वीचाहिँ स्‍वर्गमा नबस्‍ने विश्‍वासीहरू अथवा मण्‍डलीका सदस्‍यहरूको चित्र हो । तिनीहरू आत्‍माअनुसार नचलेर शरीरअनुसार चल्‍दछन्। पृथ्‍वी समुद्र र स्‍वर्गदेखि अलग छ। समुद्रको अर्थ अविश्‍वासीहरू र अन्‍यजातीहरूको भीड हो (प्रकाश १७:१६ हेनुहोस्)। स्‍वर्गको अर्थ हो साँच्‍चै ख्रीष्‍टसँग स्‍वर्गीय स्‍थानहरूमा बसेका मानिसहरू हो। पृथ्‍वीले संसारिक मण्‍डलीको प्रतिनिधित्‍व गर्दछ।
संसारिक मण्‍डलीहरू किनबेचको काममा पूर्ण रूपले लागेका छन्। यस्‍ता मण्‍डलीलाई प्रकाशको १८ अध्‍यायमा वेश्‍याजस्‍तो भनेर बयान गरिएको छ। यौन क्रियाकलाप, श्रीमान् श्रीमतीको बीचमा रहेको गहिरो प्रेम र मिलनको सम्‍बन्‍ध हो। हामीले पनि परमेश्‍वरसँग गहिरो सम्‍बन्‍ध राख्‍नुपर्छ भनेर यसले चित्रण गर्दछ। विवाह नगरेर पैसा कमाउनको निम्‍ति खराब तरिकाले यौन क्रियाकलाप गर्ने नै वेश्‍या हो। इतिहासभरि विभिन्न प्रकारले मण्‍डलीका अगुवाहरूले पनि त्‍यस्‍तै काम गरेका छन्। परमेश्‍वरका कुराहरूलाई लिएर यिनीहरूले पनि पैसाको लागि बेचेका छन्। बितेको समयमा र शायद अहिले पनि मण्‍डलीका धर्मगुरुहरूले पैसा लिएर पाप क्षमा गर्दछन्। यसरी नै मण्‍डली असाध्‍यै धनी भए। आजकल केही पश्‍चिमी देशहरूमा केही प्रचारकहरूले पैसाको आशामा चङ्गाइ गर्दछन्। गरीब देशहरूका कतिपय पास्टरहरू पहिले तिनीहरूको साधारण नोकरीमा रहेको अवस्‍थाभन्‍दा अहिले धेरै धनी भएका छन्।
सुसमाचार प्रचार र परमेश्‍वरको कामलाई मद्दत पुर्‍याउनलाई पश्‍चिमका मण्‍डलीहरूले पैसा दिने गर्दछन्। मण्‍डलीमा सधैँ पैसा आइरहोस् भनेर केही व्यक्तिहरूले प्रत्‍यक्ष वा अप्रत्‍यक्ष रूपमा झूट बोलेर झूटो विवरण पठाउने गरेका छन्।
परमेश्‍वरको साँचो काम रुपैयाँ-पैसाको अभावले कहिल्‍यै पनि रोकिँदैन र असफल हुँदैन। परमेश्‍वरले कहिल्‍यै पनि रुपैयाँ-पैसाको अभावले पूरा हुन नसक्‍ने काम सुरु गर्नुहुन्न।
परमेश्‍वरका कामहरूको बहानामा आफ्‍नो स्‍थान, इज्‍जत वा धन कमाउनको निम्‍ति कसैले प्रत्‍यक्ष वा अप्रत्‍यक्ष रूपमा केही गर्छ भने परमेश्‍वरको नजरमा ऊ वेश्‍याजस्तै हो।
प्रकाशको पुस्‍तक १८ अध्‍यायले बेबिलोनको पतनको बारेमा वर्णन गर्दछ। ३ पदमा हामी पढ्दछौँ: “किनकि सबै जातिहरूले त्‍यसको अशुद्ध कामवासनाको मद्य पिएका छन् र पृथ्‍वीका राजाहरूले त्‍यससँग व्‍यभिचार गरेका छन्। पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको विलासिताको प्रभावले धनी भएका छन्।” त्‍यसपछि व्‍यापारीहरूको ठूलो धनको विषयमा यस अध्‍यायले बर्णन गर्दछ।

बाइबलको समयमा अनि नेपालमै पनि पहिले रुपैयाँ पैसाको ठूलो महत्त्‍व थिएन। आजभोलि शहरहरूमा रुपैयाँ पैसाविना मानिसहरू बाँच्‍न सक्‍दैनन्। मानिसहरूले आफ्‍नो खाना, कपडा र अन्‍य आवश्‍यक्ताहरूको निम्‍ति काम गरेर कमाएको रकमबाट खर्च गर्दछन्। पुरानो समयमा धेरैजसो मानिसहरूले तिनीहरूलाई चाहिने आवश्‍यक खानेकुराहरू र कपडाहरू आफै उत्‍पादन गर्दथे। तिनीहरूलाई पैसाको थोरैमात्र खाँचो पर्ने गर्दथ्‍यो। व्‍यापारीहरू आफैले उत्‍पादन नगरेको तर अरूले उत्‍पादन गरेका समानहरू किनबेच गरेर नाफा कमाउने गर्दछन्।

कतिपय प्रचारक र शिक्षकहरू आत्‍मिकी रूपले यस्‍ता देखिन्‍छन्। तिनीहरू आफैसँग परमेश्‍वरबाट पाएको वचन हुँदैन तर टेपबाट सुनेको र किताबमा पढेको कुराहरू लिएर तिनीहरूले आफ्‍नैजस्‍तो गरेर अरूहरूलाई सुनाउँछन्। यस प्रकारका मानिसहरूलाई ‘६६६’ को छाप लगाइएको छ। तिनीहरूले बेबिलोनमा किनबेच गर्छन् र बेबिलोनको पतन हुँदा तिनीहरू औधी रुनेछन्।

परमेश्‍वरको तरिका अति नै भिन्‍दै किसिमको छ। आत्‍मा र दुलही“आएर जीवनको पानी सित्तैमा लेऊ” भनेर निमन्‍त्रणा गरिएको छ। “सित्तैमा तिमीहरूले पायौ; सित्तैमा देऊ” भनेर येशूले भन्नुभयो। परमेश्‍वर र उहाँका असल दासहरूले सधैं सित्तैमा दिन्‍छन्।

धेरै जान्न चाहनु हुन्छा भने 
येह क्लिक गर्नु होस्। 

No comments:

Post a Comment