हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


24 August 2014

रिबेका

रिबेका जी यो हजुर को बारेमा है मैले छोटकरी मा लेकको छु। किनकि तपाइको नौं पनि रेबिका हो नि।

उत्पत्ति 22:23 बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए।

उत्पत्ति 24:15 [ एउटी दुलही पाइयो ] तब नोकरको प्रार्थना शेष हुनअघि नै रिबेका नाउँ भएकी एउटी कन्या त्यहाँ आई। रिबेका बतूएलकी छोरी थिइ। बतूएल अब्राहामको भाइ नाहोर अनि मिल्काको छोरो थियो। रिबेका आफ्नो काँधमा पानीको गाग्रो लिएर कूवामा आएकी थिइन।

उत्पत्ति 24:18 रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ।

उत्पत्ति 24:20 त्यसपछि रिबेकाले गाग्रीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याई। तब ऊ पानी ल्याउन कूवामा गई अनि सबै ऊँटहरूलाई पानी खुवाई।

उत्पत्ति 24:21 त्यस नोकरले रिबेकालाई राम्ररी हेर्यो। त्यो निश्चित हुन चाहन्थ्यो परमप्रभुले उसको प्रार्थना सुन्नुभयो र उसलाई उत्तर दिनु भयो अनि उसको यात्रा सफल पारिदिनु भयो।

उत्पत्ति 24:22 ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।

उत्पत्ति 24:24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूएल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।”
r
उत्पत्ति 24:28 तब रिबेका दगुरेर गई अनि आफ्नो परिवारलाई यो विषय वृतान्त बताई।

उत्पत्ति 24:29 रिबेकाको दाज्यू थियो। उसको नाउँ लाबान थियो। रिबेकाले त्यस मानिसले भनेको सबै कुरा सुनाई।

उत्पत्ति 24:30 लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो।

उत्पत्ति 24:34 [ रिबेकाको विषयमा कुराकानी ] त्यस नोकरले भने, “म अब्राहामको एकजना नोकर हुँ।

उत्पत्ति 24:51 रिबेका यहीं छे, यसलाई लिएर जाऊ। उनले तिम्रा मालिकका छोरोसित विवाह गरोस्। परमप्रभु यही चाहनु हुँदोरहेछ।”

उत्पत्ति 24:53 त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो।

उत्पत्ति 24:55 रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”

उत्पत्ति 24:57 रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौं र उनले के गर्न चाहन्छे सोध्नेछौं।”

उत्पत्ति 24:58 तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?” रिबेकाले भनिन्, “अँ, म जान्छु।”

उत्पत्ति 24:59 यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसँग लागीन्।

उत्पत्ति 24:61 त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसँगै लिएर घर फर्किन यात्रा शुरू गरे।

उत्पत्ति 24:64 रिबेकाले नजर घुमाई अनि इसहाकलाई देखी। तब तिनी ऊँटबाट ओर्लिन्।

उत्पत्ति 24:65 उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घूमिरहने जवान केटो को हो?” त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्।

उत्पत्ति 24:67 तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।

उत्पत्ति 25:20 जब इसहाक चालीस बर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्।

उत्पत्ति 25:21 इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।

उत्पत्ति 25:22 जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?”

उत्पत्ति 25:24 अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्।
उत्पत्ति 25:28 इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्।

उत्पत्ति 26:7 इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन्। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउँनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो।

उत्पत्ति 26:8 जब इसहाक त्यहाँ धेरै दिनसम्म बसे तब एक दिन अबीमेलेकले आफ्नो झ्यालबाट हेरे अनि इसहाक रिबेकासित जिस्की रहेको देखे।

उत्पत्ति 26:35 यी विवाहले इसहाक अनि रिबेकाको मन दुःखले भरिदियो।

उत्पत्ति 27:5 यसर्थ एसाव शिकार खेल्न गए। जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ।

उत्पत्ति 27:6 रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें।

उत्पत्ति 27:13 यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”

उत्पत्ति 27:15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्।

उत्पत्ति 27:16 रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई।

उत्पत्ति 27:42 एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्‌यन्त्र रचिरहेको छ।

उत्पत्ति 27:46 तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”

उत्पत्ति 28:5 यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ।

उत्पत्ति 29:10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेंडाहरूलाई पानी खान दियो।

उत्पत्ति 29:12 याकूबले उसलाई बतायो त्यो उसको बाबुको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्।

उत्पत्ति 35:8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे।

उत्पत्ति 49:31 त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ।

रोमी 9:10 अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए।

रोमी 9:11-12 तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।” केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो।


अमन रेबिका जी प्रभुले तपाइलाई आसिश दिउन।  आमेन

लेखक: इसाहक तामांग

बाइबल बाट

No comments:

Post a Comment