हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 August 2014

जीवन परिबर्तन गर्नु छ।

जीवन परिबर्तन गर्नु छ।

येशु मसिह को सत्य अनि तथ्य जानकारी को लागि बाइबल पढ्नुहोस।  कसरि तपाइको संसार मा आउनु भयो ?कसरि संसार क मान्छे लै पाप बाट बचाए ?अनि कसरि तपाइको पाप को बोझ उहाको काध मा लिनु भयो ? परमेश्वर को वचन एक कान दुइ कान मैदान हुदै फैलिदै जानु छ। जति पनि ख्रिस्तियन साथीहरु छन् उहाहरु सबै लाइ थाहा होला येशु को बारेमा।  कति पय  ख्रिस्तियन हरु एस्तो पनि छ कि जुन गोरुको सिङ्ग छैन तेस्को नाम तिखे भने जस्तै।किनकि आफुलाई ख्रिस्ट को सन्तान भनि प्रचार गर्छ तर ब्यबहारिक रुप मा अझै संसारिक कम मा लागेको छ।  कतिपय साथी हरु त परमेश्वर को वचन बदर को हात मा नरिवल जस्तै हुन्छन ।  कतिले त एउटा कानले सुन्दै अर्को कानले उडाउ छ होला। झन् धेरै बिस्वासी हरु त रात भरि रामायण पढ्यो सित कसको छोरी भने जस्तै छन् , बाइबल को सब्द उसको दिमाग मा घुस्दैना मण्डली आयो २ घण्टा हल्लेलुयाह भन्यो मण्डली बाट निस्केरता आधा बाटोमै सबै छोडेर जान्छा। बिचरा! मण्डली क सेवक हरु रात भरि करायो दछिन हरायो भने जस्तै हुन्छा।  एक घण्टा सम्म परमेश्वर को वचन सुनाउदा सुनाउदा घटी दुख्छ तर विसवासी हरु भने कम कुरो एकातिर कुम्लो बोकी थिमितिरा हुन्छा।  त्यसै कारण मेरो दाजु भाइ दिदि बहिनि सबैलाई मेरो यो बिन्ति छ तपाई मण्डली मा एउटा हाजिरी दिन हैन केहि लिन आउनु भएको हो।  केहि बुझ्न आएको हो।  आफ्नो समय लाई बर्बाद नपराउ, आफ्नो बनि लै सुधाराउ।  जसरि हुन्छा , जस्तो हुन्छा आफुलाई ख्रिस्ट को प्रेम को समू नजिक सराउ।  अगाडी बढाउ, विश्वास मा जागृति हाउ।  आनन्द र शान्ति को मार्ग मा हिड्नु , भोलि क दिन मा सैतान क जल मा फासी चोक्टा खान गको बुढी झोल मा डुबेर मारी भने जस्तै होला।  अझै देखि आफुलाई सुधराउ , संसारिक लोभ लालच देखि टाढा बसौ , अनि आफुलाई सक्दो ख्रिस्ट को सन्तान हुन जोर लागाउ।  प्रभु तपाइको हार दुख अनि सुख मा साथ दिन तयार हुनु हुन्छा।  तपाई भने संसार मा लासा मा सुन छ मेरो कान बुच्चाई भने जस्तै छ।  जीवन को मार्गलाई छोडी मृत्यु को मार्गलाई हिड्दै छौ।  सत्यलाई छोडी असत्य लै अगाल्दै छौ।  तपाई हरुलाई एकदिन न्यौरी मारी पछुतो हुने छ।  किनकि संसार को अन्त्य चाडै हुने वाला छ , परम प्रभु परमेश्वर भन्नु हुन्छा।  त्यसैले तपाइको मन, व्यवहार,अनि रहनसहन लाइ परिवर्तन गरि ख्रिस्ट संग नया जीवन जिउनु र जिबन को पुस्तक मा नाम लेखाउनु।  नत्र अन्तिम दिन मा जीवन को ढोका मा पस्न गाह्रो होला।  आमेन

ईशक तामांग
किम्तंग मण्डली

हाल दोहा ए जी

No comments:

Post a Comment