हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


19 August 2014

खुशी

खुशी  भन्ने सब्द बाइबल मा ४७० पल्ट लेखिएको छ।

All (470)
Old Testament (323)
उत्पत्ति (11)प्रस्थान (9) लेवी (3) गन्ती (8) व्यवस्था (7) यहोशू (2) न्यायकर्ता (8) 1 शमूएल (8) 2 शमूएल (7) 1 राजा  6) 2 राजा (2) 1 इतिहास (5) 2 इतिहास (11) एज्रा (2) नहेम्याह (7) एस्तर (6) अय्यूब (14) भजनसंग्रह (92) हितोपदेश  28) उपदेशक (4) श्रेष्ठगीत (2) यशैया (42) यर्मिया (14) विलाप (2)  इजकिएल (5) दानियल (3) होशे (3) एल (1) आमोस  2) ओबदिया (2) हबकूक (1) सपन्याह (2) जकरिया (2) मलाकी (2)

New Testament (147)

मत्ती (11) मर्कूस (4) लूका  29)  यूहन्ना (8) प्रेरित (15) रोमी (16) 1 कोरिन्थी (6) 2 कोरिन्थी (11) गलाती (3) एफिसी (3) फिलिप्पी (9) कलस्सी (6) 1  स्सलोनिकी (3) 1 तिमोथी (2) तीतस (1) हिब्रू (3) याकूब (4) 1 पत्रुस (4) 2 पत्रुस (2) 1 यूहन्ना (2) 2 यूहन्ना (1) 3 यूहन्ना  1) प्रकाश (3)


मत्ती 5:12
सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

मत्ती 9:22
येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्।

मत्ती 25:21
“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ।’

लूका 1:14
तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ।

लूका 2:14
“स्वर्गमा परमेश्वरलाई महिमा, अनि जति मानिसहरूसँग परमेश्वरखुशी हुनुहुन्छ, तिनीहरूमा शान्ति रहोस्।”
लूका 6:21
तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीबरू धन्यका हौ, किनभने तिमीहरू तृप्त हुनेछौ। तिमीहरू, जो अहीले रोइरहेका छौ तिमीहरू धन्यका हौ, किनभने तिमीहरू खुशीसँग हाँस्नेछौ।
लूका 15:32
हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।’”

गलाती 4:27
धर्मशास्त्रमा यो लेखिएको छः “खुशी होऊ, हे बाँझी नारी, जसले कुनै बालकलाई जन्म दिनु सकिनौ, हर्षले कराऊ, जोडले चिच्याऊ, की प्रसव पीड़ा तिमीले कहिल्यै अनुभव गरिनौ। त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्, पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”
एफिसी 5:10
प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर।

एफिसी 6:7
आफ्नो कर्त्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्त्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन।

फिलिप्पी 2:13
परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

फिलिप्पी 4:12
म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशीहुनु मैले सिकेको छु।

कलस्सी 1:10
तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ।
कलस्सी 1:11
तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ। तब तिमीहरूखुशी हुन सक्छौ।
कलस्सी 1:24
[ मण्डलीको लागि पावलको काम ] तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।
कलस्सी 3:20
बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।
कलस्सी 3:21
पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाईखुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्।
कलस्सी 3:22
सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरूलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरू प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किनकि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।

अय्यूब 3:7
त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।
अय्यूब 3:22
ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।
अय्यूब 6:10अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।
अय्यूब 8:19
तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
अय्यूब 8:21
परमेश्वरले सधैँ तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
अय्यूब 9:25
“दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ अनि त्यहाँ तिनीहरूमा कुनै खुशीयाली नै छैन।
अय्यूब 10:3
परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।
अय्यूब 20:4-5
“तिमी जान्दछौ कि एक दुष्ट मानिसको आनन्द लामो समयम्म टिक्दैन। त्यो पहिल्यै देखिको सत्य थियो, आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
अय्यूब 20:18
दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ। उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्।
अय्यूब 22:19
धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन, अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।
अय्यूब 31:29
“जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ।
अय्यूब 34:9
म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’
अय्यूब 35:3
अनि अय्यूब, तिमी परमेश्वरलाई सोध ‘यदि उसले परमेश्वरलाई खुशीपार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ? यदि मैले पाप गरिनँ भने मलाई के लाभ हुनेछ?’
अय्यूब 39:21
घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ। त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।

हितोपदेश 8:30 म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।

हितोपदेश 8:31 म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु, म मानव जातिमा खुशी लिन्छु।

हितोपदेश 10:23 एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।

हितोपदेश 10:28 धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूका आशाहरू शुन्यमा अन्त हुन्छ।

हितोपदेश 11:20 कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सँग उहाँ खुशी हुनुहुन्छ।

हितोपदेश 12:22 परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

हितोपदेश 12:25 चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।

हितोपदेश 14:10 यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।

हितोपदेश 15:8 एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

हितोपदेश 15:13 एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।

हितोपदेश 15:20 एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।

हितोपदेश 15:21 मूर्खलाई दुष्ट कामले खुशी तुल्याउँछ तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ।

हितोपदेश 15:23 सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।

हितोपदेश 15:26 दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचारसँग खुशी हुनु हुन्छ।

हितोपदेश 15:30 एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ-समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।

हितोपदेश 16:15 राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।

हितोपदेश 23:15 [ — 13 — ] हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु।

हितोपदेश 23:16 यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए।

हितोपदेश 23:24 ईमान्दार मानिसका बाबु अति सुखी मानिस हुन्। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।

हितोपदेश 23:25 यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।

हितोपदेश 24:17 [ — 28 — ] शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।

हितोपदेश 25:20 शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो।

हितोपदेश 27:11 हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।

हितोपदेश 28:12 जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।

हितोपदेश 29:2 जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।

याकूब 1:2 [ विश्वास र ज्ञान ] मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।

याकूब 4:9 उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।

याकूब 5:5 पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ।

याकूब 5:11 हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्‌ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।

प्रकाश 18:20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ! खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’”

प्रकाश 19:7 हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाह आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
यूहन्ना 5:30 “म एक्लै केही गर्दिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किनभने म आफैंलाइ खुशी पार्ने कोशिश गर्दिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।

यूहन्ना 8:29 परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। म सधैँ त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।”

यूहन्ना 11:15 अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”

यूहन्ना 14:28 म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किनभने पिता म भन्दा महान हुनुहुन्छ।

यूहन्ना 16:16 [ शोक खुशीयालीमा परिवर्तन ] “केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”

यूहन्ना 16:21 “जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।

यूहन्ना 16:22 तिमीहरूसँग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन।

यूहन्ना 20:20 येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।

प्रेरित 5:41 प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।

प्रेरित 7:20 “यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले।

प्रेरित 7:41 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए।

प्रेरित 7:46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे।

प्रेरित 8:39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए।

प्रेरित 11:23-24 बर्णाबास एक असल मानिस थिए। ऊ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो। उनले तिनीहरूलाई भने, “आफ्ना विश्वास कहिल्यै नहराऊ। सधैँ प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम-प्रभुका विश्वासीहरू भए।

प्रेरित 12:14 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!”

प्रेरित 13:48 जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।

प्रेरित 16:3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।

प्रेरित 16:34 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। ऊ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।

प्रेरित 21:17 [ पावल याकूबलाई भेट गर्न जाँन्छन् ] यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।

प्रेरित 24:10 [ पावल फेलिक्सको अगाडी ] राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु।

प्रेरित 24:27 तर दुइ वर्ष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।

प्रेरित 25:9 तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?”

प्रेरित 26:3 म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।
रोमी 4:8 अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ, त्यो मानिस साँच्ची नै खुशी हुँदछ।”

रोमी 5:3 त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ।

रोमी 5:11 यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

रोमी 7:22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।

रोमी 8:8 ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।

रोमी 12:8 यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।

रोमी 12:12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर।

रोमी 12:15 जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।

रोमी 14:18 कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।

रोमी 15:1 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन।

रोमी 15:2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।

रोमी 15:3 ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”

रोमी 15:10 धर्मशास्त्रले यसो पनि भन्छ, “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।”

रोमी 15:27 म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।

रोमी 15:32 त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु।

रोमी 16:19 सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।


No comments:

Post a Comment