हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 December 2014

ख्रिस्ट्मस के हो ?

ख्रिस्ट्मस के हो ?
यो साल को ख्रिस्टमस देखेर मलाई केहि प्रश्न हरु उठ्यो मन मा।
ख्रिस्ट्मस को अर्थ हो, येशु ख्रिस्ट तपाइको हृदय मा जन्म लिनु भयो तर यो संसार मा हैन।
हामी येशु ख्रिस्ट मा साल को ३६५ दिन नै ख्रिस्ट्मस मनाउछौ , मतलब तपाइको जीवन र हृदय मा येदि येशु ख्रिस्ट को जन्म भएको छैन भने एक दिन मनाउने ख्रिस्ट्मस नमनाए नि हुन्छा। किनकि हामी बेबिलोन बाट सुरु भएको रितिरिवाज संसारिक चालचलन अझै सम्म मान्दै आएको छ ,  यो पनि थाहा छैन कि येशु ख्रिस्ट को जन्म कहिले भयो भनेर।  मेरो विचार मा येशु ख्रिस्ट को जन्म त्यस दिन भयो जुन दिन तपाई र मैले उहालाई हृदय देखि नै ग्रहण गरि हाम्रो जीवन उहाँ मा समर्पण गरे।  

मलाई एउटा कुरा चाही पटक्कै मन परेन।  साल भरि सेवा संगतिको अत्तो पत्तो छैन जब ख्रिस्टमस आउन लाग्दा दुनिया उर्लेर आउछ मण्डली नै भात्किन्छा कि भन्ने दार पो हुन्छा , त्यस्तो व्यक्ति लाइ मा भन्छु , ३६४ दिन येशु बिना बच्न सक्यो भने एक दिन को लगि किन मण्डली आउनु पर्यो ? जब तपाइको मन येशु ख्रिस्ट तर्फा छैन भने एक दिन को रमझम मा किन आउनु पर्यो ? ख्रिस्ट्मस त्यो व्यक्तिको लागि हैन जुन ३६५ दिन मा ३६४ दिन संसार मा हराउने र येशु ख्रिस्ट देखि टाढा भाग्ने , तर ख्रिस्टमस त्यो व्यक्ति को लागि हो जसले आफ्नो जीवन ३६५ दिन नै येशु ख्रिस्ट मा सपर्पण  गरि आनन्द जीवन जिएको छ।  

इशक तामांग
किम्तंग मनेटर मण्डली

3 December 2014

Jesus took His place in a manger

येशु ख्रिस्ट ले आफ्नो ठाउँ डुँडमा मा बनाउनु भयो ताकी हामी पापीको स्वर्गमा एक घर हुन सकोस् भनेर। 
Jesus took His place in a manger so that we might have a home in heaven.

हल्लेलुयाह! Hallelujah!  

30 November 2014

घुम्दै फिर्दै आयो फेरी


घुम्दै फिर्दै आयो फेरी

को.
घुम्दै फिर्दै आयो फेरी यो खुशी को दिन २
नाचौ गाउँ हासौ रमाओ आउन एकै छिन २

बेथ्लेहेम सहर, गाई को गोठ मा
जन्मे आज येशु राजा।
हामी सबलाई उद्दार दिन
आउनु भो हाम्रो माझ २)

को.
येही सन्देस दिनलाई आएका हौ आज। २
हास्दै गाउदै रमाउदै बजाओ बाजा गाजा।२  

मानिस को चोला, लिएर उनि
धर्ति मा झरेको।
हाम्रै पाप को निम्ति, उनि
क्रुस मा मरेको। (२)

को.
घुम्दै फिर्दै आयो फेरी यो खुशी को दिन २
येही खुसि मा हास्दै गाउदै नाचौ एकै छिन २  

ख्रिस्टमस बिसेष गीत।
इशक तामांग को रचना मा

हल्का ख्रिस्टमस को हावाले छोए छ मलाई नि !

हल्का ख्रिस्टमस को हावाले छोए छ मलाई नि !

फाटे पनि ढाका टोपी लौ नया लाउनु पर्ला।
येशु जन्मे को खबर लिई अब, गाउनु पर्ला।

माथि डाडा मा केरल खेल्न बोलाको छ आज
आउनु तिमि समय मिले म नि, आउनु पर्ला।

पारी गाउँ को साइलो ले नि बोलको छ हाम्लाई
त्यो गाउँ मा नि ख्रिस्टको ज्योति, अब छाउनु पर्ला।

जति सुकै दुख बिमार ले सताएको ठाउँ ठाउँ मा
यो साल मा विश्वास को खेति अब लाउनु पर्ला।

हामी त तयार छौ है , कम्मर कसी बसेको छु।
हजुर पनि कष्ट गरि यसो आउनु पर्ला।

फाटे पनि ढाका टोपी लौ नया लाउनु पर्ला।
येशु जन्मे को खबर लिई अब, गाउनु पर्ला।

उही हजुर को सानो भाइ
इशक तामांग

29 November 2014

के थाहा ?

के थाहा ?

सत्य के हो , कस्तो हुन्छा तर्किने लाइ के थाहा ?
बिना गल्ति बेकम्मा भाइ झर्किने लाइ के थाहा ?

धेरै चोटी तिमीलाई लाइ सम्झा बुझाकै त हो नि
बिना कसुर बेकम्मा भाइ झर्किने लाइ के थाहा ?
फेरी मनलाई आध्यारोमै फर्किने लाइ के थाहा ?

यूहन्ना ३ को १६ लाइ दिन रात पढ्छौ तिमि
मात्ति ७ को १३ मा अड्किने लाइ के थाहा ?
सत्य के हो , कस्तो हुन्छा तर्किने लाइ के थाहा ?

१ कोरेन्थी १२ को ४ मा प्रस्ट संग लेखेको छ
कलस्सी २ को ८ मा पुगी अड्किने लाइ के थाहा ?
फेरी मनलाई आध्यारोमै फर्किने लाइ के थाहा ?

गलाती २ को २० लाइ सबले पढ्नु अनि जान्नु
कलस्सी २ को २० मा हृदय मर्किने लाइ के थाहा ?
सत्य के हो , कस्तो हुन्छा तर्किने लाइ के थाहा ?

इशक तामांग

नुवाकोट शिन्किल एबेनेज़ेर चर्च

27 November 2014

गाउँ गाउँ

गाउँ गाउँ पहाड मा माथि माथि लेक मा (२)
{ख्रिस्ट को संदेश सुनाउनु छ गाई चराउने भेगमा
ख्रिस्ट को संदेश सुनाउनु छ भेडी चर्ने भेगमा }२

भोगी छन् आमा बुवा ,प्यासी दाजु भाई (२)
परमेश्वर को वचन सुनाई पर्नु छ तृप्त सबलाई (२)
सिरी सिरी हावा चल्ने माथि माथि लेक मा (२)
{ख्रिस्ट को संदेश सुनाउनु छ गाई चराउने भेगमा
ख्रिस्ट को संदेश सुनाउनु छ भेडी चर्ने भेगमा }२

दोबाटो मा फस्ने हरु, पाप भित्र खस्नेलाइ (२)
मरेका छन् आत्माहरु , माथि माथि लेक मा (२)
{ख्रिस्ट को संदेश सुनाउनु छ गाई चराउने भेगमा
ख्रिस्ट को संदेश सुनाउनु छ भेडी चर्ने भेगमा }२

सब्द : इशक ,तामांग
लेखक : इशक
संगीत : इशक

25 November 2014

मलाई धेरै पहिले को एउटा कुरा याद आयो।

मलाई धेरै पहिले को एउटा कुरा याद आयो।

तपाई जुन ठाउँ बाट लडेको छौ,परमेश्वर ले त्यहि ठाउँ बाट उठाउने छ पास्टर : अनिश दोहा एजी

तपाइको व्यापार बाट, साथी भाइको मनमुटाव बाट,घरायसी मामला ले गर्दा,खेरि तपाई जुन ठाउँ  बाट लडेको छ, जुन ठाउँ बाट हरेको छ, त्यहि ठाउँ बाट परमेश्वर उठाउन चाहनु हुन्छ र जिताउन  चाहनु हुन्छा। तर हामी एक चोटी लडे पछी उठ्नलाई गाह्रो मान्छौ, र निराश हुन्छौ यो कुरा त ख्याल नै गरेको हुदैन कि परमेश्वर मेरो साथ मा हुनु हुन्छा। मात्र यो सोचेको हुन्छा कि मा लडे को छु मेरो कति धेरै नोक्सान भएको छ भनेर। एस्तो हुने मान्छे अहिले यो कुरा पढ्दा मुसुक्क हारिरहेको होला :) :)


हामी संसारिक मानिस संग को सम्बन्ध छुटिदा भोग भोकै बसेर रोएको नाटक गर्छा( यो चाही GF AND BF को बारेमा) तर तेही सम्बन्ध लाइ बनाउने परमेश्वर संग को सम्बन्ध छुटेको हामी वास्तै गर्दैनौ। बरु परमेश्वर को लागि दुइ तिन दिन उपवास बसेर रुदै प्रार्थना गरेको भए, तपाइको आत्मिक जीवन अनि सरिरिक जीवन अनि साथी भाई संग को सम्बन्ध कति राम्रो हुन्थ्यो होला?



संसारिक कथा कहानी देखि होसियार रहो।

संसारिक कथा कहानी देखि होसियार रहो। 

1 तिमोथी 4:7 मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंम लाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। प्राय मानिस हरु परमेश्वर को वचन बोल्ने निहु मा आफ्नै काल्पनिक कथाहरु अनि नाटक हरु प्रस्तुत गरेको मैले भेटेको छु र देखेको छु, तर बाइबल ले यो कुरा भान्छा कि त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। हितोपदेश १० को १८ ले नि तेही भान्छ कि हितोपदेश 10:18 जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो। यस्ता कथाहरु मात्र बनावटी हुन्छन र देखावटी हुन्छन , एसको कुनै मतलब हुदैन , मात्र समय को बर्बाद अनि समय लाइ खेर फाल्नु मात्र हो।  अनि बाइबल को अर्को ठाउँ मा  यसरि लेखेको छ। तीतस 3:9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। मुर्ख पुरण बहस गर्ने र पुराना  काल्पनिक वंशावली कथाहरू भन्ने मानिस देखि टाढै बस। यिनीहरु के हुन्छा त ? यो एउटा निरर्थक कुरा मात्र हुन् र कसैलाई लाभ गर्दैन।

संदेश ,
एउटा काल्पनिक कथा हरु जसले हामी ख्रिस्टियन हरुलाई लाभ गर्दैन तेस्तो कथाहरु सुनाएर आफु र अरुलाई मुर्ख नाबानाऊ, तर परमेश्वर को महिम को कुरा हरु बाट प्रचार गर।


 इसहाक तामांग
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली


23 November 2014

धन को घमण्ड नगर्नु

परमेश्वर ले तपाइलाई सुम्पिएको(दिएको) हरेक (अशिषक) कुराहरु मा घमण्ड नगर्नुस।

तलको बाइबल को पद हरु राम्रो संग मनन गर्नुस र त्यस पद ले भन्न खोजे को कुरा को लागि प्रार्थना गर्नुस

व्यवस्था 8:17-18 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।

भजनसंग्रह 62:10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।\चोरेर तिमीहरूले फाइदा उनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ,सहयोगको लागि धनीहरूमाथि आशा नगर।

व्यवस्था 8:11-14सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर।  तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ।  तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।

यर्मिया 9:23-24 परमप्रभु भन्नुहुन्छ,ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्।  धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्। तर यदि कसैले गर्व गर्छ भने, उसले यस विषयमा गर्व गरोस्।  म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ,जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।

भजनसंग्रह 39:5-6 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।  तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन! हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,  तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

मर्कूस 8:36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?

हितोपदेश 16:19 अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।

ओबदिया 1:3-7 तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ।तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ तिमी आफ्नो मनमा भन्छौ किमलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’” परमेश्वर परमप्रभु भन्नुहुन्छ:यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ,  अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि,  म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु। तिमी साँच्चै नै सर्वनाश हुनेछौ!    हेर यदि कुनै चोर तिमी कहाँ आए,जब राती डाकु आए,    तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ।यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ। तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ।  मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्,   अनि सबै भेट्उनेछन्।तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन्  र सिमानाबाट तिमीलाई तान्छन्।नीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्।  तर तिनीहरूले तिमीलाई धोका दिन्छन्, र तिमीलाई पराजय गर्छन्। ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन् तिनीहरूले तिम्रो विरूद्ध पड्‌यन्त्र गरिरहेका छन्।र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।
MESSEGE (संदेश)
When a man becomes rich, either God gains a partner or the man loses his soul.
जब मानिस धनि हुन्छा त्यस पछि बिस्तारै परमेश्वर को लाभ अनि आफ्नो इस्ट मित्र अनि आफ्नो आत्मालाई समेत गुमाउछ।

इशक तामांग

नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली

21 November 2014

Leviticus 2:11


Leviticus 2:11
‘No grain offering which you bring to the Lord shall be made with leaven, for you shall burn no leaven nor any honey in any offering to the Lord made by fire.

When I was a young Christian, I heard of an illustration for Psalm 23 about shepherds who sometimes break the legs of sheep which habitually stray, so as to teach them not to stray. That erroneous teaching—“The Lord is my Shepherd, He breaketh my legs”—stuck with me for years, causing me needless fear of God’s punishment when I felt that I had strayed from Him.
Such erroneous teachings are what God’s Word refers to as “leaven”. That is why Jesus cautioned His disciples, “Take heed and beware of theleaven of the Pharisees and the Sadducees.” (Matthew 16:6) The leaven of the Pharisees was their doctrine of legalism, which judges and condemns people who fail to keep God’s laws. The leaven of the Sadducees was their doctrine of humanism, which discounts the supernatural and teaches that everything can be explained away using reasoning or science.
When God told His people in Leviticus 2:11, “No grain offering which you bring to the Lord shall be made with leaven,” we are reminded that how we appreciate Jesus, our grain offering, must not be mixed with wrong teachings. For example, when we talk about “suffering with Christ” (Romans 8:17), we must know that it is not about suffering sicknesses or lack, things which Jesus has redeemed us from, but suffering persecution, scorn and rejection for His name’s sake, which we are likely to face as good Christians.
My friend, what you believe about Jesus is important because the Holy Spirit bears witness only to the truth. (John 16:13) So ask Him to unveil the beauty of Christ and the perfection of His finished work to you when you read God’s Word. Find out from the Word how Christ has redeemed you from every curse and paid for you to enjoy all of God’s blessings with His sacrifice at the cross.
Beloved, get rid of any leaven in your believing. Believe and declare that you are healed, not sick; abundantly supplied, not in lack; and forever righteous in Christ. And when you start believing and confessing God’s truths, the anointing of the Holy Spirit will be released for the breakthrough you need!

नाम र दम को निम्ति सेवाकै नगर्नुस तर परमेश्वर बाट पाउने इनाम को लगि सेवाकै गर्नुस।

नाम र दम को निम्ति सेवाकै नगर्नुस तर परमेश्वर बाट पाउने इनाम को लगि सेवाकै गर्नुस।

“काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुकोसेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।” कलस्सी 3:23

तपाई परमेश्वर को निम्ति कार्य गर्नु हुन्छा भने नाम कमाउन हैन तर इनाम कमाउन कम गर्नुस। किनकि संसारिक रुप मा कमाए को नाम एकदिन मेटेर जाने नै हो तर तपैले कमाएको इनाम स्वोर्ग मा अनन्तकाल सम्म रहिरहन्छा। परमेश्वर को महिमा भएको होस्।
किनकि प्राय पास्टर हरु अनि अगुवा हरु आफ्नो नाम कमाउन र प्रख्यात बनाउन प्रतिस्पर्धी रुप सेवाकई गरेको हामीले देखिरहेको छौ र हुदै छ।  तर साथीहरु तपाई हरु मध्ये जति पनि साथीहरु सेवकाई को लागि जुटेको छौ अरुको जीवन हेरेर सेवकाई नगर्नुस। पहिला आफ्नो विश्वास अनि आफ्नो क्षमता हेर्नुस तर एक्कासी ठुलो बन्ने सोच मा लग्नु भएको छ भने, परमेश्वर ले तपाई मा दिनु भएको जुन बरदान छ त्यो पनि खोसिने छ, त्यस कारण परमेश्वर तपाई मा के चाहनु हुन्छा र के बनाउन चाहनु हुन्छा त्यो कुरा खोजि गर्नुस तर अरु ख्रिस्टियन जस्तो प्रतिस्पर्धी सेवकाई ले तपाइको नाम कमाउनु सक्नु हुन्छा तर परमेश्वर बाट पाउने इनाम तपाई बिस्तारै घट्दै जाने छ, मेरो भनाइ को मतलब यो हो कि, तपाई एउटा बिस्वासी हुनु हुन्छा, अगुवा हुनु हुन्छा, र पास्टर,डीकन अनि ठुल्ठुला व्यक्ति हरु हुनु हुन्छा। यो कुरा सोच्नुस कि परमेश्वर को अनुग्रह र पवित्र आत्माको सहभागिता बिना तपाई झ्यै झ्यै बज्ने खैजडी मात्र हुन्। त्यसैले मा जति पनि अगुवा अनि नेपाली पास्टर हरु अनि बिस्वाशी हरु सबैलाई मेरो यो सुझाब छ कि, “परमेश्वर को सेवकाइ नाम कमाउन हैन तर परमेश्वर को राज्य मा इनाम कमाउन को लागि हो “  
मेरो प्रार्थना:
“हे पिता, जति पनि मेरो नेपाली दाजु भाइ अनि दिदि बहिनि हरु सेवाकई मा लागेको छ , येदि उनीहरु कुनै नाम कमाउनु र दम कमाउनु सेवाकै मा लागेको छ भने आजै बाट उसको यो लक्ष लाइ परिवर्तन गरि साचो हृदय ले अनि साचो सेवाकै गरि स्वोर्गीय राज्य मा इनाम को निम्ति सेवाकै गर्न सकेको होस्, येशु को नाउँम आमेन”
हल्लेलुयाह!!

इशक तामांग

18 November 2014

something

आज सान्त्वना लिनुहोस् प्रभुको मायालु बल मा ,जुन तपाइको समर्पित पिता हुनुहुन्छ।
Take comfort today in the loving strength of the Lord, who is your devoted Father


Jesus always was, He always is, He always shall be.Amen
येशू सधैं थियो,उहाँ सधैं छ र उहाँ सधैं हुनेछ ।आमिन

God can supply our needed. but not our wish.
परमेश्वरले हाम्रो खाँचो अनि आवश्यकता लाइ मात्र पुरा गर्नु हुन्छा तर हाम्रो इच्छालाई हैन।

We dont need but We want,
हामीलाई चाहिदैन तर हामी चाहन्छौ।