हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 December 2014

ख्रिस्ट्मस के हो ?

ख्रिस्ट्मस के हो ?
यो साल को ख्रिस्टमस देखेर मलाई केहि प्रश्न हरु उठ्यो मन मा।
ख्रिस्ट्मस को अर्थ हो, येशु ख्रिस्ट तपाइको हृदय मा जन्म लिनु भयो तर यो संसार मा हैन।
हामी येशु ख्रिस्ट मा साल को ३६५ दिन नै ख्रिस्ट्मस मनाउछौ , मतलब तपाइको जीवन र हृदय मा येदि येशु ख्रिस्ट को जन्म भएको छैन भने एक दिन मनाउने ख्रिस्ट्मस नमनाए नि हुन्छा। किनकि हामी बेबिलोन बाट सुरु भएको रितिरिवाज संसारिक चालचलन अझै सम्म मान्दै आएको छ ,  यो पनि थाहा छैन कि येशु ख्रिस्ट को जन्म कहिले भयो भनेर।  मेरो विचार मा येशु ख्रिस्ट को जन्म त्यस दिन भयो जुन दिन तपाई र मैले उहालाई हृदय देखि नै ग्रहण गरि हाम्रो जीवन उहाँ मा समर्पण गरे।  

मलाई एउटा कुरा चाही पटक्कै मन परेन।  साल भरि सेवा संगतिको अत्तो पत्तो छैन जब ख्रिस्टमस आउन लाग्दा दुनिया उर्लेर आउछ मण्डली नै भात्किन्छा कि भन्ने दार पो हुन्छा , त्यस्तो व्यक्ति लाइ मा भन्छु , ३६४ दिन येशु बिना बच्न सक्यो भने एक दिन को लगि किन मण्डली आउनु पर्यो ? जब तपाइको मन येशु ख्रिस्ट तर्फा छैन भने एक दिन को रमझम मा किन आउनु पर्यो ? ख्रिस्ट्मस त्यो व्यक्तिको लागि हैन जुन ३६५ दिन मा ३६४ दिन संसार मा हराउने र येशु ख्रिस्ट देखि टाढा भाग्ने , तर ख्रिस्टमस त्यो व्यक्ति को लागि हो जसले आफ्नो जीवन ३६५ दिन नै येशु ख्रिस्ट मा सपर्पण  गरि आनन्द जीवन जिएको छ।  

इशक तामांग
किम्तंग मनेटर मण्डली

No comments:

Post a Comment