हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


9 January 2015

आपसमा दयालु र कृपालु बन।

आपसमा दयालु र कृपालु बन।

आज शास्त्रपदहरू

आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

समर्पण ,

यस धर्मशास्त्रमा दयालु हुनेबारे सीधा क्षमाशील अरूलाई जोडिएको छ।आफ्नो जीवनमा कुनै व्यक्ति छ तपाईं त्यसलाई क्षमा गर्न आवश्यक छ कि ,छ भने अर्को दिन जान नदेऊ,त्यस व्यक्ति संग संपर्क प्राप्त गरे र तिनीहरूलाई आफ्नो क्षमा चढाएर दया देखाउ। लूका 6:36 जस्तो तिम्रा  पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन। यदि तपाई एउटा असल ख्रीस्टियन हुनु हुन्छ भने क्षमा गर्न भोलि नाकुर्नुस तर जति बेला तपाइको हृदय ले गल्ति हो अनि पाप हो भनि संकेत गर्छा त्यसै बेला त्यस व्यक्ति संग माफी माग्नुस, तपाइको दया ले कसैको आशा टुक्रिन बाट जोगिन्छ र तपाई र त्यस व्यक्ति बीच को सम्बन्ध पनि जोगिन्छ। तर तपाइको जीवन मा क्षमा छैन भने तपाई मा येशु ख्रिस्ट को अनुग्रह छैन र परमेश्वर को प्रेम छैन।  तर तपाइको जीवन मा क्षमा छ भने परमेश्वर को प्रेम र उपस्थिति तपाई मा छ।  प्रभु येशु ले तपाई को अनगिन्ति पाप अनि गल्तीलाई क्षमा गर्नु भयो, क्षमा दिनु भयो,भने तपाई ले आफ्नो छिमेकी को सानो कुरा मा क्षमा दिन सक्नु हुन्न ? आपसमा दयालु र कृपालु बन,परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ। किनकि हितोपदेश 11:17 दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। आमेन

इशक तामांग
किम्तंग २ नुवाकोट









No comments:

Post a Comment