हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


17 January 2015

चिन्ता

चिन्ता

हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

साचै,
जिन्दगि को के भरोशा, बिहानी को मिर्मिरे संगै नया किरण लिएर उदाएको घाम पनि जब साझ परे पछी रातो अनि निराश भएर डुबेर जान्छ। ऋतु अनुसार ढकमक्क फुलेको फुल पनि जब आफ्नो ऋतु सकिन्छा सबै ओइलीएरा झर्छा , संसार मा कुनै पनि प्राणी अनि चिज को आफ्नो समय सके पछी एक दिन बिदाई गर्ने पर्छा। रोकेर रोकिदैन मृत्यु को आँधीलाई, अनि छेकेर छेकिदैना प्रभुको अनुग्रह अनि समय लाइ।  हाम्रो जीवन एउटा किताब न हो, परमेश्वर ले जति सम्म लेखिएको छ तेती सम्म त चल्ने हो , त्यसैले माथि दिएको धार्मिक वचन अनुसार हामी सबैको निम्ति भिन्न भिन्न तरिकाले जीवन को किताब लेखिएको छ।  कुनै पानामा दुखै दुख अनि कुनै पाना मा सुखै सुख, कुनै पानामा आशुले भिजिएको अनि कुनै पानामा खुशीको रंगहरु भरिएको, हाम्रो यो रंगीचंगी जिन्दगि मा बाचुन्जेल हामीले सक्ने कार्य गर्नु नै असल देखियो। मरे पछी “चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।” त्यसैले 2 कोरिन्थी 5:4 जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।त्यसैकारण साथीहरु उपदेशक 9:10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं। बाचुन्जेल जीवित परमेश्वर को अज्ञ र अनुग्रह बाचौ बचौ !आमेन
शिन्किल एबेन्ज़ेर चर्च

नुवाकोट १ किम्तंग

No comments:

Post a Comment