हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


22 April 2015

christian ghazal by isaac tamang


````````मेरो प्यारो येशु````````````

मेरो मुटु अनि मेरो धड्कन ठानेको छु येशु।  
मेरो गित अनि मेरो प्रित मानेको छु येशु।

पागल अनि बौलहा भनि त्यागे दुनियाले,
पागलपन मा सत्य मार्ग छानेको छु येशु।

आफ्नै आफन्तले घोच्छा तिखो काँडा बनि,
काँडा भित्र अनन्त को बाटो खानेको छु येशु।

अभाब र संकष्ट मा जिउनु परे पनि जीवन,
संकष्टमा तिम्रो अनुग्रहलाई जानेको छु येशु।

तिम्रा सत्य वचनहरु संगलिदै जिउदा खेरि,
खराब बाट अचेल असल बनेको छु येशु।

खस्छन आँशु बेला बेला विरहले सताउद,
आँशु भित्र हाँसो तिम्लाई मानेको छु येशु।

मेरो मुटु अनि मेरो धड्कन ठानेको छु येशु,  
मेरो गित अनि मेरो प्रित मानेको छु येशु।

उहाँ तपाइको
पापी छोरा,
इशक तामांग

23 March 2015

म इसाई हुँ

म इसाई हुँ !

तातो गोलि छातीमा हने पनि के भो
सर्छु पाइला पछाडी ताने पनि के भो

इसाई हुँ म मर्न देखि डराउदिना अब
पाइलै पिच्छे खाल्डो खाने पनि के भो

अनेकौ बाधा अनि अड्चनले छेकेर
मूल बाटोमै पर्खाल बने पनि के भो

आमा बुवा, दाजु भाई, आफन्तहरुले
दुनियाले मलाई पराइ ठाने पनि के भो

त्यसैले

बोकेको छु बाइबल कुनै तलवार होइन
त्यहि कारणले गिरफ्तार गरे पनि के भो

मेरो उदेस्य अनि मेरो लक्ष हृदय भित्र छ
बाहिरी शरीर छिया छिया परे पनि के भो

मर्न सक्दिनौ मेरो विचार अनि सब्दहरु
बिलाई जाने शरीर लाइ मरे पनि के भो

तातो गोलि छातीमा हने पनि के भो
सर्छु पाइला पछाडी ताने पनि के भो

लेखक इशक तामांग

किम्तंग २ नुवाकोट

22 March 2015

संसारको पहिलो अप्रेसन ?

संसारको पहिलो अप्रेसन ?
एउटा बिस्वसिलाई पनि विश्वास नलाग्ने एउटा सत्य तथ्य यो हो कि संसार को सबै भन्दा पहिलो अप्रेसन कुनै अस्पतालमा या कुनै बैज्ञानिक द्दोरा गरिएन तर अदनको बगैचा मा पृथ्वीको पहिलो मानिस अदम को
को सर्जरी ( सल्यक्रिया ) भएको थियो, जुन उसको सहयात्री हव्वालाई बनाउन आदमलाई गहिरो निन्द्रा मा परेर, डाक्टर को डाक्टर,बैज्ञानिकहरु का बैज्ञानिक मेरो जीवित परमेश्वर ले आफ्नै हातले अदम को करंग निकाली हव्वालाई बनाइएको थियो! जसको प्रमाण
उत्पत्ति 2:21(ERV-NE)
{२१त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। २२ त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो।}

त्यसैले मेरो दिदीबहिनीहरु लाई यो सन्देश दिन चाहन्छु कि तपाईहरु भनेको पुरुषको करंग हो यदि करंग ले सहि कम गरेन भने त्यो पुरुष कहिले नि स्वास्थ्य हुन सक्दैन, मतलब तपाईहरु भनेको परिवार लाइ धान्ने एउटा करंग हो र यदि करंग नै सहि र स्वास्थ्य भएन भने परिवार टिक्न सक्दैन र त्यो परिवार कहिले नि सफल हुन सक्दैना! किनकि आदमले भनेका छन् कि,

आखिरमा म जस्तै अर्को एउटा व्यक्ति
उसको हड्डी मेरो हड्डी बाट आयो,
अनि उसको शरीर मेरो शरीरबाट आयो।
किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले
म तिनलाई स्त्री मानिसभन्नेछु। उत्पत्ति 2:23

त्यसैले परिवार लाइ सुखी र स्वास्थ्य बनाउने हो भने करंग अर्थात् दिदीबहिनी हरु सक्रिया र स्वस्थ्य व्यवहार को हुनु जरुरि छ ! आमेन 

21 March 2015

“नयाँ पृथ्वी” भनेको के हो?

 “नयाँ पृथ्वीभनेको के हो?
बाइबल हामीलाई यस्तो शिक्षा दिन्छ: हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।” (२ पत्रुस ३:१३; यशैया ६५:१७) बाइबलमा पृथ्वीशब्दले कहिलेकाहीं मानिसहरूलाई बुझाउँछ। (उत्पत्ति ११:१) त्यसैले न्यायले बास गर्ने नयाँ पृथ्वीभनेको परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरू मिलेर बनेको समाज हो। के तपाई नयाँ पृथ्वी  अर्थात् परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरू मिलेर बनेको समाज मा जना तयार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने परमेश्वर को अज्ञ र नियमलाई आजै बाट पालना गरौ र गर्न सिकौआमेन


 

16 March 2015

छोटो मुक्तक

छोटो मुक्तक

थाकिएको यात्रीलाई चौतारो को खाँचो छ
येशु ख्रिस्टमा बिश्राम पाउने कुरा साँचो छ
आउनेले पाउनेछ, पाउनेले जीवन जिउनेछ
प्यासीले जीवनको जाल येशुमै पिउने छ

न सानो न ठुलो ख्रिस्ट्को प्रेम भित्र
न गरिब न धनि सबै उनको मित्र
सगर भन्दा गहिरो आकाश भन्दा उच्चा
अनुग्रह र प्रेमको धनि येशु कस्तो बिचित्र

by : इशक तामांग

5 March 2015

मेरो प्रभु येशुलाई कसैले भोट दिएर इश्वर बनाएको होइन.

पास्टर रोबिन एल्मेदी को वचन बाट प्रेरित मेरो प्रभु येशुको बारेमा केहि सत्य कुराहरु

मेरो प्रभु येशुलाई कसैले भोट दिएर इश्वर बनाएको होइन, न मेरो येशुले कसैको घरमा भोट मग्न लाइ जानु भयो ! अनि मेरो येशु को सरकार नेपाल सरकार जस्तो पलभर मा फेरिने सरकार होइन , उहाँ पृथ्वी को सुरुवात देखिने यो संसार मा साशन गर्दै आउनु भएको थियो र अहिले सम्म साशन गर्दै हुनुहुन्छ! र उहाँ कसैलाई भोट मग्न र झुटो आश्वासन दिन यो संसारमा आउनु भएको होइन तर तपाई र तपाइको परिवारमा रहेको दुख,बिमार,पापमय समस्या, लाइ समधान गर्न आज भन्दा २०१५ सय बर्ष पहिले बेथलेहेमको गाईको गोठमा जन्म लिनु भयो ! र मेरो येशु कुनै राजाको महलमा जन्म लिनु भएन न त कुनै रानी को कोखमा जन्म लिनु भयो तर उँहा आफै गरिब अनि दुखि मरियम को काखमा जन्म लिनु भयो र आज तपाई र म जस्ता मानिस हरु को दुख र दर्दलाई बुझ्नु भयो अनि तेही दुखलाई बुझेर तपाई र मेरो साटो आफै कलवरी को डाँडा मा कोर्राको चोट सहि आफ्नो शरीर लाइ धुजा धुजा परि तपाई र मेरो शरीरको घाउ निको पर्नु भयो, आफुले बेइज्जत सहेर हामीलाई इज्जत दिनु भयो, आफुले काँडाको मुकुट लगाई हामीलाई धार्मिकता को मुकुट पहिराउनु भयो, र उहाँले बोकेको त्यो काठको क्रुस एउटा काठ हैन, तपाई र मैले गरेको पाप,व्यभिचार,अत्याचार,झुट,पाप अनि श्रापको भरि बोक्दै हुनुहुन्थ्यो! र उँहाको हातमा फलाम को काँटी ठोकियो कारण तपाई र मेरो हात ले गलत कम गरे उँहा को पाउ मा फलाम को काँटी ठोकिए कारण तपाई र मैले गलात बाटो मा हिडेको थियो! तर तपाई र म भने अझै पनि पुरानै सस्कर अनि पुरानै रितिरिवाज को चक्करमा आफ्नो अमुल्य समय लाइ बर्बाद परि, दुनियाको मानव निर्मित इश्वर को सेवा गर्दै साँचो र सत्य इश्वर लाइ भुलीरहेको छौ ! त्यसैले साथीहरु यो कुरा जान्नु कि मेरो येशु मात्र तपाइको पापको लागि मरे मात्र तपाइको लागि ! उहाँ कुनै कुर्सि र सत्ता को लोभ मा मरेको होइन तर तपाई र मैले एउटा नया जीवन पाउन भन्ने हेतुले आफ्नो प्रण कलवरी को डाँडा मा दिनु भयो र आज तपाई र मलाई पाप बाट उद्दार गर्नु भयो! त्यसैले जति जनाले आज मेरो यो सन्देश पढ्नु भयो क्रिपय यो कुनै एउटा काल्पनिक अनि मानव रचित कहानी होइन तर पवित्र धर्मशास्त्र मा लेखिएको सत्य कुरा हो यसलाई एउटा काल्पनिक कथा को रुपमा नलिनु होला ! परमेस्वर तपाइलाई आशिष दिनु भएको होस् ! आमेन

इशक तामांग

किम्तंग २ नुवाकोट 


25 February 2015

qoute


जहाँ डर ले राज गर्छ, त्यहाँ विश्वास पर हट्छ तर जहाँ विश्वासले राज गर्छ त्यहाँ डरको कुनै ठाउँ छैन । ग्रेग म्याट

 आमेन त्यसैले विश्वासमा अटल र निडर भइ बाँचौ !