हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


Showing posts with label isaactamang. Show all posts
Showing posts with label isaactamang. Show all posts

24 February 2015

Christian Muktak

Christian Muktak 


फाटे पनि जिन्दगि येशु ख्रिस्टमै सिउछु
अनुग्रहले बाँचेको छु अनुग्रह मै जिउछु
प्यासी,भोकी थिए तर छैन अब म
अमृत जाल सधै भरि येशु ख्रिस्ट मै पिउछु
  
तिमि मलाई सके सम्म घृणा गर्न सक्छौ
होइन भने जीवन भारलाई निन्द्रामा पार्न सक्छौ
तिम्ले घृणा नगरे सम्म ख्रिस्ट को सन्तान हुन्न
रिसै उठे एक दुइ गोलि ठोकी मार्न सक्छौ


By Bro. Isaac Tamang


शैतान लाइ मेरो गाली















22 February 2015

जय मसिह!

सम्पूर्ण ख्रिस्ट प्रेमी दाजु भाई तथा दिदीबहिनी हरु

परमेश्वरको राज्य लाई खोज्यो भने तिम्ले
येशु ख्रिस्ट को बाटोलाई रोज्यो भने तिम्ले
चिताएका सबै कुराहरु पुरा हुन्छा तिम्लाई
येशु ख्रिस्ट नै जीवित प्रभु सोच्यो भने तिम्ले


मत्ती 6:33
तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको
धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई
तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,


परमेश्वरको प्रेम, प्रभु येशु को अनुग्रह,पवित्र आत्माको अभिषेक प्रभु येशु को दोस्रो आगमन नभए सम्म हामी हरु सबै को माझ रहोस आमेन !

मुक्तक

मुक्तक

आखा भरि आँशु हुन्छा ख्रिस्ट को दुख बुझ्ने जति
बलिदान को मोल बुझ्छा ख्रिस्ट रगत मा रुझ्ने जति
सत्य प्रेम को मोल छैन , जाली प्रेमको बजार हुदा
कसैले सुन्दैन सत्यलाई ,सत्य एउटा झुटो हजार हुदा
  
आत्मिक रुपमा बलिया भैं बढ्ने बेला आयो
आत्मिक युद्द सैतान संग लड्ने बेला आयो
बढ्दै जानु छ शिखर सम्म क्रुसको झन्डा बोकी
पुरानो यो जीवन सैली छाड्ने बेला आयो !

Matthew 6:33
परमेश्वरको राज्य लाई खोज्यो भने तिम्ले
येशु ख्रिस्ट को बाटोलाई रोज्यो भने तिम्ले
चिताएका सबै कुराहरु पुरा हुन्छा तिम्लाई

येशु ख्रिस्ट नै जीवित प्रभु सोच्यो भने तिम्ले 

इशक तामांग 

कोहि त छ मलाई माया गर्ने ?

याद गर्नुहोस, तपाई र मेरो मुक्तिदाता को अन्तिम क्षण कस्तो भयो होला ?

एक छिन सोचिस्यो ! उहाँले मरेकालाई जिविर पर्नु भयो, उहाँले २० वर्षा सम्म रगत बग्ने स्त्री लाइ निको पर्नु भयो, उहँले ५ हजार लाइ खुवाए, उहाँले आन्धलाई आखा दिए, लंगडो लाइ सहारा दिए, धेरै अचम्म कार्यहरु गर्नु भयो, अनि सैतान संग विजय प्राप्त गरे , तर पनि उहाँ को अन्तिम क्षण त्यो कलवरी को डाँडा को काठको क्रुस मा कस्तो भयो होला ?
उहाँलाई आफ्नै ले धोका दिए, उहाँलाई आफ्नै ले मृत्यु दण्ड दिए, सम्झिदा नि आखा रसाएर आउछ कि येशु ले दुनियालाई शान्ति दिए तर तेही मानिस हरु ले आज येशुलाई क्रुस मा झुन्ड्याउनु पर्छा भनि नारा बाजी लगाई रहेको छ! 
जब उहाँ क्रुसको भरि बोकेर लडिरहेको अवस्था मा उहाँले यो सोच्दै हुनु हुन्थ्यो होला कि मेरो नि कोहि त होला नि मेरो दुख मा साथ दिने, २० वर्षा सम्म रगत बग्ने स्त्री जसलाई येशु ले निको परे त्यो पनि उहाँको पक्ष मा थिएन, आन्ध जसलाई ज्योति दिए क थिए त्यो पनि त्यहाँ थिएन, सबै पराइ भैसकेको थियो, ५ हजर जनालाई खुवाएको जब उहाँको अन्तिम क्षण मा पुग्दा ५ जना पनि उहाँ को पक्ष मा थिएन! किन ? किनकि तपाई र म स्वोर्थी थिए,
येशुको हात मा काँटी ठोकियो कारण तपाई र मेरो हातले गलत कम गरेको भएर, अनि येशुको पाउ मा काँटी ठोकियो कारण तपाई र मैले गलत बाटो मा हिडेको भएर, तर पनि बिचार मेरो येशु चुपचाप दुख दर्द सहेर क्रुसमा झुण्डी रहे!
किनकि तपाई र मैले त्यो पिडा साहना नपरोस भनेर, अझै पनि तपाई र मेरो येशु त्यो क्रुस बाट भनि रहेको छ कि
कोहि त छ मलाई माया गर्ने ?


इशक तामांग 

होसियार रहो!

होसियार रहो!

सैतानको राज्य बढ्दै छ साथी होसियार रहो
ख्रिस्टिया राज्य घट्दै छ साथी होसियार रहो
आत्मिक युद्द लड्ने बेला आएको छ दह्रो भैं
सैतानले किल्ला गाड्दै छ साथी होसियार रहो

आत्मिक फल छर्नु पर्छा गाउँ गाउँ बस्ति बस्ति
सैतानले बाटो बारदै छ साथी होसियार रहो
कोहि पर्ला ढुन्गेनी जमिन कोहि असल ठाउँमा
सैतानले बोट नै मार्दै छ साथी होसियार रहो

समय छदै पाकेको फाल टिपेनाऊ भने अब
सैतानले पाकेको फल झर्दै छ साथी होसियार रहो
गाउँ गाउँ पुगेर आत्मिक सेना तयार पर्नु पर्छा
सैतानले पाइला सर्दै छ साथी होसियार रहो

उत्पति मा बाँधेको सैतान प्रकाश मा छोड्दै छ
आत्माहरु दिनानुदिन मार्दै छ साथी होसियार रहो
सैतानको राज्य बढ्दै छ साथी होसियार रहो
ख्रिस्टिया राज्य घट्दै छ साथी होसियार रहो
  

लेखक : इशक तामांग 

एउटा मान्छे को कहानी

एउटा मान्छे को कहानी

एकान्तमा निराश हुदै बस्दै थिए म
टुक्रिए को मुटु रुदै गास्दै थिए म
मेरो हात समाई उनले उठाएर लागे
दुखै दुखको बन्धन बाट छुटाएर लागे

अनि

तिमीलाई म धेरै धेरै माया गर्छु भन्यो
तिम्रै लागि मरे अब फेरी मर्छु भन्यो
दुवै हात फैलाएर अंगालो मा डाके पछि
पुराना कुरा भुले उनको पछि लागे पछी

अब

उनकै पछी लागेको छु पुराना समय भुलेर
गल्ति गरे जस्तो लग्यो पापी संसार डुलेर
भुलाई दिए पुराना अतिताहरु येशुको मायाले
बिर्सी दिए जंघार अनि बन्धन येशुको दयाले

त्यसैले

तिम्ले पनि पाउने छौ उद्दार मुक्ति शान्ति
आउनु येशुमा सबै जना छोडेर युद्द क्रान्ति
समय छदै फर्क्यो भने जीवन तिम्ले पाउला
नत्र भने इनाम तिम्ले नरक को आगो पाउला


इशक तामांग बाट 

21 February 2015

Top 7 Bible Verses To Share With Unbelievers

अन्याजतिहारु लाई साझेदारी गर्न ७ ओटा बाइबल को पदहरु  

 

१)     प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ। उपदेशक 3:1

२)     …..तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ। मर्कूस 9:23

३)     हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। यूहन्ना 3:16

४)     एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ। यूहन्ना 10:10

५)     तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। रोमी 8:37

६)   ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो,साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन। गलाती 5:1

७)     अनि हामी त्यो प्रेममा विश्वास गर्छौं।परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।1 यूहन्ना 4:16

बाइबल को पुरै शब्दहरु अविश्वासिलाई सुनाउन र बाड्न को लागि हो! तपाइलाई सुसामाचार सम्बन्धि  अरु बाइबल पदहरुको याद छ भने येस्मा जोडेर एउटा सुसामाचार को प्रचारप्रसार गर्न सक्नु हुने छ !
जीवित परमेश्वरको प्रेम, प्रभु येशु को अनुग्रह अनि पवित्र आत्माको अगुवाई तपाई हरु सबै मा रहोस! आमेन







7 February 2015

प्रार्थना

प्रार्थना
1 यूहन्ना 5:14  अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।

जब मा एलिया अगमवक्ता को जीवनीलाई हेर्दा यो कुरा थाहा पाउछु कि प्रार्थना नै सबै भन्दा ठुलो हतियार हो ! हो अब प्रार्थना हो प्रार्थना ले गर्छा: के गर्छा त भन्दा आत्मिक रुपमा तन्दुरुस्त बनाउछा, सैतान संग जिताउछा, परमेश्वर संग को सम्बन्ध नजिक बनाउछा, आत्मिक शक्ति दिन्छा, आत्मिक शक्तिले हामीलाई शान्ति दिन्छा, ज्ञान र बुद्धि दिन्छा, नम्र बनाउछा,अनुशासित बनाउछा, आज्ञाकारी बनाउछा! हो अब यी सबै कुरा हामी भित्र छ भने हामीलाई सबैले प्रेम गर्छा, सबै मिल्छा, सबै मिल्यो भने के हुन्छा त ? हो अब मेलमिलाप हो एसले गर्छा के गर्छा त भन्दा पारिवारिक समस्या को समधान गर्छा, गाउँ विकास गर्छा, देश विकास गर्छा, देस विकास भए पछी शान्ति आउछ , शान्तिले हामी सबैलाई सुखचैन मिल्छा, त्यसैले हेर्नुस त तपाइको सानो प्रार्थना ले कति धेरै परिवर्तन हुदो रहेछा त ? प्रार्थना ले व्यक्ति परिवार्ताना हुन्छा, घर परिवर्तन हुन्छा, मण्डली परिवर्तन हुन्छा,गाउँ परिवर्तन गर्छा, जिल्ला परिवर्तन गर्छा, राष्ट्र परिवर्तन गर्छा! यी सबै भयो भने के हुन्छा त ? हामी आफैलाई फाइदा हुने हो नि हैन ? कुरो !!
तपाइले सोचेको अनि खोजेको सबै कुरा  हाम्रा परमेश्वरले पुरा गर्नु भएको होस् !

प्रार्थना मा सम्झिदिनु होला!
  • नेपाली देश को लागि
  • नेपाली ख्रिस्टियन युबाहरु को आत्मिक जागृतिको लागि
  • गरिब अनि दुखि परिवार र अनाथ बालबालिका को लागि
  • नेपाल को विकट गाउँ हरुको लागि
  • नेपाली ख्रिस्टियन मण्डली हरु को लागि
  • नेपाली राजनीतिक अवस्था को लागि


हामी आशा गर्छौ तपाई हाम्रो साथ मा हुनु हुन्छ! आमेन

इशक तामांग
नुवाकोट 

9 January 2015

आपसमा दयालु र कृपालु बन।

आपसमा दयालु र कृपालु बन।

आज शास्त्रपदहरू

आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

समर्पण ,

यस धर्मशास्त्रमा दयालु हुनेबारे सीधा क्षमाशील अरूलाई जोडिएको छ।आफ्नो जीवनमा कुनै व्यक्ति छ तपाईं त्यसलाई क्षमा गर्न आवश्यक छ कि ,छ भने अर्को दिन जान नदेऊ,त्यस व्यक्ति संग संपर्क प्राप्त गरे र तिनीहरूलाई आफ्नो क्षमा चढाएर दया देखाउ। लूका 6:36 जस्तो तिम्रा  पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन। यदि तपाई एउटा असल ख्रीस्टियन हुनु हुन्छ भने क्षमा गर्न भोलि नाकुर्नुस तर जति बेला तपाइको हृदय ले गल्ति हो अनि पाप हो भनि संकेत गर्छा त्यसै बेला त्यस व्यक्ति संग माफी माग्नुस, तपाइको दया ले कसैको आशा टुक्रिन बाट जोगिन्छ र तपाई र त्यस व्यक्ति बीच को सम्बन्ध पनि जोगिन्छ। तर तपाइको जीवन मा क्षमा छैन भने तपाई मा येशु ख्रिस्ट को अनुग्रह छैन र परमेश्वर को प्रेम छैन।  तर तपाइको जीवन मा क्षमा छ भने परमेश्वर को प्रेम र उपस्थिति तपाई मा छ।  प्रभु येशु ले तपाई को अनगिन्ति पाप अनि गल्तीलाई क्षमा गर्नु भयो, क्षमा दिनु भयो,भने तपाई ले आफ्नो छिमेकी को सानो कुरा मा क्षमा दिन सक्नु हुन्न ? आपसमा दयालु र कृपालु बन,परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ। किनकि हितोपदेश 11:17 दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। आमेन

इशक तामांग
किम्तंग २ नुवाकोट









7 January 2015

Christian life is like a candy crush!

मेरो दाइले भनेको
हिजोआज जिन्दगी र Candy crush उस्तै लाग्दैछ, एउटा चरण सकियो भनेर खुसी भएर के गर्नु अर्को झन् अर्को जटील चरण आइदिने, कहिलेकाहीं त लाग्छ यो गेम नै Uninstall गरीदिऊं ।

तर दाइ म भन्छु, जिन्दगि ANGRY BIRD जस्तो हुनु हुदैन,जो सधै रिसाई रहन्छा, तर जिन्दगि Candy crush जस्तो  भयो भने हामीले धेरै कुरा सिक्न सकिन्छा, जीवन कसरि जिउने अनि कसरि बच्ने,कठिन अवस्था मा कस्तो तरिकाले समस्या हटाउने, अनि कुन उपाय लगाउने यो सबै सिक्न सकिन्छा। त्यसैले प्रकाश  २ को २ ले बताउछा  ““मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ”  यसैले यो बाइबल को पदलाई मनन गर्नुस।
हितोपदेश 17:13 यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैँकठिनाइहरूको सामना गर्नेछ। CANDY CRUSH UNINSTALL हैन तर तपाई भित्र को कम्जोर पक्ष के हो त्यसलाई ctr+shift  दबाइ delete गर्नुस।  तपाइको जीवन असल हुने छ।  प्रभुको महिमा भएको होस्।

इशक तामंग
नुवाकोट किम्तंग मण्डली

5 January 2015

Are You Ready to go to heaven?

Are You Ready to go to heaven?

Befor you die please make sure above all question.

1. Have you believed? John 8:24; Mark 16:16; Heb. 11:6; James 2:19. Yes or No
2. Have you repented? 2 Cor. 7:10; Acts 3:19 Yes or No
3. Have you confessed? Matt. 10:32-33; Rom. 10:9-10 Yes or No
4. Have you been baptized? Matt. 28:18-20. Yes or No
5. Have you been immersed? Rom. 6:1-6; Acts 8:36-38. Yes or No
6. Have you been baptized for the remission of sins into the Church? Acts 2:38; I Cor 12:12-13. Yes or No
7. Are you a Christian? (Only answer yes if you answered yes to the first 6 questions.) Yes or No
8. Do you study the Bible every day? 2 Tim. 2:15; Psa. 119:11; Matt. 5:6. Yes or No
9. Do you attend all the services of the church? Hebrews 13:7&17; Heb. 10:25. Yes or No
10. Do you contribute properly?1 Cor. 16:1-2. Yes or No
11. Are you a soul winner? Matt. 4:19. Yes or No
12. Do you pray without ceasing? 1 Thess. 5:17 Yes or No
13. Could we use your life as a pattern for other Christians? Matt. 5:13-16; 1 Tim. 4:12. Yes or No
14. Do you want to go to heaven? John 14:1-3 Yes or No
15. Will you make it right today? Yes or No
IF YOU ANSWERED “NO” TO ANY OF THE ABOVE, CHRIST WILL ANSWER YOU IN THAT FINAL DAY LIKE THIS:
“…Depart from me, ye cursed, into everlasting fire, prepared for the devil and his angels:” Matthew 25:41
“And now why tarriest thou? arise, and be baptized, and wash away thy sins, calling on the name of the Lord. ” Acts 22:16

If you are a Christian and you have departed from the faith, come home!
Shinkil Ebenezer church