हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


22 February 2015

होसियार रहो!

होसियार रहो!

सैतानको राज्य बढ्दै छ साथी होसियार रहो
ख्रिस्टिया राज्य घट्दै छ साथी होसियार रहो
आत्मिक युद्द लड्ने बेला आएको छ दह्रो भैं
सैतानले किल्ला गाड्दै छ साथी होसियार रहो

आत्मिक फल छर्नु पर्छा गाउँ गाउँ बस्ति बस्ति
सैतानले बाटो बारदै छ साथी होसियार रहो
कोहि पर्ला ढुन्गेनी जमिन कोहि असल ठाउँमा
सैतानले बोट नै मार्दै छ साथी होसियार रहो

समय छदै पाकेको फाल टिपेनाऊ भने अब
सैतानले पाकेको फल झर्दै छ साथी होसियार रहो
गाउँ गाउँ पुगेर आत्मिक सेना तयार पर्नु पर्छा
सैतानले पाइला सर्दै छ साथी होसियार रहो

उत्पति मा बाँधेको सैतान प्रकाश मा छोड्दै छ
आत्माहरु दिनानुदिन मार्दै छ साथी होसियार रहो
सैतानको राज्य बढ्दै छ साथी होसियार रहो
ख्रिस्टिया राज्य घट्दै छ साथी होसियार रहो
  

लेखक : इशक तामांग 

No comments:

Post a Comment