हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 February 2015

Top 7 Bible Verses To Share With Unbelievers

अन्याजतिहारु लाई साझेदारी गर्न ७ ओटा बाइबल को पदहरु  

 

१)     प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ। उपदेशक 3:1

२)     …..तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ। मर्कूस 9:23

३)     हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। यूहन्ना 3:16

४)     एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ। यूहन्ना 10:10

५)     तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। रोमी 8:37

६)   ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो,साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन। गलाती 5:1

७)     अनि हामी त्यो प्रेममा विश्वास गर्छौं।परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।1 यूहन्ना 4:16

बाइबल को पुरै शब्दहरु अविश्वासिलाई सुनाउन र बाड्न को लागि हो! तपाइलाई सुसामाचार सम्बन्धि  अरु बाइबल पदहरुको याद छ भने येस्मा जोडेर एउटा सुसामाचार को प्रचारप्रसार गर्न सक्नु हुने छ !
जीवित परमेश्वरको प्रेम, प्रभु येशु को अनुग्रह अनि पवित्र आत्माको अगुवाई तपाई हरु सबै मा रहोस! आमेन







No comments:

Post a Comment