हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 November 2014

नाम र दम को निम्ति सेवाकै नगर्नुस तर परमेश्वर बाट पाउने इनाम को लगि सेवाकै गर्नुस।

नाम र दम को निम्ति सेवाकै नगर्नुस तर परमेश्वर बाट पाउने इनाम को लगि सेवाकै गर्नुस।

“काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुकोसेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।” कलस्सी 3:23

तपाई परमेश्वर को निम्ति कार्य गर्नु हुन्छा भने नाम कमाउन हैन तर इनाम कमाउन कम गर्नुस। किनकि संसारिक रुप मा कमाए को नाम एकदिन मेटेर जाने नै हो तर तपैले कमाएको इनाम स्वोर्ग मा अनन्तकाल सम्म रहिरहन्छा। परमेश्वर को महिमा भएको होस्।
किनकि प्राय पास्टर हरु अनि अगुवा हरु आफ्नो नाम कमाउन र प्रख्यात बनाउन प्रतिस्पर्धी रुप सेवाकई गरेको हामीले देखिरहेको छौ र हुदै छ।  तर साथीहरु तपाई हरु मध्ये जति पनि साथीहरु सेवकाई को लागि जुटेको छौ अरुको जीवन हेरेर सेवकाई नगर्नुस। पहिला आफ्नो विश्वास अनि आफ्नो क्षमता हेर्नुस तर एक्कासी ठुलो बन्ने सोच मा लग्नु भएको छ भने, परमेश्वर ले तपाई मा दिनु भएको जुन बरदान छ त्यो पनि खोसिने छ, त्यस कारण परमेश्वर तपाई मा के चाहनु हुन्छा र के बनाउन चाहनु हुन्छा त्यो कुरा खोजि गर्नुस तर अरु ख्रिस्टियन जस्तो प्रतिस्पर्धी सेवकाई ले तपाइको नाम कमाउनु सक्नु हुन्छा तर परमेश्वर बाट पाउने इनाम तपाई बिस्तारै घट्दै जाने छ, मेरो भनाइ को मतलब यो हो कि, तपाई एउटा बिस्वासी हुनु हुन्छा, अगुवा हुनु हुन्छा, र पास्टर,डीकन अनि ठुल्ठुला व्यक्ति हरु हुनु हुन्छा। यो कुरा सोच्नुस कि परमेश्वर को अनुग्रह र पवित्र आत्माको सहभागिता बिना तपाई झ्यै झ्यै बज्ने खैजडी मात्र हुन्। त्यसैले मा जति पनि अगुवा अनि नेपाली पास्टर हरु अनि बिस्वाशी हरु सबैलाई मेरो यो सुझाब छ कि, “परमेश्वर को सेवकाइ नाम कमाउन हैन तर परमेश्वर को राज्य मा इनाम कमाउन को लागि हो “  
मेरो प्रार्थना:
“हे पिता, जति पनि मेरो नेपाली दाजु भाइ अनि दिदि बहिनि हरु सेवाकई मा लागेको छ , येदि उनीहरु कुनै नाम कमाउनु र दम कमाउनु सेवाकै मा लागेको छ भने आजै बाट उसको यो लक्ष लाइ परिवर्तन गरि साचो हृदय ले अनि साचो सेवाकै गरि स्वोर्गीय राज्य मा इनाम को निम्ति सेवाकै गर्न सकेको होस्, येशु को नाउँम आमेन”
हल्लेलुयाह!!

इशक तामांग

No comments:

Post a Comment