हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


25 November 2014

संसारिक कथा कहानी देखि होसियार रहो।

संसारिक कथा कहानी देखि होसियार रहो। 

1 तिमोथी 4:7 मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंम लाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। प्राय मानिस हरु परमेश्वर को वचन बोल्ने निहु मा आफ्नै काल्पनिक कथाहरु अनि नाटक हरु प्रस्तुत गरेको मैले भेटेको छु र देखेको छु, तर बाइबल ले यो कुरा भान्छा कि त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। हितोपदेश १० को १८ ले नि तेही भान्छ कि हितोपदेश 10:18 जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो। यस्ता कथाहरु मात्र बनावटी हुन्छन र देखावटी हुन्छन , एसको कुनै मतलब हुदैन , मात्र समय को बर्बाद अनि समय लाइ खेर फाल्नु मात्र हो।  अनि बाइबल को अर्को ठाउँ मा  यसरि लेखेको छ। तीतस 3:9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। मुर्ख पुरण बहस गर्ने र पुराना  काल्पनिक वंशावली कथाहरू भन्ने मानिस देखि टाढै बस। यिनीहरु के हुन्छा त ? यो एउटा निरर्थक कुरा मात्र हुन् र कसैलाई लाभ गर्दैन।

संदेश ,
एउटा काल्पनिक कथा हरु जसले हामी ख्रिस्टियन हरुलाई लाभ गर्दैन तेस्तो कथाहरु सुनाएर आफु र अरुलाई मुर्ख नाबानाऊ, तर परमेश्वर को महिम को कुरा हरु बाट प्रचार गर।


 इसहाक तामांग
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली


No comments:

Post a Comment