हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 November 2014

धन को घमण्ड नगर्नु

परमेश्वर ले तपाइलाई सुम्पिएको(दिएको) हरेक (अशिषक) कुराहरु मा घमण्ड नगर्नुस।

तलको बाइबल को पद हरु राम्रो संग मनन गर्नुस र त्यस पद ले भन्न खोजे को कुरा को लागि प्रार्थना गर्नुस

व्यवस्था 8:17-18 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।

भजनसंग्रह 62:10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।\चोरेर तिमीहरूले फाइदा उनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ,सहयोगको लागि धनीहरूमाथि आशा नगर।

व्यवस्था 8:11-14सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर।  तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ।  तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।

यर्मिया 9:23-24 परमप्रभु भन्नुहुन्छ,ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्।  धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्। तर यदि कसैले गर्व गर्छ भने, उसले यस विषयमा गर्व गरोस्।  म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ,जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।

भजनसंग्रह 39:5-6 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।  तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन! हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,  तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

मर्कूस 8:36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?

हितोपदेश 16:19 अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।

ओबदिया 1:3-7 तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ।तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ तिमी आफ्नो मनमा भन्छौ किमलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’” परमेश्वर परमप्रभु भन्नुहुन्छ:यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ,  अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि,  म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु। तिमी साँच्चै नै सर्वनाश हुनेछौ!    हेर यदि कुनै चोर तिमी कहाँ आए,जब राती डाकु आए,    तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ।यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ। तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ।  मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्,   अनि सबै भेट्उनेछन्।तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन्  र सिमानाबाट तिमीलाई तान्छन्।नीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्।  तर तिनीहरूले तिमीलाई धोका दिन्छन्, र तिमीलाई पराजय गर्छन्। ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन् तिनीहरूले तिम्रो विरूद्ध पड्‌यन्त्र गरिरहेका छन्।र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।
MESSEGE (संदेश)
When a man becomes rich, either God gains a partner or the man loses his soul.
जब मानिस धनि हुन्छा त्यस पछि बिस्तारै परमेश्वर को लाभ अनि आफ्नो इस्ट मित्र अनि आफ्नो आत्मालाई समेत गुमाउछ।

इशक तामांग

नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली

No comments:

Post a Comment