हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


30 November 2014

हल्का ख्रिस्टमस को हावाले छोए छ मलाई नि !

हल्का ख्रिस्टमस को हावाले छोए छ मलाई नि !

फाटे पनि ढाका टोपी लौ नया लाउनु पर्ला।
येशु जन्मे को खबर लिई अब, गाउनु पर्ला।

माथि डाडा मा केरल खेल्न बोलाको छ आज
आउनु तिमि समय मिले म नि, आउनु पर्ला।

पारी गाउँ को साइलो ले नि बोलको छ हाम्लाई
त्यो गाउँ मा नि ख्रिस्टको ज्योति, अब छाउनु पर्ला।

जति सुकै दुख बिमार ले सताएको ठाउँ ठाउँ मा
यो साल मा विश्वास को खेति अब लाउनु पर्ला।

हामी त तयार छौ है , कम्मर कसी बसेको छु।
हजुर पनि कष्ट गरि यसो आउनु पर्ला।

फाटे पनि ढाका टोपी लौ नया लाउनु पर्ला।
येशु जन्मे को खबर लिई अब, गाउनु पर्ला।

उही हजुर को सानो भाइ
इशक तामांग

No comments:

Post a Comment