हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


17 August 2014

एज्र र आमोस

एज्र र आमोस को बारेमा।

एज्र
All (35)
1 राजा 4:31उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए।
1 इतिहास 4:17-18एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए। यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पिता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।
1 इतिहास 27:26 एज्री कलूबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।

नहेम्याह 8:1[ एज्राले व्यस्थाको किताब पढे ] समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।
नहेम्याह 8:4शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए।
नहेम्याह 8:5एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तकखोल्दा सबै मानिसहरू उभिए।
नहेम्याह 8:6एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।

नहेम्याह 8:9नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

आमोस

आमोस 1:1[ परिचय ] आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले
आमोस 1:2[ अरामको निम्ति दण्ड़ ] आमोसले भने, “परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ। यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।”
आमोस 7:8परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।
आमोस 7:10[ अमस्यले आमोसलाई रोक्ने कोसिस ] बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः “आमोसले तिमीहरूको बिरुद्ध षड्यन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरूलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसक्नु भएकोछ।
आमोस 7:11आमोसले भन्यो, ‘यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरूलाई तिनिहरूको देशबाट निर्वासित गरिनेछ।’”

आमोस 7:12 अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहूदा तर्फ दक्षिण तर्फ दगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ।
आमोस 7:14 तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अन्जीर र नेभाराका रूखहरू रूँग्ने मानिस हुँ।

आमोस 8:2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।” तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरू इस्रएलको अन्त आयो। म तिनीहरूको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।


आमेन 
इशक तामांग 

No comments:

Post a Comment