हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 August 2014

दानियल




\

  1. दनिएल यहुद को छोरा थिए। दानियल 1:6 यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।
  2. दनिएल को नाउँ परिबर्तन भए। दानियल 1:7 अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए।
  3. दानिएल एउटा राजा थियो। दानियल 1:21 दानियलले कोरेसको शासन कालको पहिलो बर्ष सम्म राजाको सेवा गरिरहे।
  4. दानिएल  लाइ परमेश्वोर ले सपन को अर्थ खुलाउने आत्मा दिनु भयो। दानियल 1:17 परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हरेक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले।
  5. दानिएल ले राजा को सपना को अर्थ बताउछ। दानियल 2:47 राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।”
  6. राजाले दानिएल लै सम्मान गर्दा छ। दानियल 2:48 यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनिदानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।
  7. दोस्रो पल्ट दानिएल ले राजाको सपन को अर्थ बताउछ। र उसलाई उपहार स्वोरुप बैजनी रंग को कपडा दिदा छ। दानियल 5:29 यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो।
  8. दानिएल दिन मा ३ पल्ट प्रार्थना गर्थ्यो। दानियल 6:10 दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो।
  9. अनि दानिएल को दुस्मन हरु उसलाई प्रार्थना गरिरहेको बेला भेटाउछा। दानियल 6:11 उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए रदानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए।
  10. तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। दानियल 6:16 तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैँ आराधना गर्छौ, तिमीलाई बचाउँन्।”
  11. दानिएल सिंह को खोर बाट परमेश्वोर को दुत ले बचाउछा। दानियल 6:21 दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्!
  12. राजालाई रात भरि निन्द्रा लागेन बिहान उठेर दानिएल लाइ हेर्न जान्छा।  दानियल 6:23 त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।
  13. त्यस पछि राजा खुशी हुन्छा र दानिएल लाइ जसले पक्रेका थिए सबै लै तेही सिंह को खोर मा हलिदिन्छा। दानियल 6:24 त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए।
  14. त्यस पछि त्यहाँ एउटा नया नियम सुरु हुन्छा जुन दानिएल को परमेश्वोर लै सबैले मान्नु पर्छ भनेर। दानियल 6:26 म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसलेदानियलका परमेश्वरको डर मानुन र आदर गरून्।
  15. दानिएल को दिन दिने उन्नति हुदै थिए। दानियल 6:28 यस प्रकारले दाराले राज्यमा शासन गरून्जेल अनि फारसमा राजा कोरेसको राज्य रहुन्जेल यिनै दानियलको उन्नति भइरह्यो।
  16. फेरी दानिएल ले पनि एउटा दार लाग्ने सपना देख्छ। दानियल 7:2 दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो।
  17. अनि दानिएल आफैले सपना को अर्थ उल्था गर्दा छ। दानियल 8:15 [ दानियललाई दर्शन उल्था गरियो ]
  18. दानिएल ३ हप्ता  सम्म दुखि भएका थिए। दानियल 10:2 त्यस समय, म दानियल तीन हप्ता सम्म दु:खी भएँ।
  19. अनि अन्त्य मा एउटा दर्शन पाउदा छ र दानिएल को कथा सकिन्छा। दानियल 12:9 उसले भन्यो, “दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्।


इशक तमांग
दोह ए जी मण्डली


No comments:

Post a Comment