हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


30 August 2014

मोशाको जन्‍म

मोशाको जन्‍म

धर्मशास्‍त्रमा धेरै अलौकिक जन्‍महरूको उल्‍लेख गरिएको छ। प्रभु येशूको जन्‍मजस्‍तै इसहाक, शिम्‍सोन र बप्‍तिस्‍मा दिने यूहन्ना, सबैको जन्‍म स्‍वर्गदूतहरूद्वारा घोषणा गरिएको थियो। तर मोशाको जन्‍म र प्रभु येशूको जन्‍ममा अर्कै समानता थियो। दुवै जनाको जन्‍ममा एक हजार पाँच सय वर्षको अन्‍तराल भए पनि घटेका दु:खद घटनाले दुवैको जन्‍मलाई एक अर्कासँग आवद्ध गरेका छन्। दुवै समयमा दुष्‍ट राजाहरूले आ-आफ्‍नो राज सिंहासन जोगाउन असङ्ख्‍य बच्‍चाहरूको हत्‍या गर्न आदेश दिएका थिए। प्रत्‍येक नवजात् हिब्रू बालक मारियोस् भनी फिरौनले आज्ञा गरेका थिए भने दुई वर्ष मुनिका प्रत्‍येक बालक मारिउन् भनी हेरोदले हुकुम गरेका थिए।
प्रकाशको पुस्‍तकको १२:४ मा यस्‍तै अर्को घटनाको बर्णन गरिएको छ।“त्‍यो ठूलो रातो अजिङ्गरजस्‍तो पशु सुत्‍केरी हुन लागेकी स्‍त्री को अघि उभिए र जन्‍माए पछि त्‍यसको छोरोलाई निल्‍नलाई पर्खिरहेको छ।” इस्राएलको इतिहासमा यस्‍तै दुई अन्‍य घटना भएको हामी हेर्छौं। लाल समुद्र पार गरी देशको प्रादुर्भाव भएको केही दिन भित्रै परमेश्‍वरले रक्षा नगर्नु भएको भए असङ्ख्‍य अमालेकीहरूले खतम पार्ने थिए। तीन हजार पाँच सय वर्षपछि इस्राएल देशको पुनर्जन्‍म भएपछि पनि पुन: संयुक्त अरब सेनाले आक्रमण गरे र पुन: आश्‍चर्यजनक रूपमा यो देश जोगियो।
यी पाँचै जन्‍महरू जस्‍तै: मोशाको जन्‍म, येशूको जन्‍म, प्रकाशमा उल्‍लेखित बालकको जन्‍म, र इस्राएलको जन्‍म, र पुनर्जन्‍म - यी सबैले हामीलाई एउटै पाठ सिकाउँछन्। जन्‍म - विशेष गरी एउटा छोराको जन्‍म - लाई शैतानले विरोध गर्दछ। हरेक पटक उसको क्रोध र घृणा देखा पर्छ; हरेक पटक परमेश्‍वरले हस्‍तक्षेप गर्नुहुन्‍छ र बालकलाई सुरक्षित स्‍थानमा लगिन्‍छ।
यो बालक को हो? मोशा यसको अघि हिँड्ने र येशू यसको शिर हुनुन्‍छ। परमेश्‍वर का सन्‍तान, जसका जन्‍म भैसकेका छन् तर अझ प्रकट गरिएका छैनन्, जो येशूसँगै सिंहासनमा भाग लिन बोलाइएका छन् र जाति-जाति माथि फलामको डन्‍डाले शासन गर्नेछन्; यिनीहरू नै यस बालकको शरीर हुन्।
परमेश्‍वरको छोरीहरू को विषयमा के भन्‍ने? यो बालकभित्र स्‍त्रीहरू पनि पर्दछन्? हामी यो सोध्‍न पनि सक्‍छौँ - के मण्‍डलीभित्र, जो ख्रीष्‍टको दुलही हो, पुरुष पनि सम्मिलित छन्? के “बेश्‍याहरूकी आमा, बेस्‍या, त्‍यो महान् बेबिलोन” भित्र पुरुषहरू पनि छन्? यी सबै प्रस्‍न को उत्तरमा म “हो नै हो” भन्‍छु। धर्मशास्‍त्रमा पुरुषले “आत्‍मा” लाई र स्‍त्रीले “शरीर” लाई देखाउँछ। आत्‍माको भरमा हिँड्ने स्‍त्री वा पुरुष, दुवै आत्‍मिक रूपमा पुरुष नै हुन्। शरीरअनुसार जिउने स्‍त्री वा पुरुष, दुवै आत्‍मिक रूपमा स्‍त्री नै हुन्। यसकारण स्‍वाभाविक रूपमा स्‍त्री वा पुरुष जे भए पनि आत्‍मिक रूपमा जीउने व्यक्तिहरू नै परमेश्‍वरका छोराहरू हुन्।
यी छोराहरूको जन्‍मलाई शत्रुले विरोध गर्नेछ तर यिनीहरू बाँच्‍ने नै छन् किनभने परमेश्‍वरबाट जन्‍मेको जेसुकैले पनि संसारलाई जित्‍ने छ।

No comments:

Post a Comment