हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


26 August 2014

क्षमा को बारेमा बाइबल के भान्छा ?

क्षमा को बारेमा बाइबल के  भान्छा ?
  1. मत्ती 6:14-15 यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।
  2. 1 यूहन्ना 1:9 तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।
  3. यशैया 43:25-26 “म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्। तर तिमीहरूले मलाई सम्झनु पर्छ। हामी एकै साथ भेला हुनुपर्छ अनि निर्णय लिनुपर्छ जसले गर्दा तिमीहरू आफ्नो स्थिति प्रस्तुत गर्न सक्छौ अनि हामी के सही हो निर्णय लिनु सक्छौं।
  4. प्रेरित 3:19 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।
  5. यशैया 1:18 परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिऊँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।
  6. 2 कोरिन्थी 5:17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।
  7. एफिसी 1:7  हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।
  8. हिब्रू 10:17 तब उहाँ भन्नुहुन्छ: “अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु,     र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।”
  9. दानियल 9:9 “तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं।
  10. कलस्सी 1:13-14 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। 14 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ।
  11. भजनसंग्रह 103:12 अनि परमेश्वरले हाम्रो पापहरू   पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
  12. गन्ती 14:19-21अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। 21 तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ,

  13. मीका 7:18-19 तपाईं जस्तो परमेश्वर अरू छैनन्।    तपाईंले पापीहरूलाई क्षमा गरिदिनुहुन्छ।   तपाईंले आफ्नो बाँचेका मानिसहरूका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न    किनकि तपाईं सधैँ दया गर्न रूचाउनु हुन्छ।19 हे परमप्रभु! हाम्रा पापहरू टाढा फ्याँकि दिनुहोस्,फेरि हामीलाई सुख चैन दिनुहोस्,    हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।

  14. मर्कूस 11:25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”

  15. मत्ती 26:28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।


No comments:

Post a Comment