हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


19 August 2014

परिवार

परिवार All (706) पल्ट लेखिएको र। ……………। Old Testament (650) पल्ट लेखिएको छ। उत्पत्ति (66) प्रस्थान (14) लेवी (12) गन्ती (61) व्यवस्था (12) यहोशू (9) न्यायकर्ता (12) रूथ (7) 1 शमूएल (34) 2 मूएल (50) 1 राजा (40) 2 राजा (21) 1 इतिहास (102) 2 इतिहास (35) एज्रा (5) नहेम्याह (3) अय्यूब (5) भजनसंग्रह ३7) हितोपदेश (5)उपदेशक (2) यशैया (19) यर्मिया (34)इजकिएल (51) दानियल (3) होशे (1) आमोस (4) हबकूक (2) जकरिया (4) New Testament (56) अनि पल्ट लेखिएको छ। मत्ती (6) मर्कूस (6) लूका (7) यूहन्ना (2) प्रेरित (4) रोमी (8) 1 कोरिन्थी (4) गलाती (1) एफिसी 3) 1 तिमोथी (6) 1 तिमोथी (1) हिब्रू (3) 1 पत्रुस (2) प्रकाश (3) मत्ती 1:1 येशूको परिवारिक इतिहास ] यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामकोपरिवारका हुन्।मत्ती 1:1[ येशूको परिवारिक इतिहास ] यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामकोपरिवारका हुन्।मत्ती 10:25 एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।मत्ती 12:25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।मत्ती 12:46 [ चेलाहरू नै येशूका परिवार ] जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे।मत्ती 17:25 पत्रुसले जवाफदिए, “हो, येशूले ती करहरू तिर्नुहुन्छ।” त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अघिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाकापरिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”मत्ती 17:26 पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।” येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन। मर्कूस 3:21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।मर्कूस 3:25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।मर्कूस 3:31 [ येशूको चेलाहरू नै उहाँको साँच्चो परिवार ] तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए।\ मर्कूस 5:19 तर येशूले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”मर्कूस 6:4 येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नैपरिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।”मर्कूस 12:20 एउटा परिवारमा सातजना दाज्यूभाइ थिए। पहिलो दाज्यूले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन।यूहन्ना 7:42 धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।”यूहन्ना 8:35 दास सदैव मालिकको परिवारसँग बस्दैन। तर छोरो सधैँ परिवारसँग बस्छ।गलाती 6:10जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।एफिसी 2:19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ।एफिसी 3:15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्।एफिसी 4:12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। 1 तिमोथी 3:4 ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ।1 तिमोथी 3:5 यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।1 तिमोथी 3:12 विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ।1 तिमोथी 3:15 यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो।1 तिमोथी 5:4 तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ।1 तिमोथी 5:8 मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नैपरिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो। हिब्रू 7:5अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्। 1 पत्रुस 2:17सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।1 पत्रुस 4:17न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ?प्रकाश 22:16“मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।” आमोस 3:1[ इस्राएललाई चेतावनी ] हे इस्राएलीहरूहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरूको विरुद्ध भन्नु भएकोछ आमोस 3:2“विभिन्न धेरै परिवारका मानिसहरूले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरूलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरू मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरूका सबै पापहरूका निम्ति तिमीहरूलाई दण्ड दिनेछु।”आमोस 6:6तिमीहरू सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरू उच्चस्तरीय तेलले आफू मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ को परिवार नष्ट गरिंदैछ भन्ने।आमोस 7:9इसहाकको अग्ला ठाउँहरू नष्ट गरिनेछ। इस्राएलको पवित्र स्थानहरू उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।” हितोपदेश 11:29यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।हितोपदेश 27:27बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।हितोपदेश 31:15तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाँड्छिन्।हितोपदेश 31:21 हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनलेपरिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।हितोपदेश 31:27 तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्। तिनले कहिले अल्छी गर्दिनन्।भजनसंग्रह 7:1 [ परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्। ] हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्। भजनसंग्रह 15:3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन। उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन। उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन। भजनसंग्रह 22:27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्। भजनसंग्रह 38:11 मेरा बिमारीको कारणले गर्दा, मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्। मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्। भजनसंग्रह 42:1 [ दोस्रो भाग ] [ (भजनसंग्रह 42-72) ] [ प्रमुख संगीतकारलाई: कोरह परिवारबाट मस्किल नाउँको भजन। ] हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु। भजनसंग्रह 44:1 [ प्रमुख संगीतकारलाई: कोरह परिवारको मस्किल भन्ने भजन। ] हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के-के गर्नुभयो उहाँहरूले बताउनु भयो। तपाईंले धेरै बर्ष अघि गरेका कार्यहरू, तिनीहरूले हामीहरूलाई बताए। भजनसंग्रह 45:1 [ प्रमुख संगीतकारलाई: “शोशन्निम” रागमा, कोरह परिवारको मस्किल भन्ने भजन। प्रेमको भजन। ] जब म यी कुराहरू राजाको निम्ति लेख्छु, सुन्दर शब्दहरूले मेरो मस्तिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन्, मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्। भजनसंग्रह 45:10 हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स। भजनसंग्रह 46:1 [ प्रमुख संगीतकारलाई: “अलामोत” द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन। ] परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं। भजनसंग्रह 47:1 [ प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन। ] हे सारा मानिसहरू हो ताली बजाऊ। परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ! भजनसंग्रह 48:1 [ कोरह परिवारहरूको उपासनाको भजन। ] परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्। भजनसंग्रह 49:1 [ प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन। ] तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन। भजनसंग्रह 68:27 त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका। अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्। अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्। भजनसंग्रह 78:55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोड्न बाध्य गराउनु भयो। परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो। उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो। भजनसंग्रह 78:67 तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन। भजनसंग्रह 78:68 अँहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो। भजनसंग्रह 84:1 [ प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन। ] हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ। भजनसंग्रह 85:1 [ प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान। ] हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्। याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्। भजनसंग्रह 87:1 [ कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान। ] परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो। भजनसंग्रह 89:29 उनका परिवारहरू अनवरत रहने छन् जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ। भजनसंग्रह 89:49 हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ? तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो। भजनसंग्रह 96:7 परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा र महिमाको गीत गाऔं। भजनसंग्रह 105:12 परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।Iभजनसंग्रह 105:24 याकूबको परिवार अत्यन्त बढेर गयो। तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए। भजनसंग्रह 105:25 यसकारण मिश्रीहरूले याकूबको परिवारलाई हेला गर्न थाले। तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले।भजनसंग्रह 107:39 घोर विपत्ति र सङ्कटहरूले गर्दा तिनीहरूका परिवारहरू सानो र कमजोर भए। भजनसंग्रह 107:41 त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो। अनि तिनीहरूका परिवारहरू भेंडाका बथानहरू जस्ता विशाल हुँदै गए। भजनसंग्रह 112:3 त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा-सर्वदा रहने छ। भजनसंग्रह 115:10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख! परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ। भजनसंग्रह 115:12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ। परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ। परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ। परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ। भजनसंग्रह 122:4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्। भजनसंग्रह 122:5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए। भजनसंग्रह 132:11 परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि, दाऊद कै परिवारबाट राजाहरू आउने छन्। भजनसंग्रह 132:12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार, र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सधैँ राजा हुनेछ।” भजनसंग्रह 132:17 म दाऊदको परिवारलाई बलियो पार्नेछु, यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक, बत्तीको नियुक्त गरेको छु। भजनसंग्रह 135:19 हे इस्राएलको परिवार, परमप्रभुको प्रशंसा गर! हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर! भजनसंग्रह 135:20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर! हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर! इशक तामांग किम्तंग मण्डली


No comments:

Post a Comment