हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


5 August 2014

मेरो बाचा

मेरो बाचा

पिरै पिर को खाडल भित्र खसे पनि जीवन मेरो
अन्धकार को शक्ति भित्र फसे पनि जीवन मेरो।

घट्ने छैन विश्वास मेरो पर्मेस्वोर को प्रेम प्रति
दुष्ट अनि सैतान ले डसे पनि जीवन मेरो।

आउलाना बाधा, आउलाना  अड्चन यात्रा भरि
हर्ने छैन बरु थलामा  बसे पनि जीवन मेरो।

चाहे आमाले त्यागोस चाहे बाबाले त्यागोस मलाई
चाहे दुखै दुख को भुमरी मा फसे पनि जीवन मेरो।

मा जिउछु केवल ख्रिस्ट कै लागि मर्छु उनकै लागि
चोटै चोट र दुखले  ले बरु मासे पनि जीवन मेरो।


येशु मेरो सहारा हुन् सहयात्री पनि बनिसके।
उनि जिबन उनि मृत्यु येही मैले ठानिसके
पाइन्न मुक्ति उद्दार ढुंगा मुर्ति पुजेर अब,
येशु मै छ जीवन भनि येति मैले जानिसके।


No comments:

Post a Comment