हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 July 2014

LETTER FOR GOD.

2014-07-22

प्यारो प्रभु
मेरो उद्दारकर्ता अनि पालनकर्ता,
आज तपाइको नाउमा केहि मनका बिन्ति हरु लेख्न जादै छु ! प्रभु  मेरा बिन्ति हरु सुनेर मलाई 
असिश दिनु होस् !

भजनसंग्रह 90:14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं।भजनसंग्रह 26:3 मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन, अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ। भजनसंग्रह 59:16 तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।भजनसंग्रह 59:17 म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु। किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।भजनसंग्रह 62:12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।भजनसंग्रह 69:13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहन्छु। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।भजनसंग्रह 70:4 ज-जसले तपाईंको उपासना गर्छन, तिनीहरू खुबै खुशी होऊन्। जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन् सधैँ तपाईंको प्रशंसा गरून्।भजनसंग्रह 85:7 हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउनुँ होस्। हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई कति प्रेम गर्नु हुन्छ।भजनसंग्रह 89:2 हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि, तपाईंको प्रेम अनवरत छ। तपाईंको विश्वास आकाश झैं व्यापक छ।भजनसंग्रह 119:159 हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्। किनकि तपाइँ भन्नु हुन्छा प्रकाश 22:13 मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ। आमेन


उही तपाइको छोरा
इशक तामांग

No comments:

Post a Comment