हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


17 July 2014

परिवर्तन ( CHANGE )

परिवर्तन ( CHANGE )

परिवर्तन भन्ने सब्द बाइबल मा १०७ ठाउँ मा लेखिएको छ जुन पुरानो नियमको पुस्तक हरु मा प्रस्थान (2)
न्यायकर्ता (3)1 शमूएल (1) 2 इतिहास (2) अय्यूब (5) भजनसंग्रह (4) हितोपदेश (1) उपदेशक (1) यशैया (6) यर्मिया (12) विलाप (1) इजकिएल (1) दानियल (1) होशे (1) योएल (2) आमोस (3) योना (1) सपन्याह (3) मलाकी (1) त्यस्तै नया नियम मा मत्ती (4) मर्कूस (4) लूका (11) यूहन्ना (2)प्रेरित (12) रोमी (7)  1 कोरिन्थी (2) 2 कोरिन्थी (2) 1 तिमोथी (1) हिब्रू (1) 2 पत्रुस (2) प्रकाश (8) गरि जम्मा १०७ ठाउँ मा बाइबल ले परिवर्तन भन्ने सब्द लै दोहोरएको छ ! एस को सबै पुस्तकले एउटी कुरा भान्छा कि हाम्रो मन अनि जिबन शैली परिवर्तन हुनु पर्छा भनेर !

मत्ती 3:2 तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” मत्ती 3:8 तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। मर्कूस 1:15 , “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।” मर्कूस 6:12  “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” लूका 3:8 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। लूका 5:32 म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।” लूका 15:7 त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनन्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन। लूका 16:17 व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ। प्रेरित 3:19 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।प्रेरित 17:30 बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ। प्रेरित 26:20 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति फर्क र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ''  

         आमेन
शिन्किल एबेन्ज़ेर चर्च
किम्तंग १ मनेटर
इशक तामांग

थप जानकारीको लागि येह क्लिक गर्नुहोस 

No comments:

Post a Comment