हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


2 July 2014

बुबा, छोरा र पवित्र शक्तिबारे साँचो कुरा

बुबा, छोरा र पवित्र शक्तिबारे साँचो कुरा


त्रिएकको शिक्षामा विश्वास गर्नेहरू ‘पिता, पुत्र र पवित्र आत्मा एउटै हो’ भन्छन्‌। ती तीनै व्यक्ति बराबर अनि सर्वशक्तिमान्‌ छन्‌ र तीनै जनाको सुरुवात छैन भनी तिनीहरू भन्छन्‌। त्रिएकको शिक्षाअनुसार बुबा परमेश्वर हुनुहुन्छ, छोरा परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा पनि परमेश्वर हुनुहुन्छ तर परमेश्वर तीन जना फरक-फरक व्यक्ति नभई एउटै हुनुहुन्छ।

त्रिएकको शिक्षामा विश्वास गर्नेहरू आफैले त्रिएकको शिक्षा बुझाउन सक्दैनन्‌। तैपनि यो बाइबलकै शिक्षा हो भनी तिनीहरू जिद्दी गर्छन्‌।  “त्रिएक” भन्ने शब्द बाइबलमा कतै पनि पाइँदैन। त्यसोभए के बाइबलमा त्रिएकलाई समर्थन गर्ने कुनै धारणा पाइन्छ त? यस प्रश्नको जवाफको लागि त्रिएकका समर्थकहरूले अक्सर प्रयोग गर्ने शास्त्रपद विचार गरौं।

“वचन परमेश्वरनै थियो”

यूहन्ना १:१ (RV) मा यसो भनिएको छ: “आदिमा वचन थियो, औ वचन परमेश्वरसँग थियो, औ वचन परमेश्वरनै थियो।” सोही अध्यायमा येशूका चेला यूहन्नाले “वचन” येशू हुनुहुन्छ भनी प्रस्टसँग बताएका छन्‌। (यूहन्ना १:१४) वचनलाई परमेश्वर भनिएकोले बुबा र छोरा एउटै हुनुपर्छ भनेर कोही-कोही भन्छन्‌।

बाइबलको यस भागलाई सुरुमा ग्रीक भाषामा लेखिएको थियो भनेर नबिर्सनुहोस्। पछि अनुवादकहरूले अरू भाषामा अनुवाद गरे। थुप्रै अनुवादकले “वचन परमेश्वरनै थियो” भनेर अनुवाद गरेनन्‌। किन? बाइबलमा प्रयोग गरिएको ग्रीक भाषाको ज्ञान भएकोले ती अनुवादकहरूले “वचन परमेश्वरनै थियो” भनेर अनुवाद गर्नु हुँदैन भन्ने निष्कर्ष निकाले। त्यसोभए कसरी अनुवाद गर्नुपर्थ्यो त? द ट्रान्सलेटर्स न्यु टेस्टामेन्ट-ले यस पदलाई यसरी अनुवाद गरेको छ: “वचन परमेश्वरसित हुनुहुन्थ्यो र उहाँजस्तै हुनुहुन्थ्यो।” यस अनुवादअनुसार वचन सर्वशक्तिमान्‌ परमेश्वर हुनुहुन्न। * बरु यहोवाले गर्नुभएको सृष्टिमध्ये वचनको स्थान उच्च भएकोले वचन ‘परमेश्वरजस्तै हुनुहुन्थ्यो।’

थप जानकारी

धेरैजसो मानिसलाई ग्रीक भाषाको ज्ञान छैन। त्यसोभए यूहन्नाले वास्तवमा के भन्न खोजेका हुन्‌, कसरी थाह लगाउने? यो उदाहरण विचार गर्नुहोस्: शिक्षकले विद्यार्थीहरूलाई एउटा विषयबारे कुरा गर्छन्‌। तर विद्यार्थीहरूले त्यसलाई भिन्ना-भिन्नै तरिकामा बुझ्छन्‌। सबैको बुझाइ एउटै बनाउन के गर्नुपर्छ? विद्यार्थीहरूले शिक्षकसित थप जानकारी माग्नुपर्छ। त्यसले तिनीहरूलाई उक्त विषय अझ राम्ररी बुझ्न मदत गर्नेछ। त्यसैगरि यूहन्ना १:१  को अर्थ बुझ्न तपाईंले यूहन्नाले लेखेको सुसमाचारको किताबका अरू पद पनि हेर्नुपर्छ। अरू पद पढेर येशूको स्थानबारे साँचो कुरा थाह पाएपछि तपाईं सही निष्कर्षमा पुग्नुहुनेछ।

उदाहरणको लागि, यूहन्ना अध्याय १ को पद १८ मा (RV) के लेखिएको छ, विचार गर्नुहोस्: “परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” तर मानिसहरूले छोरा अर्थात्‌ येशूलाई देखेका थिए किनभने सोही बाइबलमा यस्तो लेखिएको छ: ‘वचन देह हुनआयो र हाम्रा बीचमा बास गऱ्यो र हामीले उहाँको महिमा देख्यौं।’ (यूहन्ना १:१४) त्यसोभए छोरा कसरी सर्वशक्तिमान्‌ परमेश्वर हुन सक्छ र? वचन “परमेश्वरसँग थियो” भनेर पनि यूहन्ना बताउँछन्‌। यदि कुनै व्यक्ति अर्को व्यक्तिसँग छ भने कसरी ती दुवै एउटै हुन सक्छ र? यूहन्ना १७:३ मा येशूले आफू र स्वर्गमा बस्नुहुने आफ्नो बुबाबीचको भिन्नता प्रस्ट पार्नुभएको छ। उहाँले आफ्नो बुबालाई “एकमात्र सत्य परमेश्वर” भन्नुभयो। यूहन्नाले आफ्नो किताबको अन्ततिर सारांशमा यसो भने: “यी लेखिएका छन्‌, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्न सक।” (यूहन्ना २०:३१) याद गर्नुहोस्, येशूलाई यहाँ परमेश्वर होइन, परमेश्वरको छोरा भनिएको छ। यी जानकारीले यूहन्ना १:१ बुझ्न मदत गर्छ। येशू अर्थात्‌ वचन “परमेश्वरनै” थियो भन्नुको मतलब उहाँ सर्वशक्तिमान्‌ परमेश्वर बराबर हुनुहुन्छ भनेको होइन बरु उहाँको स्थान उच्च छ भनेको हो।

तथ्य कुरा के हो, पक्का गर्नुहोस्

शिक्षक र विद्यार्थीको उदाहरणलाई फेरि विचार गर्नुहोस्। मानिलिनुहोस्, शिक्षकले थप जानकारी दिएपछि पनि कुनै-कुनै विद्यार्थीलाई अझै चित्त बुझेन। त्यतिखेर तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले अर्को शिक्षकको मदत लिनुपर्छ। अर्को शिक्षकले पनि पहिलाको शिक्षकले भनेको कुरालाई समर्थन गऱ्यो भने विद्यार्थीहरूले शङ्का गर्ने ठाउँ हुँदैन। त्यसैगरि यूहन्नाले येशू र सर्वशक्तिमान्‌ परमेश्वरबीचको सम्बन्धबारे भनेको कुरा बुझ्नुभएन भने तपाईंले बाइबलको अर्को लेखकको मदत लिनुपर्छ। जस्तै, अर्को लेखक मत्तीले के लेखेका छन्‌, विचार गर्नुहोस्। वर्तमान युगको अन्तबारे येशूले भन्नुभएको कुरा तिनले यसरी लेखे: “त्यस दिन र समयको विषयमा कसैले  जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र।” (मत्ती २४:३६) येशू र सर्वशक्तिमान्‌ परमेश्वर एउटै होइन भनेर यस पदले कसरी प्रमाणित गर्छ?

येशूले आफूलाई भन्दा बुबालाई धेरै थाह छ भन्नुभयो। येशू पनि सर्वशक्तिमान्‌ परमेश्वर नै हुनुभएको भए बुबालाई जति कुरा थाह छ, उहाँलाई पनि त्यति नै थाह हुने थियो। त्यसैले छोरा र बुबा बराबर हुन सक्दैन। तैपनि कसै-कसैले यसो भन्छन्‌: ‘येशू पृथ्वीमा मानिसको रूपमा हुनुभएकोले उहाँले आफूलाई भन्दा बुबालाई धेरै थाह छ भन्नुभएको हो।’ यदि यो कुरा साँचो हो भने पवित्र शक्तिबारे चाहिं के भन्न सकिन्छ? यदि पवित्र शक्ति र बुबा पनि एउटै हो भने बुबालाई जे थाह छ, पवित्र शक्तिलाई पनि थाह छ भनी येशूले किन भन्नुभएन?

बाइबल अध्ययन गर्दै जाँदा तपाईंले अझ धेरै कुरा सिक्नुहुनेछ अनि बुबा, छोरा र पवित्र शक्ति एउटै होइन भनेर राम्ररी बुझ्नुहुनेछ।—भजन ९०:२; प्रेषित ७:५५; कलस्सी १:१५.

इशक तामांग 
किम्तंग २ नुवाकोट नेपल 

No comments:

Post a Comment