हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


20 July 2014

विश्वास (BELIEVE)

विश्वास (BELIEVE)



विश्वास भन्ने सब्द कुनै साधारण सब्द हैन।  यो सब्द भित्र यो सिंगो संसार अडेको छ र चलेको छ।  विश्वास बिना कुनै कुरा पनि सम्भब छैन किनकि विश्वास नै जिउने सहारा र आधार पनि भन्ने गरिन्छा। विश्वास को एउटा साधारण उदाहारण दिन चाहन्छु, एउटा सानो बच्चा  र उसको आमा बीच पनि गहिरो विश्वास रहेको हुन्छा।  जस्तै सानो बालक आमाको दुध नपाउदा एकदमै रुन्छा , करण सानो बालक लै  विश्वास छ कि रोए पछि जरुर आमाले दुध दिन्छा भनेर।  हो हामी पनि तेस्तै एउटा बिस्वासले जिउनु पर्छ र बच्नु पर्छ।

आज मा बाइबल बाट केहि विश्वास को बरेम हेर्दै छु र बताउदै छु;’
बाइबल मा विश्वास भन्ने सब्द ९३४ पल्ट लेखिएको छ जसमध्ये  पुराना नियम मा २२६  पल्ट लेखिएको छ र नया नियम मा ७०८ पल्ट लेखिएको हामी पाउदा छौ। जसमध्ये नया नियम मा येशु ख्रिस्ट ले आफ्ना चेला हरुलाई सिक्षा दिने क्रम मा विश्वास सब्द धेरै प्रयोग भएको र भनिएको हामी पाउछौ।  त्यस मध्ये हेरुम केहि बाइबल क पद हरु बाट :-

मत्ती 21:21येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। अह!! कति राम्रो र ब्यबहारिक सब्द हरु , सचै येशु ख्रिस्ट ले पत्रुस लाइ पानीमा हिड्ने अनुमति दिएको थ्यो जुन उसको अल्पबिस्वास को कारण उसले पानीमा हिड्न सकिन।  किन त ? किनकि उसको विश्वास कम्जोर थ्यो उसको मन मा डार  त्राश थ्यो त्यसैले उसले पानीमा हिड्न सकिन।

एउटा कुरा आजकल को ख्रिस्तियन हरु असर साउन को भेल जस्तै भाको छ! दुख पर्दा हे प्रभु भन्छन सुख मा त वास्तै छैन बा!मैले एक जना साथी लै सोधे “ तपाई किन महिना मा एक चोटी चर्च मा आउनु हुन्छा ?’’ साथीले झट्टै जवाफ दियो “ पुगेकै छ, दुख बिमार बाट बचेकै छु, धन सम्पति पाएकै छु , अब सके पछि प्रभु संग माग्नु जाउला  अरे’’ एस्तो चल ले नि हुन्छा कहिँ ? खै विश्वास ? पर्मेस्वोर प्रतिको विश्वास खै कहाँ गए ? येदि बिरामी पर्दा, दुख पर्दा मात्र चर्च मा जाने हो भने के बिस्वासी हुनु।  बरु सडक को पेटी मा बसी भगवान को नाउँम एक रुपीया देउ भन्दै माग्दा हुन्छा भनेर मैले नि झट्टै भनिदिए।  केटो अलि रिसाए जस्तो लागेको थ्यो त्यो दिन देखि बोलचाल नै छैन मा संग त।  परमेस्वोर  ले आसिश दिउन त्यो भाइ लाइ। अब हेर्नुस बाइबल ले अस्त व्यक्ति को निम्ति के भान्छा त ? मर्कूस 4:17  “तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।’’

हो यो वचन ले सहि र सत्य भनेका छ है दाजु भाइ तथा दिदि बहिनि हरु।  सुरुमा त अलि जोसिला र होसिला भएर अगाडी हुन्छा बिस्वासी जान हरु , लाखे है फेरी सैतान बाट उसको जिबन मा कम गर्नु थाल्छा अनि मण्डली मा उसको उपस्थिति कम हुन्छा।  अबो सैतानले कसरि बिस्वासी को जिबन मा कम गर्छ त ? लेखे हेरुम है त. पहिलो त उसको हृदय परिवर्तन गर्न खोज्छ। अल्छीपना,व्यस्तता,अनि कमजोरी बनाएर मण्डली जना मन लाग्दैन।  हौ लाखे असतो लक्षण कोहि बिस्वासी मा देखा पर्छ भने यो एकदमै महामारी रोग हो है।  बेलैमा उपचार गरौन सकिन भने एसले पुरा जिबन पुरा परिवार र हुदा हुदा पुरा मण्डली लै नकारात्मक असर पर्न जान्छा त्यसैले बेलैमा सचेत हुनुस अम्ता विश्वास मा दहरिलो हुनुस।  र पर्मेस्वोर को भय मा जिउनु हामी ख्रिस्ट को जान हरुको कर्तब्य हो।

हितोपदेश 11:13 “अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिँडछ, तर एउटाविश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।’’ लाखे हौ।  अब झन् ध्यान दिनु पर्ने कुरा आयो है। सचि भन्ने हो भने एउटा अल्पबिस्वासी मान्छे सधै अरुको कुरा काट्दै हिद्छा र अरुको बेइज्जत गर्दै हिद्छा। यो असतो हो त्यो तेस्तो हो भन्दै दुनिया को समू भन्दै हिद्छा।  त्यसका बजे दुनिया संग हजार नराम्रो कुरा गर्नु भन्दा एउटा संग सत्य र सहि कुरा गरेको भए कति महान हुने थ्यो हैन त ? तर एउटा असल र बिस्वसिलो व्यक्ति जो ख्रिस्ट को प्रेम र रगत मा सुद्द भाइ असल जिन्दगि जिएको छ त्यस व्यक्तिले चाही सधै अरुकै भलो हुने कुरा गर्छ।  तर हरेक ख्रिस्तियन अस्ती असल हुन्छा भनेर मा छातीमा हात राखेर त भन्न सक्दिन तर १०० % मा ७० % बिस्वासी हरु चाही असल जिन्दगि अर्थात् पर्मेस्वोर को डार  मा जिएको हुन्छा।  तर ३०% प्रतिशत ख्रिस्तियन भने अरुको कुरा काट्ने,अन्याजती जस्तै बन्ने,जड रक्सि खाने , लागु पदार्थ प्रयोग र सेवन गर्ने हुन्छा।  त्यस्ता व्यक्तिलाई पर्मेस्वोर भन्नु हुन्छा हितोपदेश 26:25 “उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्।”  

हौ लाखे!! मेरो यो कुरा पढेर केहि ज्ञान लियो होला कतिलाई रिस उठ्यो होला।  तर सबैलाई पर्मेस्वोर ले आसिश दिउन। आमेन।

इशक तामांग नुवाकोट
शिन्किल एबेनेज़ेर मण्डली


No comments:

Post a Comment