हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


22 July 2014

मेरो नया गीत मात्र तपाइको लागि




मेरो नया गीत मात्र तपाइको लागि

सुन  सुन आमा बुवा सुन दाजु भाइ
येशु राजा जन्मिनु  मुक्ति दिनलाई
बेथलेहेमको गाइको गोठ मा जन्मे कठै बारा
उनकै नाउँमा चम्केको थ्यो आकाश को तारा  
डिसेम्बर जाडो झेली  जन्म लिनु भयो
हाम्रै पापको लागि क्रुस मा प्रणा दिनु भयो।
हाम्रो येशु मर्नु भो बिचरा
येशु जस्तो संसार मा को छ र (२)

अन्ध देखे, बहिरो सुने उनकै नाउ बाट
लंगडो ले हिड्न सके उनकै घाउ बाट
आउनु भयो येशु राजा मानिस को रुप लिई
जानु भयो स्वोर्ग देश मा उद्दार मुक्ति दिई
आफ्नै चेला यहुद ले धोका  दिदा खेरि
क्रुस को भरि बोक्नु पर्यो येशु कठै बारी
मर्नु भयो जिबन दिनलाई
आउनु हुन्छा हामीलाई लिनलाई (२)

जागौ आमा जागौ बाबा जागौ साथी भाइ
तयार पराउ येशु संगै स्वोर्ग जनालाई !
आउनु हुन्छा येशु फेरी हाम्लाई लिनलाई
पापी दुस्ता सैतानलाई दण्ड दिनलाई
जागृत हुनुस तयार हुनुस समय छैन अब
मुर्ति ढोकी पुञ्ज गर्ने समय हैन आब
विश्वास गरौ स्वोर्गामा जनालाई

आउछन येशु साथमा लानलाई (२)

No comments:

Post a Comment