हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


30 July 2014

हिजो एक्लै थिए प्रभु




हिजो एक्लै थिए प्रभु

हिजो एक्लै थिए प्रभु सहर दिने कोहि थिएन।
आफन्त सबै पराई हुदा अफ्नाले पनि साथ दिएन।
मा लडेको थिए,बेहोसी थिए तिमीले हात बढाउनु भयो।
मा पापी थिए, बेसहारा थिए तिमीले मलाई अंगाल्नु भयो।
हिजो एक्लै थिए प्रभु। …………………………………

आमा बुवा भएनी टुहुरो जस्तो जिन्दगि मेरो।
साथी संगी भएनी अधुरो अपुरो सपना मेरो।
जब तिमीलाई भेटे मेरो प्रभु आनन्द शान्ति भेटे झैँ भो।
बर्सौ देखि को मन को तिर्खा तिम्रो काखमा मेटे झैँ भो।
हिजो एक्लै थिए प्रभु। …………………………………

जब टुक्रेको मुटु लिएर तिम्रो सरण मा आए प्रभु।
तिमि मै मेरो जीवन को आनन्द शान्ति पाए प्रभु।
जदिना अब फर्केर फेरी संसार को दलदले पाप भित्र
तिमि नै मेरो आफन्त हौ प्रभु तिमि नै मेरो सबै मित्र।

हिजो एक्लै थिए प्रभु। ………………………




धन्यवाद

इशक तामांग

No comments:

Post a Comment