हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


5 July 2014

केहि प्रश्न क जवाफ

केहि प्रश्न क जवाफ 

बिस्वासी भनेको के हो ?
►जो ख्रिस्ट को बाटो मा हिडेको छ, जसले ख्रिस्ट को रगत बाट उद्धार पाएको छ, र जसले ख्रिस्ट को जिबन जिएको छ त्यसलाई बिस्वाशी  अर्थात् ख्रिस्तियन भानिन्छा !

मण्डली को अर्थ के हो त ?
►जसले ख्रिस्ट मा विश्वास गरेको हुन्छ,ख्रिस्ट को रगत बाट उद्धार पाएको हुन्छा,स्थानीय तथा बिस्व ब्यापी रुपमा तिनीहरु भेला भएको ठुलै मण्डली भानिन्छा !

ख्रिस्तियन भनेको के हो ?
► येशु को ख्रिस्ट को बाटो लै अंगाल्नु अनि येशु ख्रिस्ट को नक्कल गर्नु वा उहा जस्तै जिबनयापन गर्नु, अनि उहाको अग्यामा हिड्नु लै ख्रिस्तियन भनेर बुझिन्छा !अनि ख्रिस्तियन सब्दाले परमेस्वोर संग को सुन्दर र स्वोतन्त्र सम्बन्ध लै बुझाउदा छ !

के ख्रिस्तियनको जिबन मा सातवट हुनै पर्छ ?
►अनन्त जिबन पाउनु अघि ख्रिस्ट क जान हरुले दुख र पिडा  भोग्ने पर्छ, तर परमेस्वोर मा रहेका व्यक्तिहरुले दुख पिडा  सहे पछि जो ख्रिस्ट मा आभिषेक छ तेस्ले स्वोर्गम अमर जिबन पाउने छ !यूहन्न १० : १६ 

येशु ख्रिस्ट को हुनु हुन्छा ?
►येशु ख्रिस्ट त्रुटिरहित भएकाले उहा सुन्दर हुनुहुछा, अनि परमेस्वोर ले उहालाई सुन्दर नै बनाइएको थियो ! येशुले परमेस्वोर प्रति बफादारी र प्रेम देखाउनु भयो र परमेस्वोर ले उहा माथि आशिस दिनु भयो,फिलिप्पी २:८,१९ 
परमेस्वोर ले उहालाई मसिह राज्य को रुपमा अभिषेक गर्नु भयो ,येशु ख्रिस्ट संसार क राजा हुनु हुन्छा हामी उहाका प्रजा हौ र परमेस्वोर हाम्रा न्याकर्ता हुनु हुन्छा !

यो परमेस्वोर को हुनु हुन्छा ?
► सबै बास्तबिकता को पछाडी उहा हुनु हुन्छा ! भजन ९० :३ 
►उहा अनन्त हुनु हुन्छा ! भजन १०२:२६
►उहा शर्बशाक्तिमान हुनु हुन्छा ! यर्मिया ३२ : १७ 
►उहा शर्बग्यानी हुनुहुन्छा !यर्मिया २३ : २३-२४
►उहा सर्बब्यपी हुनु हुन्छा ! भजन १२९:६-१२
►उहा मात्र सत्य र जीवित परमेस्वोर हुनु हुन्छ ! मति १६ : १६ 

हल्लेलुयाह ! आमेन 
इशक तामांग शिन्किल एबेन्ज़ेर मण्डली
किम्तंग २ नुवाकोट 

No comments:

Post a Comment