हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


2 September 2014

MY ACHIEVEMENT

(मेरो उपलब्धि(सफलता )MY ACHIEVEMENT)

टुक्रिएको मुटु बोकी उनकै समू रुदा खेरि
कल्वारिको रगतले सारा पापलाई धुदा खेरि
स्वतन्त्र शान्ति पाए मैले क्रुश को छाया मा।
उद्दार मुक्ति पाए मैले ख्रिस्ट को माया मा।

मन्दिर धाए,ढुंगा पुजे लाखौ बत्ती जलाए
शान्ति को मा विश्वास को मन्दिर ढलाए।
पापको क्षमा पाए मैले ख्रिस्ट को माया मा
स्वतन्त्र शान्ति पाए मैले क्रुश को छाया मा।

आफन्तले घृणा गरे, अनि साथी भाइ पराइ भए
एक्लै यो संसार मा जिउने आशा पनि हराई गए।
जिउने आशा पाए मैले क्रुश को छाया मा
नया जीवन पाए मैले ख्रिस्ट को माया मा।

जहाँ जाउ जता जाउ अशान्ति यो जगत मा
उद्दार मुक्ति पाए तर येशु ख्रिस्ट को रगत मा
टुक्रिएको मुटु बोकी उनकै समू रुदा खेरि
कल्वारिको रगतले सारा पापलाई धुदा खेरि

इशक तामांग
नुवाकोट किम्तंग

No comments:

Post a Comment