हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


7 September 2014

बाइबलले पारपाचुके र पुन-विवाहको सम्बन्धमा के भन्दछ ?



प्रश्न: बाइबलले पारपाचुके र पुन-विवाहको सम्बन्धमा के भन्दछ ?

उत्तर: सर्वप्रथमतः पापाचुकेको विषयमा कसैले कुनै पनि किसिमको सोच लिए तापनि केहि छैन महत्वपूर्ण चाँहि मलाकी २:१६ पद बाटको बाइबलीय बचनलाई याद गर्नु हो जहाँ लेखिएको छ , “सम्बन्धविच्छेदका कुरालाई म घृणा गर्दछु” परमप्रभु इस्ताएलका परमेश्वर भन्नुहुन्छू बाइबल अनुसार विवाह एक जीवनभरको समर्पणता होस् भन्ने परमेश्वरको योजना हो। “ती अब दुई जना एउटै शरीर हुनेछन् । ती अब दुई होइनन् तर एउटै शरीर हुन्छन् । यसकारण परमेश्वरले जसलाई एकसाथ जोर्नुभएको छ त्यसलाई कुनै मानिसले नछुट्टयाआस् ” (मती १९:६)। परमेश्वरले बोध गर्नुहुन्छ तथापि एउटा विवाहमा दुई जना पापी मानिसहरु सम्लग्न हुने भएको कारण सम्बन्धविच्छेद हुने वाला नै थियो । पुरानो करारमा परमेश्वरले सम्बन्ध विच्छेदको अधिकारलाई रक्षा गर्न केहि व्यवस्थाहरु निमार्ण गर्नु भयो विशेषगरी स्त्रीको सम्बन्धमा व्यवस्था (२४१-४)। यी व्यवस्थाहरु मानिसहरुको हृदयको कठोरताले गर्दा नै दिएका थिए परमेश्वरको इच्छा भएको कारणले होइन भन्ने येशू बताउनुहुन्छ (मत्ती १९:८)।

बाईबल अनुसार पारपाचुके र पुन-विवाह छुट गरिएको छ कि छैन भन्ने बहस येशुले मत्ती ५:३२ र १९:९ पदमा भन्नु भएको वचनको वरिपरि मुख्यतः परिक्रमा गर्दछ । “व्यभिचारको कारणबाहेक”भन्ने वाक्याँस मात्र धर्मशास्त्रमा भएको कुरा हो जसले विवाहबिच्छेद र पुन-विवाहको निम्ति परमेश्वरको अनुमति प्रदान गर्दछ । धेरै दोभासेहरुले यो “अपवाद उपवाक्य” लाई “ विवाहो निम्ति वचनवद्ध हुने”समयावधिको बेला हुने “व्यभिचार” लाई नै संकेत गरिरहे झैं बुझ्दछ । 

यहुदी संस्कृतिमा एउटा पुरुष र स्त्री विवाहका निम्ति वचनवद्ध भएकै अवस्थामा उनीहरुलाई विवाहित कै रुपमा विचार गरिन्थ्यो । यो अवस्थामा भएको व्यभिचार वा अनैतिकता नै विवाह विच्छेद को एउटै मात्र मान्य कारण हुन्थ्यो ।

यधपि यूनानी शब्दमा उल्था गरिएको “वैवाहिक बैमानी” एउटा यस्तो शब्द हो जसले व्यभिचार अथवा यौन अनैतिकताकेा कुनै पनि रुपको अर्थ दिन्छ । यसको व्यभिचार वेश्यावृत्ति परस्त्रीगमन वा परपुरुषगमन आदिको अर्थ लाग्छ । शायद प्रभु येशुले व्यभिचार गरिएको खण्डमा वैवाहिक सम्वन्धविच्छेद गर्न मिल्छ भनी भनीरहेको हुन सक्छ । यौन सम्बन्ध वैवाहिक बन्धनको एउटा अंगभूत भाग हो जस्तै लेखिएको छ , “…… तिनीहरु एउटै शरीर हुन्छन् ।”( उत्पक्ति २:२४ मत्ती १९:५ एफिसी ५:३१) ।

यसकारण विवाह बाहिर हुने यौन सम्वन्धद्वारा विवाहो बन्धन तोडिने हुदां यसलाई सम्बन्धविच्छेदको निम्ति अनुज्ञेय कारण को रुपमा लिएको हुन सक्छ । यदि यस्तो हो भने यो खण्डमा येशूको सोचाइमा पुन विवाहको कुरा पनि छ ।“…अर्कासंग विवाह…” (मत्ती १९:९) भन्ने वाक्याँशले पारपाचुके र पुनविवाहलाई अपवाद उपवाक्यको एक दृष्टान्त वा उदाहरणमा अनुमति दिएका छन् भन्ने संकेत गर्दछ जसरी यसलाई उल्था गरेतापनि । निर्दोष पक्षलाई मात्र पुनविवाह गर्न अनुपति दिएको छ भन्ने कुरालाई ध्यान दिनु महत्वपूर्ण हुन्छ । यो खण्डमा उल्लेखित नभएतापनि सम्बन्धविच्छेद पश्चात जसको विरुद्ध पाप गरिएको छ उसकोवा उनीको निम्ति पुनविवाहको अनुमति परमेश्वरको कृपा हो तर यो व्यभिचार गर्नेको निम्ति चाँहि होइन । “देाषी पक्ष”लाई पुनविवाह गर्न अनुमति दिएको उदाहरणहरु हुन सक्छ - तर यस किसिमकेा धारणा चाँहि यस खण्डमा सिकाईको छैन ।

कसैले पुनविवाहलाई अनुमति दिने अर्को एउटा “अपवाद”को रुपमा १ कोरिन्थी ७:१५ पदलाई बुझ्दछ यदि अविश्वासीले विश्वासी पति वा पत्नीलाई पारपाचुके दिन्छ भने यधपि यस सन्दर्भले पुनविवाह नै भनेर उल्लेख गर्दैन तर यो मात्र भन्दछ कि यदि एउटा अविश्वासी पति वा पत्नीले छोड्न चाहन्छ भने एउटा विश्वासी पछि वा पत्नी कुनै बन्धनमा रहनेछैन् । अरुले दाबी गर्दछन् कि दुरुपयोग वा व्यभिचारी पति वा पत्नी नै पारपाचुके को निम्ति मान्य कारण हुन् यधपि यो यस्ते भनेर बाईबलले उल्लेख गर्दैन । यो धेरै राम्रो मामला हुन सक्ला तर परमेश्वरको वचनलकेा अनुचित फाइदा उठाउनु कहिले पनि बुद्धिमानी हुंदैन ।

अपवाद उपवाक्य माथिको बहसमा कहिलेकाँही हारेको तथ्य नै हो कि “वैवाहिक बैमानि वा व्यभिचार”को अर्थ जेसुकै भएतापनि यो एक सम्वन्धविच्छेदको निम्ति छुट हो यो सम्बन्धविच्छेदको निम्ति चाहिने कुरा चाँहि होइन । व्यभिचार नै गरेको भएतापनि एक दम्पत्तिले परमेश्वरकोA अनुग्रहद्वारा क्षमा दिन र तिनीहरुको विवाहलाई पुन निर्माण गर्न सक्छन् । परमेश्वरले पनि हामीलाई धेरै भन्दा धेरै क्षमा गर्नुभएको छ । निश्चय पनि हामीले उहाँको उदाहरणलाई पछ्याउन सक्छौं र व्यभिचारको पापलाई क्षमा पनि गर्न सक्छौं (एफिसी ४:३२)। यधपि एउटा पति वा पत्नीले पश्चताप नगरेर निरन्तर व्यभिचारमा नै लागिरहेका धेरै उदाहरणहरु छन् । त्यहाँ चाँहि मत्ती १९:९ पद प्रयोग भएको हुन सक्छ । धेरैले सम्बन्धविच्छेद पश्चात एकदमै छिटो फेरि विवाह गर्न पनि खोज्छन् जब कि परमेश्वरले तिनीहरुलाई विवाह नगरि बसेको चाहनु भएको हुन सक्छ । परमेश्वरले कहिलेकाँही कसैलाई एक्लो रहन बोलाउनु हुन्छ ताकि उसको मन दुइपट्टि नलागेको होस् (१ कोरिन्थी ७:३२-३५) । पुनविवाह कुनै कुनै परिस्थितिमा सम्बन्धविच्छेद पछि एउटा विकल्प हुन सक्छ तर यसको मतलब यो एउटै मात्र विकल्प हो भन्ने चाँहि होइन ।

विश्वास नगर्ने संसारको भन्दा आत्मघोसित विश्वासहिरुको माझ पारपाचुकेको डर पिडा दिने कुरा बनेको छ । बाईबलले यो प्रयाप्तरुपमा स्पष्ट पार्नु भएको छ कि परमेश्वरले सम्बन्धविच्छेदलाई घृणा गर्नुहुन्छ (मलाकी २:१६) र पुनमिलाप र क्षमा चाँहि विश्वासीहरुको जीवनको लक्ष्यहरु हुनु पर्दछ (लुका ११:४ एफिसी ४:३२) । परमेश्वरलाई उहाँका जनहरु माझ नै विवाहविच्छेद जस्ता घटनाहरु घट्ने छन् भन्ने थाहा हुन्छ । एउटा सम्बन्धविच्छेद भएको विश्वासी वा पुनविवाह गर्ने विश्वासीले परमेश्वरबाट थोरै प्रेम पाएको महशुश गर्नु हुंदैन तिनीहरुको विवाह विच्छेद वा पुनविवाह मत्ती १९:९ पदको ग्रहण गर्न सकिने अपवाद उपवाक्य अन्तगत यदि नआए तापनि । परमेश्वरले प्रायः विश्वासीहरुको पापपूर्ण अनाज्ञाकारितालाई पनि ठूलो भलाई गर्न प्रयोग गर्नुहुन्छ ।

इशक तामांग 
नुवाकोट किम्तंग 

No comments:

Post a Comment