हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


14 September 2014

मनिसले जान्नु पर्ने बाइबलका पाँच वटा सत्यताहरु सुसमाचार प्रस्तुतिका पाँच खुड्किलाहरु

मनिसले जान्नु पर्ने बाइबलका पाँच वटा सत्यताहरु
सुसमाचार प्रस्तुतिका पाँच खुड्किलाहरु
१) मानिसको अबस्थाःस्थान
धेरै समय अगाडी परमेश्वर र मानिसको बिचमा एक असल सम्बन्ध थियो, तर केहि करणले गर्दा तिनीहरुको सम्बन्ध टुट्न गयो । त्यो सम्बन्ध बिग्रनुको कारण मानिसले परमेश्वरको बिरुद्धमा पाप गरेको कारणले गर्दा हो ।
बाइबल धर्मशास्त्रले मानिसकोबारेमा के भन्छ भन्ने बारेमा हेर्ने छौँ । रोमी ३ः१० पदले भन्दछ “ जसो लेखिएको छ, धर्मी कोहि छैन, एक जना पनि छैन,” “असल गर्ने एक जना पनि छैन”
धर्मी र असल नहुनुको कारण रोमी ३ः२३ पदले भन्दछ “किनभने सबैले पाप गरेका छन्,र परमेश्वरको महिमारहित हुन गएका छन् ।” बाइबल धर्मशास्त्रले भन्दछ, संसारमा भएका सबैमनिस पापी छ ।
हामी सबैलाई थाहा छ कि पापको परिणम के हुन्छ भनेर । यसको बारेमा हामीले अभैm धेरै बुभ्mनु पर्दछ । पापको बारेमा बाइबलले के भन्दछ भन्ने बारेमा हेर्ने छौँ । बाइबल धर्मशास्त्र रोमी ६ः२३ पदले पापको बारेमा यसो भन्दछ, “किनकी पापको ज्याला मृत्यू हो” सबै मानिस पापी भएको कारण हामीहरु सबै भौति–करुपमा मर्छौ । परमेश्वर र मानिसको सम्बन्ध राम्रो हुँदा मानिसको भौतिक मृत्यू हुँदैनथ्यो । तर अहिले मानिसले पाप गरिसकेपछि, हामीहरु भौतिक रुपले मर्नै भयौँ ,शिक्षित होस, ठूलो पदको ब्यक्ति, धनि मानिस, सून्द्रर वा बलियो सब्ौजना मर्नै पर्छ । बाइबले यस मृत्यूलाई पहिलो मृत्यू भनेर भन्दछ । यदि हामी मर्यौँ भने त्यो नै हाम्रो अन्तिम (अनन्त) मृत्यू होइन । मानिसहरुको भौतिक मृत्यूपछि सबै जना परमेश्वरको न्याय आसनको अगाडी उभिनुपर्छ । यसको बारेमा बुभ्mनको लागि हामीले हिब्रु ९ः२७पदलाई हेर्नेछौँ ।
हिब्रु ९ः२७ पदले यसो भन्दछ, “जसरी मानिसको निम्ति एकचोटी मरण र त्यसपछि इन्साफ निश्चित छ ।” हिब्रुको पुस्तक अनुसार हाम्रो पहिलो मृत्यूपछि हामी इन्साफमा खडा हुनुपर्छ । बाइबल धर्मशास्त्रले भन्दछ न्यायको दिनमा सबै मानिसहरुकोप पुनरुत्थान हुनेछ ।
न्यायको दिनमा येशू ख्रष्टि न्यायधिश हुनुहुनेछ ,र सबै पापीहरु आगोको भट्टीमा (नरकमा) फालिनेछ । यो नै मानिसको दोस्रा अर्थात अनन्त मृत्यू हो, भनि पबित्र धर्मशास्त्र बाइबले भन्दछ । यसको बारेमा बाइबल धर्मशात्र प्रकाश २०ः१४ पदमा यसरी भनिएको छ,“मृत्यू र पाताल अग्नि कुण्डमा फालिए । यो अग्नि कुण्ड दोस्रो अर्थात अनन्त मृत्यु हो ।”
प्रकाश २०ः१५ पद अनुसार “जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि कुण्डमा फालियो ।” जसको नाउँ जीवनको पुस्तकमा लेखिएको हुँदैन ती ब्याक्तिहरुलाई न्यायको दिनमा परमेश्वरले आगोको भट्टीमा अर्थात नरकमा फालिदिनुहुनेछ । जुन बाइबल धर्मशास्त्र अनुसार दोस्रो र अनन्त मृत्यु भन्दछ । यो नै पापी मानिसहरुको अन्तिम गन्तब्य हो ।
२) मानिसको प्रयास
अहिले हामीले हेर्र्यौ, मानिसको गन्तब्यको बारेमा । हरेक मानिस जो येशू ख्रीष्टमा छैनन्, तिनीहरु अनन्त अथवा नरकमा जान्छन् । मानिसहरु एक दिन मर्नुपछ भन्ने चिन्ताले मानिसहरु बिभिन्न धर्म कर्महरु गरि रहेका छन् ।
मानिसहरु आप्mना धर्म कर्मबाट ः जस्तै हिन्दु, बुद्धिष्ट, मुस्लिम, आदिबाट समाधान खोजिरहेका छन् । हिन्दु धर्मालम्बिहरु र बुद्धिष्टहरुका भनाई अनुसार उनिहरु मरेपछि विभिन्न जनावर भएर जन्मनु पर्छ भनेर सिकाउँदछ । उनिहरुलाई आप्mनो गन्तब्य स्थान नै स्पष्टसँग थाहा छैन । बाइबल धर्मशास्त्रले सिकाउँदछ कि धेरै मानिसहरुले ज्ञान हासिल गरेर यो अन्यौलताबाट उम्किन चाहान्छन । उनिहरुले ज्ञान र बुद्धिको पुल बनाई परमेश्वरकहाँ पुग्ने चेष्टा गरिरहेका छन् ।तर बाइबल धर्मशास्त्र अनुसार मानिसको ज्ञान र बुद्धिले ऊ कहिल्यै पनि परमेश्वरकहाँ पुग्न सक्दैन ।
यसको बारेमा बाइबल धर्मशास्त्रले के भन्द भन्ने विषयमा हेर्ने छौं । बाइबलधर्मशास्त्रले भन्दछ मानिसले आप्mनै ज्ञानको पुल बनाउन खोज्छ तर यो धेरै सानो छ, यो कुरा बाइबल धर्मशास्त्र १कोरिन्थी १ः२१ पदमा यसरी भनिएको छ, “संसारले आप्mनै (बुद्धिद्धारा ) ज्ञान परमेश्वरलाई चिन्न सकेन् ।”
मानिसहरु आप्mनो गन्तब्यको समस्याको समाधान गर्न विद्यालय,कलेजमा गएर पढ्छन् र विद्या हासिल गर्छन् । तर परमेश्वर भन्नु हुन्छ कि उहाँकहाँ पुग्नलाई शिक्षाले मात्र प्रयाप्त छैन । पावल भन्दछन्, कि हाम्रा शिक्षाहरु त साधारण आधारभुत कुराहरुमात्र हुन ।
बाइबल धर्मशास्त्रले यो पनि भनेको छ, कि मानिसहरले आप्mनो समस्या राम्रो ब्यहार देखाएर समाधान गर्न चाहान्छन् ।जस्तै ःअसल ब्यवहार देखाएर, गरिबहरुलाई साहायता गरेर, सरकारको नियम कानुन पालन गरेर,इत्यादि
उनिहरु विचार गछन् कि यसो गरेमा परमेश्वरले उनिहरुका समस्या समाधान गरीदिनुहुन्छ ।
तर बाइबल धर्मशास्त्र यशैया ६४ः६ पदमा परमेश्वर यसरी भन्नु हुन्छ, “मानिसका धर्मिक कार्यहरु गन्हाउने थाङने लुगाहरुजस्ता मात्र हुन ।”
किन भने परमेश्वरको सोचाइको तुलनामा मानिसको सोचाइ साहै सानो छ, जस्तै ः कमिलाले गर्ने असल काम मनिसले गर्ने असल काम भन्दा धेरै फरक हुन्छ । यसैकारण कमिलाको असल व्यवहारले हामीलाई सन्तुष्टि दिन सक्दैन ।
परमेश्वर भन्नु हुन्छ, तिमीहरुको आप्mनै धार्मिताको कारण मेरो दृष्टिमा तिमीहरु धर्मी ठहरिन सक्दैनौ । कति मनिसहरु बिचार गर्छन् कि व्यवस्थाका सबै आज्ञाहरु पालन गरयौँ भने परमेश्वरकहाँ पुग्न सकिन्छ भन्ने विचार गर्दछन् । तर कुनैपनि मानिसले सतप्रतिसत नै व्यवस्थामा भएका आज्ञाहरु पालन गर्नसक्दैनन् । बाइबल धर्मशास्त्रले भन्दछ कि,व्यवस्था पालन द्धारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
बाइबल धर्मशास्त्र याकूब २ः१० पदमा यसरी भनिएको छ, “किनकी जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ ।”
यसको अर्थ व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिन सक्दैनन् ।मानिसहरुका आप्mना प्रयासहरु उद्धारका निम्ति प्रयाप्त छैन । मानिसहरुको आप्mनो प्रयासले उद्धारको निम्ति आवश्यक पर्ने परमेश्वरका सबै सर्तहरु पुरा गर्न सक्दैनन् ।
सोहैँ शताब्दीका इश्वरशात्री जान क्याल्भिनले यसरी भनेका छन्, परमेश्वरको दृष्टिमा मानिसहरु पूर्ण रुपले भ्रष्ट छन् । उसले आफैलाई बचाउन सक्दैन । जोन क्याल्भिनले इश्वरशास्त्रीय शब्दमा भन्दछन्, मानिस पूर्ण रुपले भ्रष्ट भएको कारणले गर्दा उसले आप्mनो समस्या आफै समाधान गर्न सक्दैन ।
अब यो समस्याको समाधान गर्न कस्ले साहायता गर्न सक्छ त ?
३)मानिसको समस्यको समाधान गर्ने परमेश्वरको योजना
मनिसले आप्mनो समस्याको समाधान गर्न नसकेको हुनाले परमेश्वरले उनिहरुलाई साहायता गर्ने योजना गर्नुभयो । परमेश्वरको त्यो योजना उहाँको आप्mनो एकमात्र पुत्र येशू ख्रीष्टलाई मानव समाजमा पठाउनुभयो । बाइबल धर्मशास्त्र यूहन्ना ३ः१६ पदमा यसरी भनिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रम गर्नु भयो, कि उहाँले आफेना एकमात्र पुत्र दिनुभयो । ताकि उहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस,तर त्यसले अनन्त जीवन पाओस ।”
मनिसको समस्याको समाधान गर्नर मानिसलाई परमेश्वर कहाँसम्म पुर्याउने मध्यस्थको काम येशू ख्रीष्टले गर्नु भयो भनि १ तिमोथी २ः५ पदले यसरी भन्दछ ,“किनकी परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरुका बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ,–मानिस, ख्रीष्ट येशू ।”ु
४) मानिसको निम्ति परमेश्वरको उपहार
येशू ख्रीष्ट मानिस रपरमेश्वरका बिच पुल बन्नु भयो, रपरिणम स्वरुप मानिसले परमेश्वरको सन्तान हुने अधिकार पायो ।बाइबल धर्मशास्त्र यूहन्ना १ः१२ पदमा यसरी भनिएको छ, “जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँ माथि विश्वस गरे, उहाँले तिनीहरुलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो ।” मानिसहरु न्यायमा परेर अनन्तको मृत्यु पाउनुपर्नेमा अब न्याय र अनन्तको मृत्यु रद्ध भई अनन्त जीवन पाउने भए,
यूहन्ना ५ः२४ पदमा यसरी भनिएको छ, साँच्चै, म तिमीहरुलाई भन्दछु, “जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससीत अनन्त जीवन छ ।त्यो न्यायमा आउँदैन,तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ ।” यी सबै कुरा परमेश्वरको तर्पmबाट मानिसले पाएको सितैको उपहार थियो । यो उपहार मानिसको आप्mनो प्रयासद्धारा होइन, तर परमेश्वरको अनुग्रहबाट थियो ।
बाइबल धर्मशास्त्र एफिस २ः८–९ पदमा यसरी भनिएको छ, “किनभने अनुग्रहबाट बिश्वासद्धारा तिमीहरुले उद्धार पाएको छौ, यो तिमीहरु आफैबाट होइन यो त परमेश्वरको वरदान हो कर्मद्धारा होइन नत्रता मानिसले घमण्ड गर्ने छ ।”
५) परमेश्वरप्रति मानिसको प्रतिउत्तर
अनन्त जीवन सितैमा पइने उपहार हो, अब त्यो सितैको उपहार लिने जिम्मेवारी तपाईको हो । यो सितैको उपहार लिनलाई तपाईले आप्mनो स्वतन्त्रइच्छाको सदुपयोग गरी स्वीकार गर्नुहोस । रअहिले नै प्रभु येशू ख्रीष्ट तपाईको हृदयमा आउनुहुनेछ ।
बाइबल धर्मशास्त्र प्रकाश ः३ः२० पदमा प्रभु येशूले भन्नु
भएको छ,
“हेर म ढोकामा उभिएर ढोका ढक्ढकाउँछु यदि कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र पस्नेछु ।” यो पक्का हो कि यदि कसैले आप्mनो हृदयको ढोका खोलिदियो भने उहाँ त्यस मानिस को हृदयभित्र आउनुहुनेछ। प्रभु येशू ख्रीष्टले हाम्रो पृष्ठभूमिको मतलब राख्नुहुन्न, हामी ज जस्तो सुकै अवस्था किन नहोस उहाँ हाम्रो हृदयभित्र आउनुहुनेछ, तपाई जे जस्तो पृष्ठभुमिको मानिस भए पनि उहाँ तपाईको हृदयमा आउनुहुने छ, र तपाईलाई उहाँले आप्mनो सन्तान बनाउनु हुनेछ, । (यूहन्ना १ः१२ पद )

No comments:

Post a Comment