हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


7 September 2014

प्रश्न: मृत्यु पछि के हुन्छ ?


उत्तर: मृत्यु पछि के हुन्छ भन्ने प्रश्न अल्मल्याउने किसिमको हुन सक्छ । बाइबलले सुस्पष्टसंग भनेको छैन कि कहिले एउटा व्यक्ति उसको अन्तिम र अनन्त गन्तब्यमा पुग्नेछ । बाइबलले हामीलाई बताउछ कि एक जना व्यक्ति मृत्युको पछि र्स्वर्ग वा नरक लगिएको छ भन्ने कुरा उसले वा उनीले ख्रीष्टलाई उसको वा उनीको मुक्तिदाता भनी ग्रहण गरेको थियो वा थिएन भन्ने कुराको आधारमा हुन्छ । विश्वासीहरुका निम्ति मृत्युपछि “शरीरवाट अलग भएर प्रभुसंग रहनु ” हो (२ कोरिन्थी ५ :६ -८) ( फिलिप्पी १:२३ ) अविश्वासीहरुका निम्ति मृत्युपछि नरकमा अनन्तदण्ड भोग्नु हो ( लुका १६ :२२- २३ ) । 

यहि नै हो जहाँ मृत्यु पछि के हुन्छ भनी प्रश्न गर्दा यो अल्मल्याउने जस्तो हुन सक्छ । (प्रकाश २०: ११- १५ ) सम्मका पदहरुले ति सबै नरकको अग्नि कुण्डमा फालिएकाहरुको विषयमा वर्णन गर्दछन् । यसकारण , यो यस्तो देखिन्छ कि अन्तिम पूनरुस्थान नभएसम्म मृत्युपछि एउटा व्यक्ति “अस्थायी” र्स्वर्गमा वा नरकमा बस्छ । त्यो व्यक्तिको अनन्त गन्तव्य चाँहि परिर्वतन हुने छैन तर त्यो व्यक्तिको अनन्त गन्तव्यको पहिलो “ स्थान” चाँहि परिर्वतन हुनेछ र नयाँ पृथ्वीमा पर्ठाईएका हुनेछन् प्रकाश २१ :१) केहि विन्दुमा मृत्यु पछि विश्वासीहरु चाँहि अग्निकुण्डमा फालिएका हुनेछन् ( प्रकाश २० :११- १५ ) यी नै सबै मानिसका अन्तिम र अनन्त गन्तव्यहरु हुन जो सम्पुर्ण रुपले तिनीहरुका पापको मुक्तिको लागि केवल ख्रीष्ट येशुमाथि तिनीहरुको भरोसा राखेको थिय वा थिएनन् भन्ने कुरामा आधारित छ ।


No comments:

Post a Comment