हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


7 September 2014

पवित्र आत्माले भरपूर जीवनको परिणाम र उपलब्धि हरु।

पवित्र आत्माले भरपूर जीवनको परिणाम र उपलब्धि हरु।

  • तपाई लै कुन चाही फल चाहिन्छा ?

►गलाती 5:22-23 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन।

  • तपाई कसरि तपाइको जिबन मा यो शक्ति लै महसुश गर्नु हुन्छा ?

►प्रेरित 1:8 तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”

  • तपाई यूहन्ना 15:16 कसरि जिबन लागु गर्न चाहनु हुन्छा ?

►यूहन्ना 15:16 “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ।

  • तपाई मा यो हु भनि एफिसी 4:11 मा कसरि परिचय दिन चाहनु हुन्छा ?

►एफिसी 4:11अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू,कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।

  • के तपाइको जिबन मा पवित्र आत्माको बिकाश भए जस्तो लाग्छा ? अनि पवित्र आत्मा हाम्रो बीच मा साचिकै कम गर्नु हुन्छा ?

►2 कोरिन्थी 3:18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।

  • तथ्य , विश्वास , र भावनाहरू

  • तथ्य : हामी किन पवित्र आत्मा मा भर्नु पर्छा ?

►एफिसी 5:18दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।

  • विश्वास : हामीलाई आत्माले भरिपुर्ण भएको छ र हाम्रो आश्वासन के हो ?

►1 यूहन्ना 5:14-15 अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।


  • भावनाहरु : के तपाइलाई पवित्र आत्माले भरिएको थिए , तब कुनै भाबना तपाइको मन मा थियो ?

►यूहन्ना 14:21यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।”


आमेन

No comments:

Post a Comment