हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


3 September 2014

तपाई नै मेरो असल साथी हो

तपाई नै मेरो असल साथी हो जसले ख्रिस्ट लै चिन्नु भएको छ। र अहिले मेरो यो लेख पढ्दै हुनु हुन्छा।

मैले आज एउटा असल साथी पाएको छु। जुन अहिले मेरो यो स्टाटस मेरो यो लेख पढ्दै हुनु हुन्छा। हो तपाई नै मेरो असल साथी ।किनकि “साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।”हितोपदेश 27:6 तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी।(भजनसंग्रह 55:13) प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।(2 कोरिन्थी 7:1)तपाईंहरूलाई यो भनाई थाहा छ, ‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक-भोकै राखी साथीलाई मद्दत गर्छन्।’अय्यूब 17:5(2 कोरिन्थी 7:1) तर मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।(अय्यूब 16:20) मेरो साथीहरूले मलाई छाडी गए। सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे। म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिन थिएँ।(भजनसंग्रह 88:8) तर येशु जस्तो असल साथी र तपाई जस्तो इमान्दार साथी पाए पछि मा आफैलाई भाग्यमानी ठान्छु। परमेश्वर ले तपाइलाई प्रसस्त भन्दा प्रसस्त आसिश दिनु भएको होस्। तपाइको योजना अनि तपाइको चाहना परमेश्वर लाइ भन्नु अगाडी नै पुरा भएको होस्। कोहि साथी आज दुखि  होला अनि कोहि खुशी होला,दुवै जना लाइ प्रभुले बराबर आसिश दिउन। आजको दिन तपाई कै लागि बनाएको हुन् जुन तपाइको योजना र चाहनालाई पुरा गर्न सकोस। आमेन

तपाइको सानो भाइ/साथी

इशक तामांग

No comments:

Post a Comment