हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


7 September 2014

प्रश्न: बाइबलले अन्त- जातीय विवाहको विषयमा के भन्छ ?

प्रश्न: बाइबलले अन्त- जातीय विवाहको विषयमा के भन्छ ?

उत्तर: पूरानो करारका व्यवस्थाले इस्राएलीहरुलाई अन्त- जातीय विवाहमा नलाग्नु भनेर आज्ञा गरेको थियो ( व्यवस्था ७:३-४ ) । यसको कारण तिनीहरु मुर्तिपूजकहरु र अन्यजातिहरुसंग अन्तर विवाह गरि परमेश्वरदेखी तर्की जान्छन् कि भन्ने थियो । एउटा यस्तै सिद्धान्त नयाँ करारमा राखिएको छ , तर अलिक भिन्दै तहमा “ अविश्वासीहरुसंग एउटै जुवामा ननारिओ किनकि धर्म र अर्धमको के साझेदारी हुन्छ । अथवा अध्यारोसंग उज्यालोको के सहभागिता (२ कोरिन्थी ६:१४ ) जस्तै इस्राएलीलाई ( एक सत्य परमेश्वरमा विश्वास गर्नेहरु ) लाई पनि अविश्वासीहरुसित विवाह नगर्नु भनिएको थियो विशेषरुपले यो प्रश्नको उत्तर दिनु बाइवलले अन्तर जातिय विवाह गलत हो भनि भन्दैन । एउटा व्यक्तिलाई उसको वा उसको चरित्रद्धारा न्याय गरिनु पर्छ , उसको रंग वा वर्ण होइन । जातिको आधारमा ख्रिष्ट्रियनहरुको जीवनमा पक्षपातको लागी कुनै स्थान छैन ( याकुब २ :१ -१० ) , पद १ र ९ लाई विशेष रुपमा हेर्नोस् एउटा इर्साई पुरुष वा स्त्रीको एउटा जीवन संगीनी रोज्ने स्तर चाँहि जहिले पनि तिनीहरुले चासो देखाएका सम्वन्धित व्यक्ति एक इर्साई हो वा होईन भनी पत्ता लगाउनु हो (२ कोरिन्थी ६ :१४ ) जो ख्रीष्ट येशूमा विश्वास गरि नयाँ गरी जन्मेको हुन्छ । ( यूहन्ना ३ :३- ५ ) । छालाको रंग नभएर ख्रीष्टमाथिको विश्वास नै एउटा संगीनीको चयन गर्ने बाइबलिय स्तर हुन , अन्तर जातियविवाह सहि वा गलत कुरा होइन तर वुद्धी विवेक र प्रार्थनाको कुरा हो ।

अन्त जातिय विवाह बारे होसियारी पूर्वक विचार गरिनु पर्ने एउटै कारण यो हो कि एक मिश्रति जातिको दाम्पतिले कठिनाईहरुको अनुभूति गर्न सक्ने सम्भावना हुन्छ । किनभने तिनीहरुलाई अरुले ग्रहण गर्ने कठिन हुन्छ । धेरै अन्तर जातिय दाम्पतिहरुले भेदभाव र उपहासको अनुभव गर्छन , कहिले काँही त आफ्नै परिवारहरुबाट पनि । कुनै कुनै अन्त जातिय दाम्पतिहरुले तिनीहरुका छोरा- छोरीहरुमा आमा वुवा तथा सहोदार भाइ र वहिनीहरुवाट हुने छालाहरुका विभिन्न रुपसंग हुदाँ अपठ्यारोको अनुभव गर्दछन् र एक अन्तस्जातिय दम्पतिले यस्ता कुराहरु विचार गरी त्यसको निम्ति आफैलाई तयार पारेर विवाह गर्नुपर्छ । फेरी पनी बाइबलले त्यो व्यक्तिलाई मात्र प्रतिवन्ध लगाउँछ जसले ख्रीष्टको शरीरको सदस्य नभएकोलाई विवाह गर्छ ।\

इशक तामांग 

No comments:

Post a Comment