हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 June 2014

पर्मेस्वोर को महिमा होस्

लूका 5:32
म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”


संसार मा किन पाप र दुख अनि पिडा अनि झैँझगड अनि लोभ लालच अनि इर्स्य डाहा हुन्छा ?

(मत्ती 18:७ मा येसो लेखिएको छ ( जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।) तेसैले मानिस लै जति पयेनी पुग्दैन झन् धेरै बढी चाहन्छन ! किन त ? किनकि मानिस को मन सधै पाप र इर्स्य ले भरिएको हुन्छा ! बाइबल मा एसो भनेर लेखिएको छ (प्रेरित 8:२३ "किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।” अमेन! सचै मानिस हरु यो संसार मा आफ्नै धुन मा अनि आफ्नै क्रियाकलाप मा ब्यस्त त सबै छन् ! तर तेही व्यस्तता संगै हरेक पाल अनि हरेक सेकेन्ड मा पापको दाल दल मा फसिरहेको हामी कसैलाई थाहा छैन ! एउटा भौतिक सुख सुबिधाको लागि कति मानिस हरु आफ्नो आत्मालाई मारिरहेको हामी देख्दा छौ ! पाप आखाले  देखिने कुरा हैन पाप भनेको तपाई को बोलि मा तपाई को सोचाई मा अनि तपाई को रहनसहन मा हुने कुरा हो ! कसले भन्न सकिन्छा कि मा पापी हैन भने र ! किनकि हरेक मानिस पापी छ चाहे ख्रिस्तियन चाहे बुद्धिस्ट चाहे हिन्दु तर तेही पाप बाट बचाउन को लागि येशु ख्रिस्ट संसार मा आउनु भो र हाम्रो पापको भरि उठाई लानु भो !

अनि -(रोमी 1:२९ तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैंमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए।) तेसैले संसार मा पापले राज गर्यो अनि हरेक मान्छे मा पाप स्वोभव उत्पन्न भए ! अनि मानिस  पप मा फसे ! तेसैले आफुले आफैलाई कहिले नि धार्मि नठान्नु किनकि तपाई को हरेक पैला मा एउटा पाप लुकेको हुन्छा ! (रोमी 2:1[ तिमी यहूदीहरू पनि पापपूर्ण छौ ] यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैंले आफूलाई जाँच गरिरहेका हुनेछौ।]

अनि हामी मानिस जति मा एउटा कुरा मलाई पटक्कैमन पर्दैन त्यो हो अरुलाई दोषी ठहरिनु ! के अरुलाई दोषी ठहरिनु सहि हो त ? जब आफ्नो आफ्नो अगं मा भैशी देख्दैन भने अरुको अगान को बिरालो को के चार्चा गर्छौ ? [- रोमी 2:२२ "तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ?] तेसैले अरुको बारेमा केहि बोल्नु भन्दा पहिला आफ्नो बारेमा सोच्नुस कि मा सहि छु या गलात छु भनेर ! अनि मात्र अरुको बारेमा सोच्ने गरौ !



Shinkil Ebeneezer Church

No comments:

Post a Comment