हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 June 2014

पृथ्वी सृष्टि गरिनुको कुनै उद्देश्य छ?

बाइबल प्रश्नहरूको जवाफ

१) पृथ्वी सृष्टि गरिनुको कुनै उद्देश्य छ?

►जवान व्यक्ति प्रकृतिको रङ्गीचङ्गी जीवजन्तुबारे विचार गर्दै
मानिसहरू हाँसिखुसीले जीवन बिताऊन्‌ भनेर पृथ्वी बनाइएको हो

पृथ्वीमा जीवन जिउनलाई चाहिने सबै कुरा छ। यहाँ जीवनको लागि नभई नहुने पानी प्रशस्त छ। पृथ्वीले सूर्य परिक्रमा गर्ने बाटो, पृथ्वीको ढल्काइ र घुमाइ एकदमै सही भएकोले महासागरको पानी जम्न वा उम्लन पाउँदैन। पृथ्वीको वायुमण्डल र चुम्बकीय शक्तिले पृथ्वीलाई हानिकारक विकिरणहरूबाट जोगाउँछ। बोटबिरुवा र जीवजन्तुबीचको आपसी निर्भरता पनि अचम्मलाग्दो छ। त्यसैले थुप्रै मानिस पृथ्वी कुनै उद्देश्यसहित सृष्टि गरिएको हो भन्ने निष्कर्षमा पुगेका छन्‌।—यशैया ४५:१८ पढ्नुहोस्।

२) तर तपाईंलाई लाग्ला: के दुःखकष्ट र अन्याय पनि त्यही उद्देश्यको भाग हो?—व्यवस्था ३२:४, ५ पढ्नुहोस्।

३) के पृथ्वीको उद्देश्य पूरा हुनेछ?

►एकअर्कालाई आदर गर्ने र सृष्टिकर्तालाई प्रेम गर्ने मानिसहरू हाँसिखुसीले जीवन बिताऊन्‌ भनेर पृथ्वी बनाइएको हो। त्यसैले मानिसलाई बोटबिरुवा वा जीवजन्तुलाई भन्दा फरक उद्देश्यसहित सृष्टि गरिएको हो। हामीसित सृष्टिकर्तालाई चिन्ने, उहाँको आदर गर्ने र उहाँको प्रेम अनि न्याय अनुकरण गर्ने क्षमता छ।—उपदेशक १२:१३; मीका ६:८ पढ्नुहोस्।

हाम्रो सृष्टिकर्ताले आफ्नो जुनसुकै उद्देश्य पनि पूरा गर्न सक्नुहुन्छ। त्यसैले उहाँले दुःखकष्ट र अन्याय हटाएर पृथ्वीलाई सुन्दर घरजस्तै बनाउनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं।—भजन ३७:११, २९; यशैया ५५:११ पढ्नुहोस्।

पर्मेस्वोर ले तपाई लै आशिस  दिउन ! आमेन 

शिन्किल  एबेनेशेर  मण्डली 
किम्तंग १ मनेटर
नेपाल 

No comments:

Post a Comment