हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


24 June 2014

राजाको रूपमा येशूले यस पृथ्वीबाट दुष्टता हटाउनुहुनेछ

shinkil
राजाको रूपमा येशूले यस पृथ्वीबाट दुष्टता हटाउनुहुनेछ

येशूले भविष्यमा हाम्रो लागि के गर्नुहुनेछ?

इ.सं. ३३ मा येशू मर्नुभयो, ब्यूँतनुभयो अनि स्वर्ग जानुभयो। लामो समय कुरेपछि मात्र सारा ब्रह्माण्डका सृष्टिकर्ता यहोवाबाट उहाँले शासन गर्ने अख्तियार पाउनुभयो। (दानियल ७:१३, १४) भविष्यमा उहाँले राजाको रूपमा यस पृथ्वीमा शान्ति ल्याउनुहुनेछ र गरिबी हटाउनुहुनेछ।भजन ७२:७, ८, १३ पढ्नुहोस्।
राजाको रूपमा येशूले यस पृथ्वीबाट दुष्टता हटाउनुहुनेछ
राजाको रूपमा येशूले मानिसजातिको लागि आश्चर्यजनक कामहरू गर्नुहुनेछ। यहोवाले दिनुभएको शक्ति प्रयोग गरेर उहाँले मानिसजातिलाई फेरि खोटरहित बनाउनुहुनेछ। मानिसजातिले यसै पृथ्वीमा बुढेसकाल र मृत्युविना आनन्दका साथ जीवन बिताउनेछन्‌।यूहन्ना ५:२६-२९; १ कोरिन्थी १५:२५, २६ पढ्नुहोस्।

येशू अहिले के गर्दै हुनुहुन्छ?

येशूका साँचो चेलाहरूले संसारभरि परमेश्वरको राज्यबारे प्रचार गरिरहेका छन्‌। ती चेलाहरू घरघर गएर बाइबलमा बताइएको त्यस राज्यबारे मानिसहरूलाई सुनाइरहेका छन्‌। येशू अहिले ती चेलाहरूलाई चाहिने मदत दिंदै हुनुहुन्छ। प्रचार गर्ने यो काम यस दुष्ट संसारको अन्त नभएसम्म चलिरहनेछ। त्यतिबेलासम्मै मदत गर्छु भनेर येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो।मत्ती २४:१४; २८:१९, २० पढ्नुहोस्।
येशूले आफ्ना चेलाहरूलाई कसरी आनन्दित जीवन बिताउन सकिन्छ भनेर मण्डलीमार्फत सिकाउँदै हुनुहुन्छ। उहाँले आफ्ना चेलाहरूलाई यस दुष्ट रीतिरिवाजको अन्तसम्म मात्र होइन तर परमेश्वरले ल्याउने नयाँ संसारसम्मै डोऱ्याउनुहुनेछ।२ पत्रुस ३:७, १३; प्रकाश ७:१७ पढ्नुहोस्।

पर्मेस्वोर को महिमा होस् आमेन !
शिन्किल एबेनेसेर  मण्डली 


No comments:

Post a Comment