हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


24 June 2014

येशूले भविष्यमा हाम्रो लागि के गर्नुहुनेछ?

येशूले भविष्यमा हाम्रो लागि के गर्नुहुनेछ?


येशूले भविष्यमा हाम्रो लागि के गर्नुहुनेछ?

►इ.सं. ३३ मा येशू मर्नुभयो, ब्यूँतनुभयो अनि स्वर्ग जानुभयो। लामो समय कुरेपछि मात्र सारा ब्रह्माण्डका सृष्टिकर्ता यहोवाबाट उहाँले शासन गर्ने अख्तियार पाउनुभयो। (दानियल ७:१३, १४) भविष्यमा उहाँले राजाको रूपमा यस पृथ्वीमा शान्ति ल्याउनुहुनेछ र गरिबी हटाउनुहुनेछ।—भजन ७२:७, ८, १३ पढ्नुहोस्।

राजाको रूपमा येशूले यस पृथ्वीबाट दुष्टता हटाउनुहुनेछ
राजाको रूपमा येशूले मानिसजातिको लागि आश्चर्यजनक कामहरू गर्नुहुनेछ। यहोवाले दिनुभएको शक्ति प्रयोग गरेर उहाँले मानिसजातिलाई फेरि खोटरहित बनाउनुहुनेछ। मानिसजातिले यसै पृथ्वीमा बुढेसकाल र मृत्युविना आनन्दका साथ जीवन बिताउनेछन्‌।—यूहन्ना ५:२६-२९; १ कोरिन्थी १५:२५, २६ पढ्नुहोस्।

आमेन चाडै पुरा होस् !


पर्मेस्वोर को महिमा होस् ! 

No comments:

Post a Comment