दैनिक आत्मिक रोटी (daily spiritual manna) २ पुत्रस १ :४-१२
2-11-2014 sunday
यसलाई मनन गरिबक्सियोस र आत्मिक जागृति पईस्यो।
"……… अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरूद्वारा तपाईहरु यस संसारका अभिलाषाबाट हुने भ्रष्टतादेखि उम्केर ईश्वरीय स्वभावका सहभागी होओ। यही कारणले गर्दा तपाईहरुले सबै किसिमका प्रयत्नले हजुरहरुका विश्वासमा सद्गुण, सद्गुणमा ज्ञान, ज्ञानमा संयम, संयममा धैर्य, धैर्यमा भक्ति,भक्तिमा भ्रातृ-स्नेह, भ्रातृ-स्नेहमा प्रेम थापिस्यो।किनकि यी गुण तपाईहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले हजुरहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा बाँझो र निष्फल नहुने तुल्याउँछन्। तर यी कुराको अभाव भएको व्यक्ति पहिलेका पापबाट शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढाका कुरा नदेख्नेजस्तो हुन्छ। यसकारण मेरो प्रिया साथी हो, तपाईहरूको बोलावट र चुनाउ निश्चय गर्नलाई बढ्ता प्रयत्न गरिबक्सियोस । किनकि यी कुरा गर्यौ भने तपाईहरूले कहिल्यै ठेस खानेछैनौ। किनकि यसरी तपाईहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश पाउनेछौ। यसर्थ, तपाईहरूले यी कुरा जानेर अहिले तपाईहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित छौ तापनि तपाईहरूलाई यी कुरा सधैँ स्मरण गराउनेछु।” परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा अनुग्रह र शान्ति हजुरहरूका निम्ति प्रशस्त हुँदै जाओस्। र मलाई नि प्रार्थना मा याद गरिसिनु होला। आमेन
इसहाक तामांग (प्रतिज्ञा को पुत्र)
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली
No comments:
Post a Comment