हिब्रु २ अध्याय बाट केहि सिक्न सक्ने कुराहरु
पुरानो नियम मा परमेश्वर आफ्नो धार्मी जान हरुलाई सत्य के हो जान्न को लागि “ परमेश्वरले चिन्हहरू, अचम्मका कामहरू र विभिन्न आश्चर्यकर्महरूद्वारा अनि उहाँको आफ्नो इच्छाअनुसारका पवित्र आत्माका वरदानहरू दिएर यस कुराको गवाही पनि दिनुभयो। हिब्रु 2:4
येशु ख्रिस्ट पनि एक चोटी स्वोर्गदुत को मुनि कम गर्नु भएको थियो किनकि मानिस को रुप मा जन्म लिनु भयो र मानिस ले जस्तै दुख कष्ट सहनु भयो। र मानिस ले जस्तै खानु भयो ,मानिस ले जस्तै पिउनु भयो। अनि हाम्रो पापको निम्ति कलवरी मा मर्नु भयो , तेस्रो दिन मा मृत्यु लाइ जितेर बौरी उठ्नु भयो र फेरी परमेश्वर को अनुग्रह द्दोर हरेक कुरा को अधिकार दिनु भयो। प्रमाण : तर हामी येशूलाई देख्तछौं, जसलाई केही बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइयो र परमेश्वरको अनुग्रहद्वारा सबैको निम्ति उहाँले मृत्यु चाख्नुभएको होस् भनेर मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट पहिराइयो। हिब्रु 2:9 त्यसैले हामी पनि एउटा असल र सहि बिस्वासी बन्नु छ भने हामी भन्दा सानो व्यक्ति को अधिन मा पनि बस्नु पर्छ।
खै के पो भन्नु र अब हामी मानिस लाइ आफ्नै दाजु भाई लाइ दाई भाई भनेर बोलाउन आउदैन र जान्दैन । आफु भन्दा ठुलो लाइ नि नाम काटेर बोलाउछा झन् सानो लाइ त के आदर गर्थ्यो र ? तर येशु ख्रिस्ट ले संसार को हरेक मानिस लाइ भाइ-बहिनी भनेर बोलाउनु भयो। उहाँले यसो भन्नुहुन्छ, ‘‘मेरा भाइ-बहिनीहरूको बीचमा तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।’’हिब्रु 2:12
येशु ख्रिस्ट ले किन हामी परीक्षा मा अनि दुख मा परेको मानिस लाइ सहयोग गर्नु हुन्छा ? किनकि उहाँ आफै पनि परीक्षित भई दु:ख भोग्नुभएकोले गर्दा परीक्षामा पर्नेहरूलाई सहायता गर्न उहाँ सक्षम हुनुहुन्छ। हिब्रु 2:18
हजुर को दिन सुभ बितोस. आमिन
इसहाक तामांग
शिन्किल एबेन्ज़ेर मण्डली
No comments:
Post a Comment