केहि कुराहरु
गल्लि गल्लि डुल्न छोडे येशु भेटे पछि।
संसारलाई नै भुल्न छोडे येशु भेटे पछि।
जिन्दगि यो फुल जस्तै फुलेर झर्ने त हो
जता ततै फुल्न छोडे येशु भेटे पछि। \
इशक तामांग
मात्ति मर्कुस लुका झैँ बन्नु पर्छ अब
सोलोमन को बुद्धिलाई जान्नु पर्छ अब
योना जस्तो भाग्ने हैन,आज्ञा तोडेर
नोहा र मोसले झैँ आज्ञा मान्नु पर्छ अब
इशक तामांग
हाम्रो जीवन रुथ र एस्थर को जस्तै हुनु पर्छ अब
परमेश्वरको अनुग्रह पाउन दाउद झैँ रुनु पर्छ अब
कयिन जस्तो नहोस कोहि,आफ्नै भाइको हत्यारा
हबिल जस्तो पवित्र आत्मा मा आकाश छुनु पर्छ अब
इशक तामांग
सुन्नेलाइ आसिश अनि पढ्ने लाइ ज्ञान
बाइबल ले बनाउछा मानिसलाइ सज्जन
बुद्दि को कुरा अर्तिको कुरा सिक्न पाउने
चाहिने बेला नया नया कुरा झिक्न पाउने
इशक तामांग
एस्तो राम्रो ज्ञानका कुरा कहाँ पाउछ किन्न
मानिसले धेरै ढिलो गरे एसको बारे चिन्ना
नया जीवन नया बाटो नया आशा दिन्छा
बाइबल पढ्ने साबले पाप र दुष्ट चिन्छा
इशक तामांग
बाटो सत्य जीवन लाइ चाहिन्छा भने अब
खुशी र उमङ्ग लाइ चाहिन्छा भने अब
खोल्नुस बाइबल थाल्नुस पढ्न अजै बाट हजुर
येशु संगै नया बाटो थाल्नुस बढ्न अजै बाट हजुर
इशक तामांग
No comments:
Post a Comment