हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


12 November 2014

एकान्त मा

~~~~ एकान्त मा ~~~~~

एकान्त येशु तिम्रो साथ पाउछु अचेल
विरहमा येशु तिम्रो हात पाउछु अचेल

हात थाम्ने आफन्तले छोडे पछी त
जिन्दगीले अन्तै मोड मोडे पछी त
सुन्यता मा येशु तिम्रो बात पाउछु अचेल
विरहमा येशु तिम्रो हात पाउछु अचेल

हाँसो खुशी उडाउने हुरी चले पछि
कहाँ पासु जिन्दगीको घरै ढले पछि
निराशा मा येशु तिम्रो आशा पाउछु अचेल
विरहमा येशु तिम्रो हात पाउछु अचेल

एकान्त येशु तिम्रो साथ पाउछु अचेल
विरहमा येशु तिम्रो हात पाउछु अचेल

No comments:

Post a Comment