हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


9 November 2014

एकान्त ले परमेश्वर संग को सम्बन्ध बढाऊ छ।

एकान्त ले परमेश्वर संग को सम्बन्ध बढाऊ छ।

मलाई त अचेल मान्छेको भिड भित्र स्वास फेर्ने गाह्रो लग्छ। जत पनि पापको बाटो, अनि कुबाटो को निशान मात्रै देख्छु। कहिले कहिँ लाग्छ म यो मानिस हरु देखि कहिँ टाढा जाउ र मात्र मेरो प्रभु येशु संग समय बिताउ।एकान्त ठाउँ मा चिसो हावा संगै परमेश्वर को बचन लाइ मनन गर्न पाए कति आनन्द हुने थिए होला।  सरर बहने हावाले को स्पर्शले पनि मनै शितल अनि शान्त परि प्रभु तिम्रो साथ मा छ भनेर भान्छ,  आजकल मान्छे को भिड भन्दा नि एकान्त प्यारो लग्छ।  कोलाहल भन्दा नि सुन्यता नै प्यारो लाग्छ। कुनै बेला एस्तो अनुभब हुन्छा म आकाश मा उड्न सक्ने भा उडेर सयौ कोस टाढा जन्थ्ये यो कोलाहल्तालाई छोडेर,  किनकि सुन्यता र एकान्त मै मेरो येशु लाइ पाउछु र भेट्छु। कतिपय समय एक्लै एकान्त ठाउमा कान मा हेडसेट लाएर आत्मिक गीत सुन्दै बस्दा मलाई स्वोर्ग मै पुगेको जस्तो लग्छ।  किनकि संगीत बटै मलाई परमेश्वर को उपस्थिति मा पुराउछा। मलाई लग्छ तपाइलाई पनि मलाई जस्तै हुन्छा  होला ? कि लाग्दैन ? तपाई को फोन मा त पुरै love songa अनि hindi song भरिएको होला।  but म इशक तामांग को यो सल्लाह सुझाब छ कि संसारिक संगीत ले एकछिन लाइ आनन्द दिन्छा भने आत्मिक गीत संगीत ले जीवन को अनन्त सम्म तपाइलाई आनन्द र रमाइलो दिने छ।

“हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्  र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु। हे मेरा राजा, हे मेरा परमेश्वर,    मेरो प्रार्थना सुनिदिनु होस्। हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,   र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ। हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।तिनीहरू तपाईंको आदर गर्दैनन्। मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।    तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्। तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।” अमिन

भजनसंग्रह 5

इशक तामांग
नुवाकोट

No comments:

Post a Comment