हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


2 November 2014

“फेरी अन्धकार मा नाफर्काओ। “

दैनिक आत्मिक रोटी  (daily spiritual manna) हिब्रु 6: 1 -12
3-11-2014 monday
“फेरी अन्धकार मा नाफर्काओ। “

“यसकारण ख्रीष्टसम्बन्धी प्रारम्भिक शिक्षाहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं, मृत्युतिर लैजाने कामहरूबाट पश्चात्तापको र परमेश्वरतर्फको विश्वासका कुरा, बप्तिस्माहरूबारे निर्देशन, हात राख्‍‌ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डको विषयमा फेरि जग नबसालौं । यदि परमेश्वरको अनुमति भयो भने हामी यो गर्नेछौं। किनकि तिनीहरू, जसले एकचोटि ज्योति पाएर स्वर्गका वरदान चाखेका छन् र पवित्र आत्माका सहभागी तुल्याइएका, परमेश्वरको असल वचन र आउने युगको शक्तिको स्वाद पाएर पतन भए भने यस्ताहरूलाई फेरि पश्चात्ताप गर्ने अवस्थामा ल्याउनु असम्भव छ। किनकि तिनीहरूले आफ्‍‌नैनिम्ति परमेश्वरका पुत्रलाई क्रूसमा टाँग्छन् र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन्। किनकि जुन जमीनले आफूमाथि बारम्बार बर्सिने पानी पिउँछ र आफूलाई खनजोत गर्नेहरूका निम्ति काम लाग्‍‌ने सागपात उमार्छ भने त्यसले परमेश्वरबाट आशिष् पाउँछ। तर यदि त्यसले काँडा र सिउँडीहरू उमार्छ भने त्यो बेकम्मा भई सरापमा पर्ने जोखिममा हुन्छ र अन्त्यमा त्यो जलाइन्छ। तर प्रियहरू हो, हामीले यसरी बोले तापनि तिमीहरूका विषयमा अझै असल कुरा अर्थात् मुक्तिसँगै आउने कुराको भरोसा राखेका छौं। किनकि परमेश्वर तिमीहरूका काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्‍‌न, जो तिमीहरूले पवित्रजनको सेवा गरेर वा सेवा गर्दै उहाँका नाउँका निम्ति देखाएका छौ। हामी चाहन्छौं कि तिमीहरू प्रत्येकले अन्त्यसम्मै आफ्‍‌ना सम्पूर्ण आशाको निश्चयताको निम्ति तत्परता देखाउनेछौ, तसर्थ तिमीहरू अल्छे नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखासिकी गर्नेहरू होओ।” परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा अनुग्रह र शान्ति हजुरहरूका निम्ति प्रशस्त हुँदै जाओस्। र मलाई नि प्रार्थना मा याद गरिसिनु होला।  आमेन

इसहाक तामांग (प्रतिज्ञा को पुत्र)
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली





No comments:

Post a Comment