हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


8 November 2014

परमेश्वर लाइ खोज्नु भनेको काठमाडौँ को बीच मा घन्टाघर खोज्नु जस्तै रहेछ। कसरि थाहा छ ?

दैनिक आत्मिक रोटी  (daily spiritual manna)

परमेश्वर लाइ खोज्नु भनेको काठमाडौँ को बीच मा घन्टाघर खोज्नु जस्तै रहेछ। कसरि थाहा छ ?

साथीहरु कुनै लेख को शिर्षक पढेर बाकी मूल भाग कहिले नछोड्नु होस्।

म पहिलो चोटी काठमाडौँ घुम्न आउदा मलाई केहि थाहा थिएन कहाँ जाने कहाँ जाने अनि के गर्ने कसलाई सोध्ने। जादै गर्दा बाटो मा एउटा मान्छे भेटियो। उसलाई सोधे दाजु घण्टा घर जाने बाटो कहाँ निर छ भनेर, उसले अलिकति भनिदिनु भयो।  मा अगाडी बढ्दै गए अनि बढ्दै गए,केहि पर पुगेर दुइटा बाटो आइपुग्यो। अब मलाई झन् फसाद मा पर्यो कुन बाटो जाने होला , एउटा बाटो फराकिलो थियो र अर्को बाटो साघुरो थियो। केहि छिन सोच्दै गर्दा अचानक एक जना मान्छे आयो र त्यसलाई सोधे,उसले भन्यो भाई यो सानो गल्लि बाट भित्र जानुस र तपाई ले खोजेको ठाउँ मा पुग्नु हुने छ।  अनि मा त्यहि गल्लि बाट भित्र छिरे र गल्लि को संघर्षमय बाटो पार गरे पछि अलि पर पुगेर एक जना मान्छे भेटियो अनि उसले मलाई सोध्यो काठमाडौँ घुम्न आउनु भएको हो ? अनि मैले हो भनेर जवाफ दियो।  त्यो व्यक्ति बाटो नचिनेको मान्छे लाइ बाटो देखाउने व्यक्ति रहेछ। मा खुशी लग्यो अनि त्यो दाइले मलाई घन्टाघर सम्म जाने बाटो देखाउनु भयो र मा संगै उहा पनि घुम्दै मेरो काठमाडौँ को घन्टाघर घुम्ने यात्रा पुरा भयो।  

यो कथा बाट मैले भन्न खोजेको चाही यो हो कि हामी नया नया ख्रिस्ट मा विश्वास गर्ने बिस्वासी हरु को जीवन यस्तै हुन्छा , परमेश्वर सम्म पुग्ने बाटो थाहा नहुदा हामी अन्योल मा पार्छौ र निराशा हुन्छौ,अनि अगाडी बढ्दै जादा बाटो मा एक जना मान्छे भेटिनु जुन सुसमाचार सुनाउने व्यक्ति हो, उसले परमेश्वर को बारेमा छोटकरी मा सुसमाचार भन्नु हुन्छा।  अनि त्यहि सुसमाचार को आधार मा हामी अगाडी बढ्दै जान्छौ। अनि बीच बाटो हाम्रो जीवन मा धेरै सातवट आउछ,दुख बिमारले सताउछा ,त्यतिखेर हामीलाई दुइओटा बाटो देखा पर्छ एउटा परमेश्वर को बाटो एउटा संसारिक सैतानिक बाटो, अनि हमि परमेश्वर लाइ पुकार्छौ त्यतिखेर एक जना मानिस आउनु को अर्थ स्वोर्गदुत आएर सानो र कठिन बाटो बाट हिडा भनेर हाम्रो हृदय मा भान्छ र हामी दुख सुखलाई झेल्दै तेही साघुरो बाटो बाट अगाडी बढ्छौ।  त्यतिकै मा अगाडी बढेर अलि पर पुगेर हामीलाई बाटो देखाउने मानिस को अर्थ हो येशु ख्रिस्ट।  हामी हरेक अवस्थालाई पर गरेर परमेश्वर को नजिक पुग्न लाग्दा अझै पनि हामी घन्टाघर अर्थत परमेश्वर को बारेमा थाहा नभएको बेला येशु ख्रिस्ट ले हामीलाई भान्छ “ बाटो सत्य र जीवन म नै हु “ त्यसैले उहाले नै हामीलाई घन्टाघर सम्म जाने बाटो मा सहयात्री बनेर हिड्नु हुने छ र जब सम्म घन्टाघर लाइ हामीले राम्रो र सहि तरिकाले जन्दैनाऊ तब सम्म उहाले हामीलाई पथप्रदर्शक बनेर हामीलाई परमेश्वर सम्म को बाटो पार गरिदिन्छा।
त्यसैले त भानिन्छा नि परमेश्वर लाइ खोज्नु काठमाडौँ को बीच मा घन्टाघर खोज्नु जस्तो हो। त्यसैले साथीहरु तपाई हरु पनि अझै सम्म घन्टाघर को खोजीमा हुनु हुन्छा भने आउनुस यो छोटो प्रार्थना मा सहभागी हौ.

“पिता , हामी अझै पनि सहि बाटो नपाएर अल्मल्यै रहेको छौ हामीलाई सहि बाटो देखाई हाम्रो पथप्रदर्शक बनिदिनु। किनकि हामी अझै पनि घन्टाघर को बारेमा जान्न चाहन्छौ  र बुझ्न चाहन्छौ।,तपाइको छोरा येशु ख्रिस्ट को सहायतले हामीलाई डोर्याउनु होस्। परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा अनुग्रह र शान्ति हजुरहरूका निम्ति प्रशस्त हुँदै जाओस्। र मलाई नि प्रार्थना मा याद गरिदिनु होला।  आमेन

इसहाक तामांग (प्रतिज्ञा को पुत्र)
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली





No comments:

Post a Comment