हिब्रु को पुस्तक ले सिकाउने ५ कुराहरु :-
हिब्रू 1:2-3 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो। पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
हिब्रू 11:1-3 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो। विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।
हिब्रू 10:11-14 प्रत्येक दिन, पूजाहारीहरू खड़ा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्। तर ख्रीष्टले पापको निम्ति सँघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो। अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल पर्खिरहनु भएको छ। एउटै बलिले सधैँको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
हिब्रू 6:17-19 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझुन् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ। यी दुइ कुराहरू बद्लिन सक्दैनन्।अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं। हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ।
हिब्रू 4:14-16 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
No comments:
Post a Comment